Base Word
צֵידָה
Short Definitionfood
Long Definitionprovision, food
Derivationor צֵדָה; feminine of H6718
International Phonetic Alphabett͡sˤei̯ˈd̪ɔː
IPA modt͡sei̯ˈdɑː
Syllableṣêdâ
Dictiontsay-DAW
Diction Modtsay-DA
Usagemeat, provision, venison, victuals
Part of speechn-f

उत्पत्ति 42:25
यूसुफले केही नोकरहरूलाई तिनीहरूका बोरामा अन्न भर्न लगाए। ती दाज्यू-भाइहरूले यूसुफलाई अन्नको दाम दिए। तर यूसुफले तिनीहरूले तिरेको अन्नको पैसा तिनीहरूकै अन्नको बोरामा हालिदिए। त्यसपछि यूसुफले तिनीहरूलाई घर फर्कदा बाटोमा आवश्यक पर्ने चीजहरू दिए।

उत्पत्ति 45:21
यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यूसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए।

प्रस्थान 12:39
ती मानिसहरूसंग रोटीमा खमीर मिसाउने समय पनि थिएन अनि तिनीहरूले यात्राको निम्ति कुनै विशेष भोजन तयार पारेका थिएनन्। यसकारण तिनीहरूका साधरण खमीर बिनाको रोटी बाहेक अरू कुनै खाने कुरा थिएन।

यहोशू 1:11
“छाउनी भएर जाऊ अनि मानिसहरूलाई तयार हुनु भन। मानिसहरूलाई भन, ‘केही खाद्य पदार्थ तयार गर। अहिले देखि तीन दिनमा हामी यर्दन नदी पारी जानेछौं। परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुँदै गरेको भूमि अधिकार गर्न हामी जानेछौ।”

यहोशू 9:11
यसर्थ हाम्रा अगुवाहरू र हाम्रा मानिसहरूले हामीलाई भने, ‘तिमीहरूको यात्राका निम्ति प्रचुर मात्रामा खाद्य पदार्थ बोक। जाऊ अनि इस्राएलका मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, “हामी तपाईंहरूका दासहरू हौं। हामीसित शान्ति सन्धि गर्नुहोस्।”‘

न्यायकर्ता 7:8
यसर्थ गिदोनले इस्राएलका अन्य मानिसहरूलाई घर पठाइदिए। गिदोनले आफूसित 300 मानिसहरू राखे। ती 300 मानिसहरूले घर गएका अन्य मानिसहरूका आपूर्तिहरू अनि तुरहीहरू आफूसित राखे।मिद्यानका मानिसहरू गिदोनको छाउनी मुनिको बेंसीमा छाउनी हालेर बसेका थिए।

न्यायकर्ता 20:10
हामी इस्राएलका सबै कुल समूहका हरेक 100 जनामा 10 व्यक्तिहरू चुन्ने छौं। अनि हामी प्रत्येक 1,000 बाट 100 मानिसहरू चुन्नेछौं। हामी प्रत्येक 10,000 बाट 1,000 मनिसहरू चुन्नेछौं। हामीले चुनेका ती मानिसहरूले सेनाहरूले जस्तै आपूर्ति सामग्रीहरू पाउनेछन्। तब ती मानिसहरू बिन्यामीनको इलाका गिबामा जानेछन् र सेनाले इस्राएलका मानिसहरू माझ गरेको त्यो भयानक कार्यका निम्ति ती मानिसहरूलाई दण्ड दिनेछन्।”

1 शमूएल 22:10
अहीमेलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमेलेकले दाऊदलाई पलिश्ती गोल्यतको त्यो तरवार पनि दिए।”

भजनसंग्रह 78:25
मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए। परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो।

Occurences : 9

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்