Base Word
נְחָשׁ
Short Definitioncopper
Long Definitioncopper, bronze
Derivationcorresponding to H5154
International Phonetic Alphabetn̪ɛ̆ˈħoʃ
IPA modnɛ̆ˈχoʃ
Syllablenĕḥoš
Dictionneh-HOHSH
Diction Modneh-HOHSH
Usagebrass
Part of speechn-m

दानियल 2:32
त्यो मूर्तिको टाउको निक्खुर सुनले बनिएको थियो। त्यसको छाती र हातहरू चाँदीका थिए। त्यसको पेट र फिला काँसाका थिए।

दानियल 2:35
त्यो फलाम, माटो, काँसा, चाँदी र सुन सबै चक्नाचूर भए, अनि ग्रीष्म ऋतुमा खलाबाट भूस उडाए झै नाउँ निशानै नराखी हावाले उडाएर लग्यो। तर त्यस मूर्तिमा लाग्ने त्यो ढुङ्गा बढदै गयो अनि एउटा ठूलो पहाड बनिएर पृथ्वीलाई ढाक्यो।

दानियल 2:39
“तपाईं पछि तपाईंको भन्दा कमजोर राज्य खडा हुनेछ अनि त्यसपछि अर्को एउटा तेस्रो राज्य काँसाको राज्यजस्तै खडा हुनेछ, जसले सारा पृथ्वीमाथि अधिकार जमाउँनेछ।

दानियल 2:45
“यो राज्य चाहिँ तपाईंले देख्नु भएको त्यो चट्टान हो जुन कसैले नहटाई कन पहाडबाट आफैं काटियो अनि त्यो चट्टान फलाम, पित्तल, चाँदी, माटो र सुनलाई टुक्रा-टुक्रा पार्यो। यस प्रकार महान् परमेश्वरले तपाईंलाई भविष्यमा के हुनेछ देखाउनु भयो। यो सपना साँचो छ र तपाईं यसको व्याख्यामा भर पर्न सक्नुहुन्छ।”

दानियल 4:15
तर त्यसको ठुटो चाँहि जरासितै जमीनमा नै रहोस्। अनि त्यही अवस्थामा फलामको अनि काँसको साङ्गलाले बाँधिएको होस्, अनि जङ्ली घाँसले पेट भरोस् आकाशको शीतले त्यसलाई भिजाओस् र र्खकमा बस्ने पशुहरूसित र रूखका पातसँग खेतमा रहोस्।

दानियल 4:23
“अब तपाईंले एकजना पवित्र स्वर्गबाट स्वर्गदूत तल झर्दै गरेको देख्नु भयो? त्यसले भन्यो, ‘त्यस रूखलाई काटेर नष्ट गरिदेऊ, तर त्यसको ठुटा जरासँगै भूइँमानै छोडिदेऊ जुन तिमीले भूइँमा छोडेको थियौ त्यसलाई फलाम र काँसाको साङ्गलोले बाँध अनि खेतमा घाँसहरूको बीच छोडिदेऊ। आकाशको शीतले भिजोस र त्यसको भाग जङ्गलको पशुहरूसँग होस्। यो हालतमा सात साल बित्नेछ।’

दानियल 5:4
तिनीहरूले दाखरस पिए त्यस पछि उनीहरूले पूजा गर्ने सुन, चाँदी काँसा, फलाम, काठ र ढुङ्गाको देवताहरूको प्रशंशा गर्न थाले।

दानियल 5:23
होइन, तपाईं नम्र हुनु भएन यसको सट्टामा तपाईं स्वर्गका परमेश्वरको विरूद्धमा खडा हुनुभयो। तपाईंले परमप्रभुको मन्दिरका भाँडा-कुँडाहरू तपाईंकहाँ ल्याउने आज्ञा दिनुभयो, अनि तपाईं र राज भवनका अधिकारीहरू, तपाईंका पत्नीहरू र दासहरूले त्यो भाँडाहरूमा दाखरस पिउनु भयो। तपाईंले दाखरस पिउँदै सुन, चाँदी, काँस, फलाम, काठ अनि ढुङ्गाका देवताहरूको महिमा गर्न थाल्नु भयो। तिनीहरू साँचो देवता होइनन्। तिनीहरूले देख्न सक्तैनन् सुन्न सक्तैनन् तथा केही पनि सोच्न सक्तैनन्। तर तपाईंले परमेश्वरको सम्मान गर्नुभएन जसको शक्तिमा तपाईंको जीवन अनि प्रत्येक कुरा त्यसमाथि निर्भर छ।

दानियल 7:19
“त्यसपछि त्यो चौथो जन्तुको अर्थ जान्ने मलाई इच्छा भयो। त्यो अरूहरू भन्दा बेग्लै थियो जुन अत्यन्तै डरलाग्दो थियो। त्यसका फलामका दाँतहरू र काँसाको नङ्ग्राहरू थिए र जसले सबै कुरा चबाएर निल्थ्यो र बाँकी रहेको खुट्टाले कुल्चिन्थ्यो।

Occurences : 9

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்