Base Word
יֵצֶר
Short Definitiona form; figuratively, conception (i.e., purpose)
Long Definitionform, framing, purpose, framework
Derivationfrom H3335
International Phonetic Alphabetjeˈt͡sˤɛr
IPA modjeˈt͡sɛʁ
Syllableyēṣer
Dictionyay-TSER
Diction Modyay-TSER
Usageframe, thing framed, imagination, mind, work
Part of speechn-m

उत्पत्ति 6:5
परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरुमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरुले मनमा जे चिताउँद थिए सँधै विचारहरु नै दुष्टपूर्ण हुन्थ्यो।

उत्पत्ति 8:21
परमप्रभुले त्यस बलिदानहरुको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरुलाई नष्ट पार्ने छैन।

व्यवस्था 31:21
तब धेरै डरलाग्दा कुराहरू तिनीहरूमाथि घट्नेछन् अनि तिनीहरूले धेरै कष्टहरू बेहोर्नु पर्छ। त्यस समयमा पनि तिनीहरूका मानिसहरूले त्यो गीत जान्दछन् र यसले तिनीहरू कति भूल गरिरहेका थिए बुझाउनेछ। मैले अहिलेसम्म तिमीहरूलाई भूमिमा ल्याएको छैन जो म दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ, तर पहिला नै मैले जानिसकेकोछु तिनीहरूले के गर्ने योजना बनाउँदैछन्।”

1 इतिहास 28:9
अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।

1 इतिहास 29:18
हे परमप्रभु तपाई हाम्रा पुर्खा अब्राहाम, इसहाक अनि इस्राएलका परमेश्वर हुनुहुन्छ। कृपया तपाईका मानिसहरूलाई तपाईको काम गर्नमा सहायता गर्नुहोस्। तिनीहरूलाई तपाईप्रति धन्यवादीहुनमा सहायता गर्नुहोस्।

भजनसंग्रह 103:14
परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ, हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ।

यशैया 26:3
परमप्रभु तपाईंले मानिसहरूलाई साँचो शान्ति दिनुभयो जो तपाईंमाथि आस्रित छन् जसले तपाईंलाई विश्वास गर्दछन्।

यशैया 29:16
तिमी अन्योलमा पर्नेछौ। तिमी माटो र कुमालेलाई बराबर हो भन्ने सोच्छौ। तिमी सोच्छौ एउटा चीज जुन बनाइन्छ त्यसले आफ्नो सृष्टिकर्तालाई भन्न सक्छ, “तिमीले मलाई बनाएनौ।” यो आफूलाई सृष्टि गर्नेलाई भनिरहेको भाडाँ जस्तै हो, “तिमी बुझ्दैनौं।”

हबकूक 2:18
उसका झुटो देवताले उसलाई बचाउँन सक्दैन। किनकि त्यो त एउटा मानव निर्मित मूर्ति मात्र हो, जो धातुले मोहरेर बनाइएकोछ।यसकारण मूर्ति निर्माण-कर्ताले यसबाट सहाएता पाउने अपेक्षा गर्न सक्तैन। त्यो मूर्ति बोल्न सक्तैन।

Occurences : 9

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்