Base Word
טוֹב
Short Definitionto be (transitively, do or make) good (or well) in the widest sense
Long Definitionto be good, be pleasing, be joyful, be beneficial, be pleasant, be favorable, be happy, be right
Derivationa primitive root
International Phonetic Alphabett̪’ob
IPA modto̞wv
Syllableṭôb
Dictiontobe
Diction Modtove
Usagebe (do) better, cheer, be (do, seem) good, (make) goodly, × please, (be, do, go, play) well
Part of speechv

गन्ती 11:18
“अनि मानिसहरूलाई भन तिमीहरूले आफैलाई पवित्र बनाएर राख भोलि तिमीहरूले मासु खानेछौ। ‘हामी मासु खान चाहन्छौ! हाम्रो लागि मिश्रमा नै राम्रो थियो।’ भनी तिमीहरू रोएको परमप्रभुले सुन्नु भएको थियो। यसर्थ अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र खान सक्ने छौ।

गन्ती 24:1
जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन, तर तिनी मरूभूमि तिर फर्केर हेरे।

गन्ती 24:5
“हे याकूबका मानिसहरू हो तिमीहरूका पालहरू कति सुन्दर छन्। हे इस्राएलका बासिन्दाहरू हो! तिमीहरूका छाउनीहरू कति राम्रा छन्।

व्यवस्था 5:33
यदि तिमीहरू परमेश्वरले दिनु भएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिम्रो निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँच्नेछौ।

व्यवस्था 15:16
“तर तिम्रा कमारा-कमारीहरू मध्ये कुनै एक जानले भन्न सक्छ, ‘उसले तिमीलाई छोड्ने छैन। उसले यस्तो भन्न सक्छ, किनभने उसले तिम्रो परिवारलाई प्रेम गर्छ अनि तिम्रो परिवारमा उसको जीवन राम्ररी बित्दैछ।

व्यवस्था 19:13
तिमीहरूले त्यसलाई सहानुभूति देखाउनु हुँदैन किनभने त्यो निर्दोष मानिसको हत्यारा हो। तिमीहरूले इस्राएलबाट त्यस्तो दोष बाहिर निकाल्नु पर्छ, तब मात्र तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।सम्पत्तिको साँध-सीमाना

1 शमूएल 16:16
हामीलाई आदेश दिनुहोस हामीले कुनै त्यस्तो व्यक्ति खोज्न सकौं जसले वीणा बजाउन सक्छ। यदि परमप्रभुबाट आएको त्यस दुष्ट आत्माले तपाईंलाई सताउन थालेछ भने त्यस मानिसले वीणा बजाउन थाल्नेछ र तपाईंलाई आराम अनुभव हुनेछ।”

1 शमूएल 16:23
जब परमेश्वरले पठाएको दुष्ट आत्माले शाऊललाई दुःख दिन थाल्थ्यो, दाऊदले हातमा वीणा लिएर बजाउँन थाल्दथे र दुष्ट आत्माले शाऊललाई छोडि हाल्थ्यो र शाऊल असल हुन्थे।

1 राजा 8:18
तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नु भएको थियो, ‘म जान्दछु, मेरो सत्कारका लागि तिमी एउटा मन्दिर बनाउन साह्रै नै इच्छुक छौ, अनि यो राम्रो कार्य हो, तिमी मेरो मन्दिर बनाउन चाहन्छौ।

2 राजा 10:30
परमप्रभुले येहूलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्यौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इस्राएलमा शासन गर्नेछन्।”

Occurences : 25

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்