Base Word
דָּלִיָּה
Short Definitionsomething dangling, i.e., a bough
Long Definitionbranch, bough
Derivationfrom H1802
International Phonetic Alphabetd̪ɔː.lɪjˈjɔː
IPA moddɑː.liˈjɑː
Syllabledāliyyâ
Dictiondaw-lih-YAW
Diction Modda-lee-YA
Usagebranch
Part of speechn-f

यर्मिया 11:16
परमप्रभुले तिमीलाई नाउँ दिनुभयो। ‘उहाँले तिमीलाई राम्रो फल लागेको सुन्दर जैतूनको वृक्ष भनी बोलाउनु भयो।’ तर शक्तिशाली आँधी गजर्नसितै परमप्रभुले त्यस वृक्षलाई आगोमा जलाउनु हुनेछ अनि त्यसका हाँगाहरू जल्नेछ।

इजकिएल 17:6
बिऊ उम्रियो अनि त्यो दाखको बोट बनियो। यो बोट राम्रो थियो। बोट अग्लो थिएन। तर यो एउटा ठूलो क्षेत्रभरि ढाक्ने गरी फैलियो। दाखको काण्ड बढ्यो अनि लामो भएर हाँगाहरू र पातहरू पलायो।

इजकिएल 17:7
त्यसपछि अर्को ठूलो पखेटा भएको गरूडले दाखको बोट देख्यो। गरूडको लामो पंखेटा थियो। दाखको बोटले चाहन्थ्यो कि यो नयाँ गरूडले उसको देख रेख गरोस्। यसकारण त्यसले आफ्नो जराहरू त्यो गरूड भए पट्टि फैलायो। यसको हाँगाहरू गरूड भएको पट्टि फैलिन थाल्यो। यसको हाँगाहरू त्यो खेतदेखि टाढो सम्म फैलिन थाल्यो, जहाँ यो रोपेको थियो। दाखको बोटले चाहन्थ्यो नयाँ गरूडले उसलाई पानी हालोस्।

इजकिएल 17:23
“म स्वंयले यसलाई इस्राएलको अग्लो पर्वतमा रोप्नेछु। यो हाँगा एउटा सुन्दर देवदारको रूखमा परिणत हुनेछ। यसको हाँगा निक्लन्छ अनि यसले फल दिन्छ अनि यसका हाँगामा सबै प्रकारका चराहरूले गुँड बनाउँनेछन्।

इजकिएल 19:11
त्यसपछि उसले एउटा ठूलो हाँगा उत्पन्न गर्यो, त्यो हाँगा टेक्ने लौरो जस्तो थियो। त्यो हाँगा राजाको राजदण्ड जस्तो थियो। बोट अग्लो अनि अग्लो हुँदै गयो। यसको धेरै हाँगाहरू थिए अनि त्यसले बादलहरू छुन थाल्यो।

इजकिएल 31:7
यसकारण रूख आफ्नो महानता अनि लामो हाँगाहरूमा सुन्दर थियो। किन? किनकि यसको जराहरूमा यथेष्ट पानी थियो।

इजकिएल 31:9
मैले धेरै हाँगाहरूसहित यसलाई सुन्दर बनाएँ अनि परमेश्वरको बगैंचाको अदानका सबै रूखहरूले यो रूखको ईर्ष्या गर्थ्यो!”‘

इजकिएल 31:12
विदेशीहरू बीचको सबै भन्दा कठोर जातिले यसलाई काटे। रूखको हाँगाहरू पर्वतमाथि अनि सम्पूर्ण बेंसीहरूमा झर्यो। त्यस देशमा बग्ने नदीहरूले त्यसको भाँचिएको टुक्राहरू बगाएर लग्यो। रूख मुनि शीतल भएन, यसकारण सबै मानिसहरूले त्यसलाई छोडिदिए।

Occurences : 8

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்