Base Word
בְּעָא
Short Definitionto seek or ask
Long Definitionto ask, seek, request, desire, pray, make petition
Derivationor בְּעָה; (Aramaic), corresponding to H1158
International Phonetic Alphabetbɛ̆ˈʕɔːʔ
IPA modbɛ̆ˈʕɑːʔ
Syllablebĕʿāʾ
Dictionbeh-AW
Diction Modbeh-AH
Usageask, desire, make (petition), pray, request, seek
Part of speechv

दानियल 2:13
यसकारण राजा नबूदकनेसरको आज्ञा घोषणा गरियो कि सबै ज्ञानी मानिसहरूलाई मार्नु पर्छ! राजाका मानिसहरूले दानियल र उसका साथीहरूलाई पनि मार्नु भनी हल्ला गरे अनि खोजी गर्न पठाए।

दानियल 2:16
जब दानियलले यो कुरा सुने उनले राजासँग गएर बिन्ति गरे कि अधिक समय दिइयोस्। त्यस पछि उनले राजालाई उनको सपना र त्यसको अर्थ बताई दिनेछन्।

दानियल 2:18
दानियलले आफ्ना साथीहरूलाई स्वर्गका परमेश्वरसँग प्रार्थना गर्नुभने। दानियलले उनीहरूलाई भने कि स्वर्गका परमेश्वरलाई प्रार्थना गर्दा उनीहरूमाथि दयालु हुन् अनि यो रहस्य बुझ्नमा सहायता गरून् जसबाट बाबेलको दोस्रो बुद्धिमानी पुरूषहरूसँग दानियल र उसका साथीहरू नमारिउन।

दानियल 2:23
हे मेरो पिता-पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, अनि तपाईंको गुणगान गाउँछु। तपाईंले नै मलाई ज्ञान र शक्ति दिनुभयो। जुन कुरा हामीले सोध्यौं त्यसको रहस्य तपाईंले नै बताउँनु भयो। तपाईंले हामीलाई राजाको सपनाको विषयमा बताउँनु भयो।”

दानियल 2:49
दानियलले राजालाई विन्ति गरे अनि उनले शद्रक, मेशक अनि अबेद्नगोलाई बाबेल प्रदेशको महत्वपूर्ण हाकिम बनाई मागे। दानियलले भने जस्तै राजाले त्यस्तै गरे। दानियल स्वंय ती महत्वपूर्ण मानिसहरू मध्ये एक भए जुन राजाको साथमा रहन्थे।

दानियल 4:36
त्यस समयमा परमेश्वरले मेरो बुद्धि मलाई फेरि दिनु भयो। अनि एउटा राजाको रूपमा मेरो मान, सम्मान अनि शक्ति फेरि फर्काई दिनुभयो। मेरो सल्लाहकार अनि राजकीय मानिसहरू फेरि मकहाँ आए। म फेरि पहिलाको भन्दा पनि महान अनि शक्तिशाली राजा भएँ।

दानियल 6:4
तर जब अरू पर्यवेक्षकहरू अनि प्रान्त अधिपतिहरूले यो खबर पाए पछि दानियलसँग ईष्या गर्न र उनीहरूले दानियलसँग निँहू खोज्न थाले, जब दानियल सरकारी कामले कतै जान्थे त्यति बेला उनले गरेको काममा अरूहरूले नजर राख्थे तर पनि उनीहरूले दानियलमा कुनै दोष भेट्टाएनन्। दानियल एकदमै ईमान्दार अनि विश्वासी थिए। उनले राजासँग कुनै प्रकारको छल कपट गरेनन्। उनी एकदमै परिश्रमी थिए।

दानियल 6:7
राज्यको हामी सबै मंत्रि, शासक, प्रान्तीय बडा हाकिम, भारादार र प्रदेशपालहरू सल्लाह गरेर सहमत भएकाछौं कि राजाले एउटा यस्तो विशेष नियम कायम राख्नुहोस्, अनि प्रत्येक मानिसले त्यो नियम पालन गर्नुपर्ने होस्, यस्तो नियम होस् कुनै पनि मानिसले तपाईंलाई छोडेर अर्को कुनै मानिस अथवा देवताको पूजा तीस दिन सम्म गर्यो भने, त्यसलाई सिंहको खोरमा हालेर मारियोस्।

दानियल 6:11
उनका दुश्मनहरूले दानियललाई पक्रने मौका हेरिरहेका थिए र दानियललाई परमेश्वरको प्रार्थना गर्दै गरेको भेट्टाए।

दानियल 6:12
त्यसपछि उनीहरू राजा भएकहाँ आएर उनलाई त्यो नियमको विषयमा सम्झना गराए। “हे राजा! तपाईंले यस्तो कानून बनाउँनु भएको होइन कि तीस दिनभित्र तपाईंलाई बाहेक कसैले अरू कुनै देवता वा मानिसलाई बिन्ति प्रार्थना गर्यो भने त्यसलाई सिंहको खोरमा हालिने छ?”राजाले जवाफ दिए, “हो यो निश्चय गरिएको हो। मादि र फारसीहरूको कानून स्थायी हुन्छ।”

Occurences : 12

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்