Base Word
σκανδαλίζω
Short Definitionto entrap, i.e., trip up (figuratively, stumble (transitively) or entice to sin, apostasy or displeasure)
Long Definitionto put a stumbling block or impediment in the way, upon which another may trip and fall, metaphorically to offend
Derivationfrom G4625
Same asG4625
International Phonetic Alphabetskɑn.ðɑˈli.zo
IPA modskɑn̪.ðɑˈli.zow
Syllableskandalizō
Dictionskahn-tha-LEE-zoh
Diction Modskahn-tha-LEE-zoh
Usage(make to) offend

मत्ती 5:29
यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।

मत्ती 5:30
यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।

मत्ती 11:6
यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।’

मत्ती 13:21
तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।

मत्ती 13:57
यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।”

मत्ती 15:12
तब चेलाहरू येशूकहाँ आएर उहाँलाई भने, “के तपाईंलाई थाहा भयो कि तपाईंले भन्नुभएको कुराबाट फरिसीहरू रिसाए भने तपाईंले थाहा पाउनुभयो?”

मत्ती 17:27
तर हामी यी महसूल उठाउनेहरूलाई रीस उठाउन चाँहदैनौ। यसर्थ यसप्रकारले महसूल बुझाऊ। पोखरीमा जाऊ र माछा समात्न बल्छीहान। तिमीले समातेको पहिलो माछा लेऊ, त्यसको मुख खोल र तिमीले चार ड्रकमाको एउटा मुद्रा पाउनेछौ। त्यो मुद्रा महसूल उठाउनेहरूलाई देऊ। त्यसैबाट तिम्रो र मेरो महसूल चुक्ता हुनेछ।”

मत्ती 18:6
‘यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्डयाएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ।

मत्ती 18:8
यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्नलाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुइहात वा खुट्टा सहित निरन्तर नरकको आगोमा जल्नुभन्दा त बरू शरीरको एउटा अंग गुमाएर सधैं भरि बाँच्नु असल हो।

मत्ती 18:9
यदि तिम्रा आँखाले तिमीलाई पापगर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुइवटा आँखा भएर सधैं भरिलाई नरकको अग्निमा फसिनूभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुनेछ।

Occurences : 30

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்