2 कोरिन्थी 6:18
“म तिमीहरूका पिता बन्नेछु अनि तिमीहरू मेरा छोरा-छोरीहरू, सर्वशक्तिमान् प्रभु भन्नु हुन्छ।”
प्रकाश 1:8
प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगाहुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”
प्रकाश 4:8
यी प्रत्येक चार सजीव बस्तुहरुका छ वटा पखेटाहरु थिए। यी सजीव बस्तुहरुका शरीर भरि, भित्र अनि बाहिर आँखाहरुले भरिएका थिए। तिनीहरु यसो भनिरहन दिन रात रोकिएनन्“पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व शक्तिवान छन्। उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।”
प्रकाश 11:17
ती अग्रजहरुले भने“प्रभु परमेश्वर जो सर्वशक्तिमान हुनुहुन्छ हामी तपाईंलाई धन्यवाद चढाउँछौ। तपाईं नै एक हुनुहुन्छ जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो। हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान शक्ति लिनुभयो अनि शासन गर्नु शुरु गर्नुभयो।
प्रकाश 15:3
तिनीहरुले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए।“परमप्रभु-परमेश्वर, सर्वशक्तिमान्, तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्। राष्ट्रहरुका राजा, तपाईंका विचार सबै सही अनि सत्य छन्।
प्रकाश 16:7
अनि मैले वेदीले यसो भन्दै गरेको सुनें“हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान् तपाईंको न्याय सत्य अनि उचित छ।”
प्रकाश 16:14
यी दुष्ट आत्माहरु दानवहरुका आत्मा थिए। तिनीहरुमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरु संसारका राजाहरुकहाँ जान्छन्। तिनीहरु परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरु बटुल्न जान्छन्।
प्रकाश 19:6
त्यसपछि मैले ठूलो भीडले गरेको आवाज जस्तै, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै यसो भन्दै गरेको सुने“हल्लेलूयाह। हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ। उहाँ माहाशक्तिशाली हुनुहुन्छ।
प्रकाश 19:15
घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरुलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरुमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्।
प्रकाश 21:22
मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो।
Occurences : 10
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்