रोमी 8:21
परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।
1 कोरिन्थी 10:29
तिमीले नै त्यो अनुचित ठानौला भन्ने मलाई लाग्दैन। तर अरूले त्यो अनुचित हो भनी ठान्न सक्छ। त्यही एउटा कारणले म त्यो मासु खाँदिन। अर्को मानिसके सोचाईको आधारमा म मेरो स्वतन्त्रतालाई विचार गर्न दिंदिन।
2 कोरिन्थी 3:17
‘प्रभु’ आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ।
गलाती 2:4
हामी यस्तै समस्याहरू बारे कुरा गर्न चाहन्थ्यौं, किन कि कतिपय अविश्वासीहरू गुप्त रूपले हाम्रा दलमा पसेका थिए। ख्रीष्ट येशूमा हाम्रो स्वतंत्रता बुझ्न तिनीहरू जासूस बनेर पसेका थिए।
गलाती 5:1
ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।
गलाती 5:13
मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर।
गलाती 5:13
मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर।
याकूब 1:25
तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।
याकूब 2:12
तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ।
1 पत्रुस 2:16
मुक्त मानिसहरु जस्तै होऊ। तर तिमीहरुको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच।
Occurences : 11
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்