Psalm 119:25
म चाँडै मर्नेछु। हे परमप्रभु! तपाईंको प्रतिज्ञा बमोजिम मलाई बाँच्न दिनु होस्।
Psalm 119:25 in Other Translations
King James Version (KJV)
My soul cleaveth unto the dust: quicken thou me according to thy word.
American Standard Version (ASV)
DALETH. My soul cleaveth unto the dust: Quicken thou me according to thy word.
Bible in Basic English (BBE)
<DALETH> My soul is joined to the dust: O give me life, in keeping with your word.
Darby English Bible (DBY)
DALETH. My soul cleaveth unto the dust: quicken me according to thy word.
World English Bible (WEB)
My soul is laid low in the dust. Revive me according to your word!
Young's Literal Translation (YLT)
`Daleth.' Cleaved to the dust hath my soul, Quicken me according to Thy word.
| My soul | דָּֽבְקָ֣ה | dābĕqâ | da-veh-KA |
| cleaveth | לֶעָפָ֣ר | leʿāpār | leh-ah-FAHR |
| unto the dust: | נַפְשִׁ֑י | napšî | nahf-SHEE |
| quicken | חַ֝יֵּ֗נִי | ḥayyēnî | HA-YAY-nee |
| thou me according to thy word. | כִּדְבָרֶֽךָ׃ | kidbārekā | keed-va-REH-ha |
Cross Reference
भजनसंग्रह 143:11
हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्, यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्। तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस् अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्।
भजनसंग्रह 44:25
हामीलाई फोहारेभित्र हुत्याइएको छ। हाम्रो शरिर धूलोमा पल्टिरहेको छ।
भजनसंग्रह 119:40
हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु। तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।
भजनसंग्रह 119:93
हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन किनभने तिनीहरूले मलाई बाँच्न दिए।
भजनसंग्रह 119:149
आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्। हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्।
भजनसंग्रह 119:159
हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें। हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्।
कलस्सी 3:2
स्वर्गकै कुराहरू मात्र सोच, पार्थिव होइन।
भजनसंग्रह 119:156
हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ। तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्।
भजनसंग्रह 119:107
हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु। कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुनर्जीवित पार्नु होस्!
भजनसंग्रह 119:88
हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस् अनि मलाई बाँच्न दिनुहोस्। तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु।
भजनसंग्रह 119:37
परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्। तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्।
भजनसंग्रह 71:20
यद्यापि तपाईंले मलाई नै यति धेरै देख्ने बनाउनु भयो, तपाईंले मलाई ती सबै कष्टहरूबाट बचाउनु भयो अनि मलाई जिउँदो राख्नुभयो। यद्यपि म धेरै गहिरोमा डुबें तपाईंले मलाई मेरा कष्टहरूबाट माथि उठाउनु भयो।
2 शमूएल 7:27
“तपाईं सर्वशक्तिमान्, इस्राएलका परमेश्वर, मलाई धेरै कुरा देखाउनु भयो। तपाईंले भन्नु भयो, ‘तेरो परिवारलाई महान बनाइदिन्छु।’ यसैले गर्दा म, तपाईंको सेवक, यस्तो प्रार्थना गर्ने विचार लिएँ।
भजनसंग्रह 22:15
मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ। मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ। तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।
भजनसंग्रह 80:18
उहाँले तपाईंलाई फेरि छाड्नु हुन्न उहाँलाई बाँच्न दिनोस् अनि उहाँले तपाईंको नाउँको उपासना गर्नेछन्।
यशैया 65:25
ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्। सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्। मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने अनि चोट पुर्याउनेछैन्।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
मत्ती 16:23
तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तै।”
रोमी 7:22
भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु।
रोमी 8:2
किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो।
फिलिप्पी 3:19
तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्।
व्यवस्था 30:6
अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।