Proverbs 1:28
तब तिमीहरूले मलाई बोलाउनेछौ र मैले जवाफ दिनेछैन्। तिमीहरूले सहायताको निम्ति मलाई खोज्नेछौ, तर मबाट तिमीहरूले सहायता पाउँने छैनौ।
Proverbs 1:28 in Other Translations
King James Version (KJV)
Then shall they call upon me, but I will not answer; they shall seek me early, but they shall not find me:
American Standard Version (ASV)
Then will they call upon me, but I will not answer; They will seek me diligently, but they shall not find me:
Bible in Basic English (BBE)
Then I will give no answer to their cries; searching for me early, they will not see me:
Darby English Bible (DBY)
-- then will they call upon me, but I will not answer; they will seek me early, and shall not find me.
World English Bible (WEB)
Then will they call on me, but I will not answer. They will seek me diligently, but they will not find me;
Young's Literal Translation (YLT)
Then they call me, and I do not answer, They seek me earnestly, and find me not.
| Then | אָ֣ז | ʾāz | az |
| shall they call upon | יִ֭קְרָאֻנְנִי | yiqrāʾunnî | YEEK-ra-oon-nee |
| not will I but me, | וְלֹ֣א | wĕlōʾ | veh-LOH |
| answer; | אֶֽעֱנֶ֑ה | ʾeʿĕne | eh-ay-NEH |
| early, me seek shall they | יְ֝שַׁחֲרֻ֗נְנִי | yĕšaḥărunnî | YEH-sha-huh-ROON-nee |
| but they shall not | וְלֹ֣א | wĕlōʾ | veh-LOH |
| find | יִמְצָאֻֽנְנִי׃ | yimṣāʾunĕnî | yeem-tsa-OO-neh-nee |
Cross Reference
याकूब 4:3
अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किन? किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति।
मीका 3:4
तिमीहरुले परमप्रभुको प्रार्थना गरिरहेकाछौ तर परमप्रभु जवाफ दिनुहुन्न। परमप्रभुले आफ्नो मुख तिनीहरुदेखि लुकाईरहनु भएकोछ। किन? किनकि तिमीहरुले नराम्रो कर्म गरेका छौ।”
यर्मिया 11:11
यसकारण, परमप्रभु भन्नुहुन्छ “म यहूदाका मानिसहरूमाथि आपद ल्याइरहेको छु। तिनीहरू उम्कन पाउने छैनन तिनीहरूले मलाई मद्दतको लागि गुहार्ने छन्, तर म तिनीहरूको पुकारमा ध्यान दिँदिन।
अय्यूब 27:9
त्यस दुष्ट मानिसले जब कष्ट पाउनेछ अनि उ चिच्याएर परमेश्वरलाई गुहार माग्दछ। तर परमेश्वरले उसको चित्कारमा ध्यान दिनु हुनेछैन।
जकरिया 7:13
यसकारण सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, “मैले तिनीहरुलाई बोलाएँ तर तिनीहरुले उत्तर दिएनन्, यसकारण अब मलाई तिनीहरूले बोलाए पनि म तिनीहरुलाई उत्तर दिनेछैन।
इजकिएल 8:18
म तिनीहरूमाथि आफ्नो क्रोध प्रकट गर्नेछु, म तिनीहरूमाथि कुनै दया राख्ने छैन। म तिनीहरूको निम्ति दुख अनुभव गर्ने छैन। तिनीहरू मलाई उच्च स्वरले बोलाउँने छन्, तर म सुन्न अस्वीकार गरिदिनेछु।”
यर्मिया 14:12
यहूदाका मानिसहरूले उपवास गर्न सक्लान अनि मलाई प्रार्थना गर्लान, तर म तिनीहरूका प्रार्थनाहरू सुन्ने छैन्। यदि तिनीहरूले होमबली र अन्नबलि चढाए तापनि म ती मानिसहरूलाई स्वीकार गर्ने छैन। म यहूदाका मानिसहरूलाई युद्धले ध्वंस गर्ने छु। म तिनीहरूका भोजन लगिदिने छु, अनि यहूदाका मानिसहरू भोको हुनेछन। अनि म तिनीहरूलाई डरलाग्दो रोगहरूले विनाश गरी दिनेछु।”
यशैया 1:15
“तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किन? किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।
मत्ती 25:10
“त्यसपछि ती पाँचजना बुद्धिहीन कन्याहरू तेल किन्न गए। जब तिनीहरू जाँदै थिए, त्यसैबेला दुलहा आइपुगे अनि तयार रहेका सबै कन्याहरू दुलहासंग विवाहको भोजमा सामेल भए। त्यसपछि ढोका थुनियो अनि ताला लगाइयो।
मत्ती 7:22
अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठायौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौ।’
भजनसंग्रह 18:41
मेरा शत्रुहरूले सहयोगको लागि गुहारे, तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन। तिनीहरूले परमप्रभु समेतलाई गुहारे तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
अय्यूब 35:12
अथवा यदि ती दुष्टहरूले परमेश्वरलाई गुहार मागे भने परमेश्वरले तिनीहरूलाई जवाफ दिनु हुने छैन। किन? किनभने तिनीहरू साह्रै घमण्डी छन्। अझ पनि तिनीहरू नै महत्वपूर्ण हौं भनेर सोच्दछन्।
1 शमूएल 8:18
तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।”
लूका 13:25
यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?”
होशे 5:15
जबसम्म तिनीहरूले आफ्ना अपराध स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु। आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन।”
हितोपदेश 8:17
म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन् अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्।
भजनसंग्रह 78:34
जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू, उहाँप्रति परिश्रमी हुँदै फर्के। तिनीहरूले परमेश्वर कै खोजी गरे।
उत्पत्ति 6:3
तब परमेश्वरले भन्नुभयो,“तिनीहरु मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। 3तिनीहरुको आयु केवल 120 वर्षसम्म मात्र हुने छ।”