ओबदिया 1:1 in Nepali

नेपाली नेपाली बाइबल ओबदिया ओबदिया 1 ओबदिया 1:1

Obadiah 1:1
यो ओबदियाको दर्शन हो। परमप्रभु मेरा मालिकले एदोमको विषयमा यसो भन्नुहुन्छःहामीले परमप्रभु परमेश्वरबाट एउटा विवरण सुन्यौ। देशहरूमा एउटा राजदूत पठाइएको थियो। उनले भने, “आऊ, एदोमको बिरूद्ध युद्ध गरौ।”

Obadiah 1Obadiah 1:2

Obadiah 1:1 in Other Translations

King James Version (KJV)
The vision of Obadiah. Thus saith the Lord GOD concerning Edom; We have heard a rumour from the LORD, and an ambassador is sent among the heathen, Arise ye, and let us rise up against her in battle.

American Standard Version (ASV)
The vision of Obadiah. Thus saith the Lord Jehovah concerning Edom: We have heard tidings from Jehovah, and an ambassador is sent among the nations, `saying', Arise ye, and let us rise up against her in battle.

Bible in Basic English (BBE)
The vision of Obadiah. This is what the Lord has said about Edom: We have had word from the Lord, and a representative has been sent among the nations, saying, Up! and let us make war against her.

Darby English Bible (DBY)
The vision of Obadiah. Thus saith the Lord Jehovah concerning Edom: We have heard a report from Jehovah, and an ambassador is sent among the nations. Arise ye, and let us rise up against her in battle.

World English Bible (WEB)
The vision of Obadiah. This is what the Lord Yahweh says about Edom. We have heard news from Yahweh, and an ambassador is sent among the nations, saying, "Arise, and let's rise up against her in battle.

Young's Literal Translation (YLT)
Thus said the Lord Jehovah to Edom, A report we have heard from Jehovah, And an ambassador among nations was sent, `Rise, yea, let us rise against her for battle.'

The
vision
חֲז֖וֹןḥăzônhuh-ZONE
of
Obadiah.
עֹֽבַדְיָ֑הʿōbadyâoh-vahd-YA
Thus
כֹּֽהkoh
saith
אָמַר֩ʾāmarah-MAHR
the
Lord
אֲדֹנָ֨יʾădōnāyuh-doh-NAI
God
יְהוִ֜הyĕhwiyeh-VEE
Edom;
concerning
לֶאֱד֗וֹםleʾĕdômleh-ay-DOME
We
have
heard
שְׁמוּעָ֨הšĕmûʿâsheh-moo-AH
rumour
a
שָׁמַ֜עְנוּšāmaʿnûsha-MA-noo
from
מֵאֵ֤תmēʾētmay-ATE
the
Lord,
יְהוָה֙yĕhwāhyeh-VA
ambassador
an
and
וְצִיר֙wĕṣîrveh-TSEER
is
sent
בַּגּוֹיִ֣םbaggôyimba-ɡoh-YEEM
heathen,
the
among
שֻׁלָּ֔חšullāḥshoo-LAHK
Arise
ק֛וּמוּqûmûKOO-moo
up
rise
us
let
and
ye,
וְנָק֥וּמָהwĕnāqûmâveh-na-KOO-ma
against
עָלֶ֖יהָʿālêhāah-LAY-ha
her
in
battle.
לַמִּלְחָמָֽה׃lammilḥāmâla-meel-ha-MA

Cross Reference

आमोस 1:11
परमप्रभु भन्नुहुन्छ, “म एदोमका मानिसहरुलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै सजाए दिनेछु। किन? किनकि एदोमले आफ्नो दाजु-भाइइस्राएललाई पछाडिबाट तरवारले रोपेकोछ। एदोमले अलिकति पनि दया देखाएन। एदोम रिसाइ नै रह्यो अनि केहि पनि सहानुभुति देखाएनन्। ऊ जङ्गली जनावरहरुसरह लगातार इस्राएललाई च्यातिरह्यो।

इजकिएल 25:12
परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “एदोमका मानिसहरू यहूदाको घरानाको विरूद्ध खडा भएर तिनीहरूसँग बद्ला लिन खोजे। एदोमका मानिसहरू दोषी छन्।”

यशैया 63:1
एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”

यशैया 21:11
दूमा बारे एक दुखको सन्देश कसैले मलाई एदोम देखि डाक्यो। उनले भने, “हे प्रहरी, रात अझ कति बाँकी छ? कहिले सम्म बस्नु पर्ने हो!”

यशैया 30:4
तिमीहरूका अगुवाहरू सियोनमा गइसके र तिमीहरूका राजदूतहरू हानेसमा गए।

यशैया 34:1
सारा जाति जातिका मानिसहरू हो नजिकै आओ र ध्यान दिएर सुन्। तिमीहरू सबैले एकदम ध्यान दिएर सुन्नुपर्छ। पृथ्वीमाथि भएका सबै मानिसहरूले यी कुराहरू सुन्नुपर्छ।

यर्मिया 6:4
“यरूशलेमको विरूद्ध युद्ध गर्न तैयार हौ। उठ! मध्य-दिनमा हामी शहर आक्रमण गर्नेछौं। तर अति ढिलो भइसकेको छ। साँझको छाँयाहरू फैलिरहेका छन्।

इजकिएल 35:3
त्यसलाई भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ“‘सेइर पर्वत, म तिम्रो विरूद्धमा छु। म तिमीलाई दण्ड दिन्छु म तिमीलाई उजाड र निर्जन बनाइदिन्छु अनि तिमी खाली हुनेछौ।

योएल 3:19
मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ। किनकि तिनीहरु यहूदाका मनिसहरु प्रति निष्ठुर थिए। तिनीहरुले तिनीहरुकै देशको निर्दोषमानिसको हत्या गरेका छन्।

मलाकी 1:3
अनि मैले एसावलाई स्वीकार गरिनँ। मैले एसावको पहाडी देश उजाडपारिदिएँ। एसावको देश नष्ट पारिएको थियो अनि अब त्यहाँ जङ्गली स्यालहरू मात्र बस्छन्।”

भजनसंग्रह 137:7
म कसम खाँन्छु यरूशलेम सधैं मेरो महान् आनन्द हुनेछ। हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्। तिनीहरूले चीत्कार गरे, “पूर्णरूपले विध्वंश पारे, त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गरे।”

मर्कूस 13:7
तिमीहरूले लडाईको बारेमा सुन्ने पाउनेछौ। अनि अरू हुने लँडाईहरूको बारेमा पनि कथाहरू सुन्नेछौ। तर डराऊनु पर्दैन। अन्तको समय आउन अघिनै यी घटनाहरू घट्नेछ।

मत्ती 24:6
तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घटनाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन।

यर्मिया 9:25
यो परमेश्वरबाट आएको सन्देश हो। “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु।

यर्मिया 25:17
यसर्थ मैले परमेश्वरको हातबाट त्यो कचौरा दाखरस लिएँ। म ती जातिहरूमा गएँ अनि त्यो कचौराबाट मैले दाखरस पियाँए।

यर्मिया 25:21
अनि एदोम, मोआब र अम्मोनिहरूका सबै राजाहरू पनि गाभिन्छन्, सबैलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।

यर्मिया 49:7
यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ “के तेमानमा केही ज्ञान बाँचेको छैन? के मानिसहरूको विवेकबाट परार्मश नष्ट भएर गयो? के तिनीहरूले आफ्नो विवेक हराए?

यर्मिया 50:9
म उपद्रव मच्चाउनेछु र उत्तरबाट धेरै जातिहरू ल्याउनेछु। यी जातिहरूको समूह बाबेलको विरूद्ध युद्ध लड्न अघि आउनेछन्। तिनीहरूले बाबेललाई आफ्नो अधीनमा पार्नेछन्। तिनीहरूको काँड सिपालु लडाकुहरू झैं छन् र एउटै काँड पनि व्यर्थ जाँदैन्।

यर्मिया 51:27
“भूमिमा युद्धको झण्डा उठाऊ। सबै जाति-जातिहरूमा युद्धको तुरही फुक। जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार। अरारत, मिन्नी र अशकनज राज्यहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्न डाक। उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर। संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।

यर्मिया 51:46
हे मेरा मानिसहरू हो, नडराऊ। उडान्त कुराहरू फैलिनेछ तर नडराऊ। यो वर्षमा एउटा उडान्त कुरा आउनेछ; अनि अर्को वर्षमा अर्को आउनेछ, यस भूमिमा हिंसाको उडन्त खबरहरू र शासकहरूको विरूद्ध शासकहरू लड्ने उडन्त कुरा हुनेछ।

विलाप 4:21
एदोमका मानिसहरू खुशी बन, ऊज भूमिमा बस्नेहरू खुशी बन। तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ। जब तिमी त्यो कचौराबाट पिउछौ तिमीहरू मातिने छौं। अनि आफैंलाई नाङ्गो पार्ने छौ।

मीका 2:13
तिनीहरु मध्ये एकजना आउनेछ, जसले पर्खाल भत्काएर जान सकनेछ। उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ र मानिसको अघि बाटो तयार पार्नेछ। तिनीहरु मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्। तब राजा तिनीहरुसँग जानेछन्। परमप्रभु मानिसहरुसँग हुनुहुनेछ।

यशैया 18:2
त्यस जग्गामा मानिसहरूलाई मालिङ्गोलेबनिएका डुङ्गाहरूमा पठाइन्छ।हे फूर्तिला समाचार-वाहकहरू! ती मानिसहरूकहाँ जाऊ जो अग्ला र बलिया छन्! सबै ठाउँका मानिसहरू ती अल्गा अनि बलिया मानिसहरूदेखि डराउँछन्। तिनीहरू बलियो जाति हुन्। तिनीहरूले अन्य जातिहरूलाई परास्त पार्छन्। नदीहरूले भाग-भाग गरेका देशमा तिनीहरू छन्।