मत्ती 12:45
त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढता दुष्ट आत्मा अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।’
Then | τότε | tote | TOH-tay |
goeth he, | πορεύεται | poreuetai | poh-RAVE-ay-tay |
and | καὶ | kai | kay |
taketh | παραλαμβάνει | paralambanei | pa-ra-lahm-VA-nee |
with | μεθ'' | meth | mayth |
himself | ἑαυτοῦ | heautou | ay-af-TOO |
seven | ἑπτὰ | hepta | ay-PTA |
other | ἕτερα | hetera | AY-tay-ra |
spirits | πνεύματα | pneumata | PNAVE-ma-ta |
wicked more | πονηρότερα | ponērotera | poh-nay-ROH-tay-ra |
than himself, | ἑαυτοῦ | heautou | ay-af-TOO |
and | καὶ | kai | kay |
in enter they | εἰσελθόντα | eiselthonta | ees-ale-THONE-ta |
and dwell | κατοικεῖ | katoikei | ka-too-KEE |
there: | ἐκεῖ· | ekei | ake-EE |
and | καὶ | kai | kay |
the | γίνεται | ginetai | GEE-nay-tay |
last | τὰ | ta | ta |
state | ἔσχατα | eschata | A-ska-ta |
of that | τοῦ | tou | too |
man | ἀνθρώπου | anthrōpou | an-THROH-poo |
is | ἐκείνου | ekeinou | ake-EE-noo |
worse | χείρονα | cheirona | HEE-roh-na |
than the | τῶν | tōn | tone |
first. | πρώτων | prōtōn | PROH-tone |
so Even | οὕτως | houtōs | OO-tose |
shall it be | ἔσται | estai | A-stay |
also | καὶ | kai | kay |
τῇ | tē | tay | |
unto this | γενεᾷ | genea | gay-nay-AH |
ταύτῃ | tautē | TAF-tay | |
wicked | τῇ | tē | tay |
generation. | πονηρᾷ | ponēra | poh-nay-RA |
Cross Reference
हिब्रू 6:4
मानिसहरूले ख्रीष्टलाई छोडिदिए पछि, तिनीहरूका जीवनको बाटो फेरि बदल्न सकिएला? सत्य सिक्नेहरू बारे म भन्दैछु। तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्।
हिब्रू 10:26
सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन।
लूका 11:26
तब त्यो दुष्ट-आत्मा अरू सातवटा दुष्ट आत्माहरू लिन जान्छ जो त्यो भन्दा अझ दुष्ट छन्। अनि ती सबै आत्माहरू एकसाथ गएर त्यो मानिसभित्र पस्छन् र बास गर्छन्। तब त्यस मानिसको अवस्था पहिलो भन्दा झन् खराब हुन्छ।”
मर्कूस 5:9
त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?”त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।
1 थिस्सलोनिकी 2:15
ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्।
हिब्रू 10:39
तर हामी तिनीहरू मध्येका होइनौं जो डरले र्फकन्छन् न नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं।विश्वास
2 पत्रुस 2:14
हरेकपल्ट तिनीहरु स्त्रीलाई हेर्छन्, अनि तिनीहरु उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरु सदैव पाप गरिरहन्छन्। तिनीहरुले कसजोर मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरु आफैले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरु श्रापित छन्।
1 यूहन्ना 5:16
यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरुलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरुको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरुलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन।
यहूदा 1:10
तर यी मानिसहरु जुन कुराहरु आफैले बुझेंका छैनन् त्यस बारेमा निन्दनीय शब्दहरु प्रयोग गर्छन्। अनि तिनीहरुले जे बुइछन् बुद्धिद्धारा होइन तर लाटा विवेक अनि शून्य पशुले भै बुइछन्। अनि यी कुराहरुद्वारा तिनीहरु ध्वंश हुन्छन्।
एफिसी 6:12
हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरूद्ध छ।
यूहन्ना 15:22
यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिनीहरू पापका-दोषी हुने थिएनन्। तर अब मैले तिनीहरूलाई जनाएँ र अब तिनीहरू पापबाट माफी हुने छैन।
मत्ती 12:24
जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”
मत्ती 21:38
“तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’
मत्ती 23:15
“तिमी शास्त्रीहरू र फरिसीहरूका निम्ति यो खराब हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू एक मानिसलाई आफ्नो मतमा ल्याउनकालागि समुद्रहरू पार गर्दै विभिन्न देशहरू चाहार्छौ यस्तो कोही मानिसहरू भेटायो भने तिनीहरू त्यसलाई आफू भन्दा दोबर खराब तुल्याउँछौ। अनि तिमीहरू यति हुन्छौ कि तिमीहरू नरकको योग्य हुन्छौ।
मत्ती 23:24
तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ।
मत्ती 23:32
यसकारण जाऊ अनि आफ्ना पुर्खाहरूले शुरू गरेका पापकर्म पुरा गर।
मर्कूस 16:9
हप्ताहको पहिलो दिनमा येशू मृत्युबाट बौरी उठ्नु भयो। उहाँ पहिले मरियम मग्दलिनीसित देखापूर्न भयो। जसबाट उहाँले सात भूतहरू निकाल्नु भएको थियो।
लूका 11:49
यसैले परमेश्वरको ज्ञानले भन्यो, म अगमवक्ताहरू र प्रेरितहरू तिनीहरूका निम्ति पठाउनेछु। तिनीहरूले कोही अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् अनि अरूलाई सताउनेछन्।
लूका 19:41
येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो।
रोमी 11:8
जस्तो धर्मशास्त्रमा लेखिएको छः“परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।”