मलाकी 2:1
“हे पूजाहारीहरू हो, यो नियम तिमीहरूको निम्ति हो। मेरोकुरा सुन। जे म भन्छु त्यसमाथि ध्यन देऊ। मेरो सम्मान गर।
And now, | וְעַתָּ֗ה | wĕʿattâ | veh-ah-TA |
O ye priests, | אֲלֵיכֶ֛ם | ʾălêkem | uh-lay-HEM |
this | הַמִּצְוָ֥ה | hammiṣwâ | ha-meets-VA |
commandment | הַזֹּ֖את | hazzōt | ha-ZOTE |
is for | הַכֹּהֲנִֽים׃ | hakkōhănîm | ha-koh-huh-NEEM |
Cross Reference
मलाकी 1:6
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “नानीहरूले तिनीहरूका बाबुहरूलाई आदर गर्दछन्। सेवकहरूले तिनीहरूको मालिकहरूलाई सम्मान गर्छन्। म तिमीहरूको बाबु हुँ,यसकारण तिमीहरूले मलाई किन सम्मान गर्दैनौं? म तिमीहरूकोमालिक हुँ, यसकारण तिमीहरू किन मलाई सम्मान गर्दैनौ? पूजाहारीहरू तिमीहरूले मेरो नाउँलाई सम्मान गर्दैनौ।”तर तिमीहरू भन्छौ, “हामीहरूले के गर्यौं? जो तपाईंले भन्नु हुन्छ हामीले तपाईंको सम्मान गरेनौं।”
यर्मिया 13:13
तब तिमीहरू तिनीहरूलाई भन्नेछौ, ‘यही नै त परमप्रभुले भन्नुहुन्छ यस देशमा भएका सबै असाहयहरूलाई म जड्याँह जस्तो बनाउने छु। म ती राजाहरूको बारेमा भनिरहेछु जो दाऊदको राजगद्दीमा बस्छन्। म ती पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरु सबै मानिसहरूका बारेमा भनिरहेको छु।
विलाप 4:13
यी सबै कुराहरू यरूशलेमका अगमवक्ताहरू र पूजाहारीहरूको पापको कारणले गर्दा अनि त्यहाँका निर्दोष जनतलाई जसले मारे ती मानिसहरूको कारणले गर्दा, भएका थियो।
होशे 5:1
“हे पूजाहारीहरू! हे इस्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरूद्धमा छ।“किनभने तिमीहरू मिस्पामा पासो र ताबोरका जाल भएकाछौ।