यहोशू 23:10 in Nepali

नेपाली नेपाली बाइबल यहोशू यहोशू 23 यहोशू 23:10

Joshua 23:10
परमप्रभुको सहयोग द्वारा इस्राएलका एक मानिसले शत्रुहरूका हजार सैनिकलाई परास्त गर्न सके। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको निम्ति लड्नु भएको थियो। परमप्रभुले यसो गर्ने प्रतिज्ञा दिनु भएको थियो।

Joshua 23:9Joshua 23Joshua 23:11

Joshua 23:10 in Other Translations

King James Version (KJV)
One man of you shall chase a thousand: for the LORD your God, he it is that fighteth for you, as he hath promised you.

American Standard Version (ASV)
One man of you shall chase a thousand; for Jehovah your God, he it is that fighteth for you, as he spake unto you.

Bible in Basic English (BBE)
One man of you is able to put to flight a thousand; for it is the Lord your God who is fighting for you, as he has said to you.

Darby English Bible (DBY)
One man of you chaseth a thousand; for Jehovah your God, he it is that fighteth for you, as he hath said unto you.

Webster's Bible (WBT)
One man of you shall chase a thousand: for the LORD your God, he it is that fighteth for you, as he hath promised you.

World English Bible (WEB)
One man of you shall chase a thousand; for Yahweh your God, he it is who fights for you, as he spoke to you.

Young's Literal Translation (YLT)
one man of you doth pursue a thousand, for Jehovah your God `is' He who is fighting for you, as He hath spoken to you;

One
אִישׁʾîšeesh
man
אֶחָ֥דʾeḥādeh-HAHD
of
מִכֶּ֖םmikkemmee-KEM
you
shall
chase
יִרְדָּףyirdāpyeer-DAHF
thousand:
a
אָ֑לֶףʾālepAH-lef
for
כִּ֣י׀kee
the
Lord
יְהוָ֣הyĕhwâyeh-VA
God,
your
אֱלֹֽהֵיכֶ֗םʾĕlōhêkemay-loh-hay-HEM
he
ה֚וּאhûʾhoo
it
is
that
fighteth
הַנִּלְחָ֣םhannilḥāmha-neel-HAHM
as
you,
for
לָכֶ֔םlākemla-HEM
he
hath
promised
כַּֽאֲשֶׁ֖רkaʾăšerka-uh-SHER
you.
דִּבֶּ֥רdibberdee-BER
לָכֶֽם׃lākemla-HEM

Cross Reference

लेवी 26:8
तिमीहरू पाँच जनाले एक सय जना शुत्रहरूलाई पराजित गर्नेछौ अनि तिमीहरू एक सय जनाले तिमीहरूको दश हजार शत्रुहरूलाई पराजित गर्नेछौ। तिमीहरूले तिमीहरूको शत्रुहरूलाई नाश गर्नेछौ।

व्यवस्था 32:30
के एकजना मानिसले 1,000 मानिसहरूलाई लखेटून सएछ? के दुईजना मानिसहरूले 10,000 मानिसहरूलाई लखेट्न सकछन्? यो तब मात्र हुनेछ यदि परमप्रभुले तिनीहरूलाई शत्रुको हातमा सुम्पिनु हुन्छ। यो तब मात्र हुनेछ यदि तिनीहरूको चट्टान (परमेश्वरले) तिनीहरूलाई कमारा जस्तै बेच्नु हुन्छ।

व्यवस्था 3:22
ती देशहरूका राजाहरूसित तिमीहरू डराउनु पर्दैन कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको पक्षमा युद्ध गर्नुहुनेछ।’

भजनसंग्रह 35:1
हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्। मेरा रणहरू लडिदिनु होस्!

प्रस्थान 14:14
तिमीहरूले केही गर्नु पर्दैन तर स्थिर भएर बस। परमप्रभुले तिमीहरूको निम्ति युद्ध गर्नु हुनेछ।”

भजनसंग्रह 46:7
सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

यहोशू 23:3
तिमीहरूले ती कुराहरू देख्यौ जो परमप्रभुले हाम्रा शत्रुहरू प्रति गर्नु भयो। उहाँले हामीलाई सहायता गर्न यसो गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति युद्ध गर्नु भयो।

व्यवस्था 20:4
किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित जानुहुँनेछ। उहाँले तिमीहरूलाई शत्रुहरूसित लडाइँ गर्नु सहायता गर्नु हुनेछ। तिमीहरूलाई विजय गराउनु सहायता गर्नु हुनेछ।’

रोमी 8:31
यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?

1 शमूएल 14:6
जोनाथनले आफ्नो हतियार बोक्ने युवा सहयोगीलाई भने, “आऊ, ती विदेशीहरूको छाउनीमा जाऔ। हुन सक्छ, परमप्रभुले तिनीहरूलाई डराउनको निम्ति हामीलाई प्रयोग गर्नुहुनेछ। हामीसँग ज्यादा सैनिक होस् कि नहोस् परमप्रभुलाई कसैले रोक्न सक्दैन।”

भजनसंग्रह 44:4
हे मेरो परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ। आदेश दिनुहोस् अनि याकूबका मानिसहरूलाई विजयतर्फ अगुवाइ गर्नुहोस्।

यहोशू 10:42
यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो।

न्यायकर्ता 15:15
शिमशोनले एउटा मरेको गधाको बङ्गारा भेट्टाए। तिनले त्यो बङ्गारा लिए अनि एक हजार पलिश्ती मानिसहरूलाई त्यसद्वारा हत्या गरिदिए।

प्रस्थान 23:27
“म तिमीहरूको अघि मेरो महाशक्ति पठाउनेछु अनि सबै राष्ट्रहरू जहाँ तिमीहरू यात्रा गर्नेछौ भयग्रस्त हुनेछन् अनि म तिनीहरूलाई परास्त पार्नलाई मदत गर्नेछु।

1 शमूएल 14:12
किल्लाको रक्षक पलिश्तीहरूले जोनाथन र तिनका सहायकलाई कराएर भने, “यहाँ आऊ, तिमीहरूलाई हामी पाठ सिकाउँने छौं।”जोनाथनले आफ्नो सहयोगीलाई भन्यो, “पहाड चढ्दा मेरो पछि आउनु, परमेश्वरले यसरी मिलाउनु भएको छ कि इस्राएलीहरूले पलिश्तीहरूलाई हराउने छ।”

न्यायकर्ता 7:19
यसरी गिदोनसँग 100 मानिसहरू शत्रुको छाउनीको किनार तिर गए। शत्रुले रक्षक बद्लि गरेकै पछि तिनीहरू त्यहाँ आए। यो रातको मध्य अवधि थियो। गिदोन अनि तिनका मानिसहरूले तुरही बजाए अनि भाँडे फुटाए।

2 शमूएल 23:8
तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन। दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे।

न्यायकर्ता 3:31
एहूदले इस्राएलका मानिसहरूलाई बँचाए पछि, अर्को मानिसले इस्राएललाई बँचायो। त्यो मानिस अनातको छोरा शमगर थियो। 600 पलिश्ती मानिसहरूलाई मार्न शमगरले गोरू खेध्ने लट्ठीको उपयोग गरे।