Jeremiah 36:7
हुनसक्छ कि मानिसहरूले परमप्रभुलाई सहयोगको लागि गुहार्नेछन् अनि हरेकले दुष्ट कामहरू गर्न देखि जोगिनेछन्। किनभने परमप्रभुले यी मानिसहरूमाथि महा रीस र क्रोध पोखाउँने भनी घोषणा गर्नु भएको छ।”
Jeremiah 36:7 in Other Translations
King James Version (KJV)
It may be they will present their supplication before the LORD, and will return every one from his evil way: for great is the anger and the fury that the LORD hath pronounced against this people.
American Standard Version (ASV)
It may be they will present their supplication before Jehovah, and will return every one from his evil way; for great is the anger and the wrath that Jehovah hath pronounced against this people.
Bible in Basic English (BBE)
It may be that their prayer for grace will go up to the Lord, and that every man will be turned from his evil ways: for great is the wrath and the passion made clear by the Lord against this people.
Darby English Bible (DBY)
It may be they will present their supplication before Jehovah, and that they will return every one from his evil way; for great is the anger and the fury that Jehovah hath pronounced against this people.
World English Bible (WEB)
It may be they will present their supplication before Yahweh, and will return everyone from his evil way; for great is the anger and the wrath that Yahweh has pronounced against this people.
Young's Literal Translation (YLT)
if so be their supplication doth fall before Jehovah, and they turn back each from his evil way, for great `is' the anger and the fury that Jehovah hath spoken concerning this people.'
| It may be | אוּלַ֞י | ʾûlay | oo-LAI |
| they will present | תִּפֹּ֤ל | tippōl | tee-POLE |
| their supplication | תְּחִנָּתָם֙ | tĕḥinnātām | teh-hee-na-TAHM |
| before | לִפְנֵ֣י | lipnê | leef-NAY |
| the Lord, | יְהוָ֔ה | yĕhwâ | yeh-VA |
| and will return | וְיָשֻׁ֕בוּ | wĕyāšubû | veh-ya-SHOO-voo |
| every one | אִ֖ישׁ | ʾîš | eesh |
| evil his from | מִדַּרְכּ֣וֹ | middarkô | mee-dahr-KOH |
| way: | הָרָעָ֑ה | hārāʿâ | ha-ra-AH |
| for | כִּֽי | kî | kee |
| great | גָד֤וֹל | gādôl | ɡa-DOLE |
| is the anger | הָאַף֙ | hāʾap | ha-AF |
| fury the and | וְהַ֣חֵמָ֔ה | wĕhaḥēmâ | veh-HA-hay-MA |
| that | אֲשֶׁר | ʾăšer | uh-SHER |
| the Lord | דִּבֶּ֥ר | dibber | dee-BER |
| hath pronounced | יְהוָ֖ה | yĕhwâ | yeh-VA |
| against | אֶל | ʾel | el |
| this | הָעָ֥ם | hāʿām | ha-AM |
| people. | הַזֶּֽה׃ | hazze | ha-ZEH |
Cross Reference
यर्मिया 36:3
हुनसक्छ यहूदाका परिवारले गरेका दुर्ष्टकमहरू विरूद्ध मैले गरिरहेको योजना बारे यहूदाका मानिसहरूले सुन्नेछन् अनि हुनसक्छ तिनीहरू दुष्ट कामहरू गर्नदेखि रोकिनेछन्। यदि तिनीहरूले त्यसो गरे भने म तिनीहरूले गरेका अपराधहरू र पाप क्षमा गरिदिनेछु।”
2 राजा 22:13
राजा योशियाहले भने, “जाऊ अनि परमेश्वरलाई सोध हामीले के गर्नु पर्छ? परमप्रभुलाई मेरो निम्ति, मानिसहरूको निम्ति तथा सम्पूर्ण यहूदाको निम्ति सोध। पाइएको पुस्तकका शब्दहरूको विषयमना सोध। परमप्रभु हामीसित रिसाउनु भएको छ। किन? किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकका शब्दहरू सुनेनन्। तिनीहरूले सबै आदोशहरू पालन गरेनन् जो हाम्रोलागि लेखिएका थिए।”
2 राजा 22:17
यहूदाका मानिसहरूले मलाई छोडे अनि अरू देवताहरूका लागि धूपबलि बाले। तिनीहरूले मलाई रीस उठाए। तिनीहरूले धेरै देवमूर्तिहरू बनाए। त्यसै कारणले गर्दा म यस ठाउँको विरोधमा आफ्नो रीस देखाउनेछु। मेरो रीस आगो जस्तो हुनेछ जसलाई थाम्न सकिने छैन।’
2 इतिहास 33:12
जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए।
यर्मिया 4:4
परमप्रभु अघि आफ्नै खतना गर अनि हृदयको अपवित्रता आफै हटाऊ। हे यहूदा र यरूशलेमका मानिसहरू हो! तिमीहरू परिर्वतित भएनौ भने मेरो क्रोध अग्नि झैं फैलिनेछ। कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन। यो तिमीहरूको दुष्टकार्यको कारण यस्तो हुनेछ।”
यर्मिया 21:5
म स्वयं मेरा शक्तिशाली हात र बलियो हतियार लिएर तिमीहरूसित लड्नेछु।
विलाप 4:11
परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो र उहाँले आफ्नो क्रोध पोखाउनु भयो। उहाँले सियोनमा आगो लगाउनु भयो। आगोले सियोन्को जगहरू धराशायी गरिदियो।
इजकिएल 24:8
मैले त्यसको रगत खुल्ला चट्टानमा हालें। यसकारण यो नछोपियोस्। मैले यसो गरें जसबाट मानिसहरू क्रोधित होस् अनि उसले निर्दोष मानिसहरूलाई हत्याको दण्ड दिओस्।’
दानियल 9:13
हामीमाथि आएका सबै विपत्तिहरू मोशाको व्यवस्थाको पुस्तकमा पहिलानै लेखिएका थिए तर पनि हामीले आफ्ना परमेश्वरको सम्मानमा केही गरेका छैनौं। आफ्नो अधर्मको कामबाट हामीले पश्चाताप गरेनौ तपाईं आफ्नो वचनमा प्रतिवद्ध हुनुहुन्छ भन्ने कुरामा हामीले ध्यानै दिएनौ।
होशे 5:15
जबसम्म तिनीहरूले आफ्ना अपराध स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु। आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन।”
होशे 14:1
हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ।
योना 3:8
तर प्रत्येक मानिस र पशुहरुले पनि विशेष प्रकारको वस्त्र धारण गरुन् जसबाट यो देखियोस् कि तिनीहरु सबै दुःखी छन्। मानिसले परमेश्वरलाई ठुलो स्वरले बोलाउनेछन्। अनि प्रत्येक मानिसले आफ्नो जीवन शैली बद्ली गर्नु पर्नेछ, अनि उसले नराम्रो कर्म छोड्नु पर्नेछ।
जकरिया 1:4
परमप्रभु भन्नुहुन्छ, “तिमीहरुका पिता-पुर्खाहरु जस्तो नबन बितेका समयमा अगमवक्ताहरु तिनीहरुसित कुरा गर्थे। तिनीहरुले भने, ‘तिमीहरुले आफ्नो नराम्रो कु-कर्महरु छोडिदेऊ।’ तर तिमीहरुका पुर्खाहरुले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो।
इजकिएल 22:20
कारीगरले चाँदी, काँसा, फलाम, सीसा अनि जस्तालाई आगोमा हाल्छ। आगो एकदमै ठूलो बनाउँनको निम्ति फुकिन्छ। त्यसपछि यो धातुहरू सबै गल्न थाल्छ। यस्तै प्रकारले म तिमीलाई आफ्नो आगोमा हालेर पगाल्छु। त्यो मेरो आगो चाँहि क्रोध हो।
इजकिएल 20:33
परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिमीहरूमाथि राजाले जस्तै शासन गर्छु। म आफ्नो शक्तिशाली हातहरू उठाउँछु अनि तिमीहरूलाई दण्ड दिन्छु। म तिमीहरू विरूद्ध आफ्नो क्रोध प्रकट गर्छु!
व्यवस्था 29:18
दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ।
व्यवस्था 31:17
त्यस समय म तिनीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिनीहरूलाई छोडी दिनेछु र तिनीहरूलाई सहायता गर्नेछैन र तिनीहरू ध्वंश हुनेछन्। तिनीहरूमाथि नाना प्रकारका आफ्त र विपदहरू ल्याउनेछु र त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीसँग नभएकोहुनाले नै यस्तो आफ्त र विपत्तिहरू आइलागेको हो?’
1 राजा 8:33
“कहिले काँही तपाईंका मानिसहरूले तपाईंको विरूद्धमा पाप कार्य गरे भने उनका शत्रुहरूले उनीहरूलाई परास्त गर्छन्। तब मानिसहरू तपाईंतिर फर्किन्छन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। मानिसहरूले यस मन्दिरमा नै तपाईंको प्रार्थना गर्नेछन्।
2 इतिहास 34:21
राजाले भने, “जाऊ, मेरा निम्ति अनि मानिसहरूका निम्ति जो इस्राएल अनि यहूदामा रहेका छन्, परमप्रभु सित याचना गर। ती पुस्तकका शब्दहरूको बारेमा जो पाइएको थियो, सोध। परमप्रभु हामी सित अत्यन्त क्रोधित हुनुहुन्छ किनभने हाम्रा पुर्खाहरूले परमप्रभुको बचनको पालन गरेनन्। तिनीहरूले यो पुस्तकले गर्नु भनेका सबै कुराहरू गरेनन्।”
यर्मिया 1:3
योशियाहको छोरा यहोयाकीम यहूदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहूदाका राजा सिद्कियाहको राज्यकालको एघारौंको वर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निवासन गराईयो।
यर्मिया 16:10
“यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौ? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’
यर्मिया 19:15
“यो सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको हो ‘म यरूशलेममा र यसको वरिपरिका गाउँहरूमा धेरै प्रकारका नराम्रा कुराहरू घटाउनेछु। यो हुने छ किनभने तिनीहरू मेरो आदेशहरू पालन गर्न एकदमै अट्टेरी गर्छन्। म चाँडै ती कुराहरू घटाउने छु।”‘
यर्मिया 25:5
ती अगमवक्ताहरूले भने, “तिमीहरूले आफ्ना जीवन शैली परिर्वतन गर। कुकर्महरू गर्नदेखि आफूलाई पर राख। जीवन परिवर्तन गर र यस देशमा जुन परमप्रभुले तिमी र तिमीहरूका पिता-पुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिनु भएकोछ त्यहाँ बसो बासो गर।
यर्मिया 26:3
यो हुनसक्छ, तिनीहरूले सुन्नेछन् अनि मेरो सन्देश पालन गर्नेछन् र तिनीहरू खराब काम गर्नुबाट रोकिनेछन्। यदि तिनीहरू परिर्वतन भए भने म मेरो तिनीहरूलाई तिनीहरूको दुष्टकर्मका निम्ति सजाय दिन जुन योजना तयार पारेकोछु त्यो बदलिनेछु।
इजकिएल 5:13
तब मात्र म तिनीहरू प्रति क्रोधित हुन रोकिनेछु। तिनीहरूले नराम्रो कार्यहरू गरेकोमा म आफैले तिनीहरूमाथि बदला लिन तिनीहरूलाई घटाउनेछु। तब तिनीहरूले सम्झनेछन् म परमप्रभुले तिनीहरूको विरूद्धमा उत्साहित भएर काम गरेको छु।”
इजकिएल 8:18
म तिनीहरूमाथि आफ्नो क्रोध प्रकट गर्नेछु, म तिनीहरूमाथि कुनै दया राख्ने छैन। म तिनीहरूको निम्ति दुख अनुभव गर्ने छैन। तिनीहरू मलाई उच्च स्वरले बोलाउँने छन्, तर म सुन्न अस्वीकार गरिदिनेछु।”
इजकिएल 13:13
परमप्रभु मेरा मालिक भन्नुहुन्छ, ‘म क्रोधित छु, म तिमीहरूको विरूद्ध आँधी-बेह्री पठाउँछु। म क्रोधित छु अनि म घनघोर वर्षा पठाउँछु। म क्रोधित छु अनि आकाशबाट असिना खसाउँनेछु। अनि तिमीहरूलाई पूर्ण रूपमा नष्ट पार्नेछु।
व्यवस्था 28:15
“तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।