Hebrews 13:13
यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ।
Hebrews 13:13 in Other Translations
King James Version (KJV)
Let us go forth therefore unto him without the camp, bearing his reproach.
American Standard Version (ASV)
Let us therefore go forth unto him without the camp, bearing his reproach.
Bible in Basic English (BBE)
Let us then go out to him outside the circle of the tents, taking his shame on ourselves.
Darby English Bible (DBY)
therefore let us go forth to him without the camp, bearing his reproach:
World English Bible (WEB)
Let us therefore go forth to him outside of the camp, bearing his reproach.
Young's Literal Translation (YLT)
now, then, may we go forth unto him without the camp, his reproach bearing;
| Let us go forth | τοίνυν | toinyn | TOO-nyoon |
| therefore | ἐξερχώμεθα | exerchōmetha | ayks-are-HOH-may-tha |
| unto | πρὸς | pros | prose |
| him | αὐτὸν | auton | af-TONE |
| without | ἔξω | exō | AYKS-oh |
| the | τῆς | tēs | tase |
| camp, | παρεμβολῆς | parembolēs | pa-rame-voh-LASE |
| bearing | τὸν | ton | tone |
| his | ὀνειδισμὸν | oneidismon | oh-nee-thee-SMONE |
| αὐτοῦ | autou | af-TOO | |
| reproach. | φέροντες· | pherontes | FAY-rone-tase |
Cross Reference
हिब्रू 11:26
मोशाले मिश्रदेशको भण्डार भन्दा ख्रीष्टको लागि भोगेको दुख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे। मोशाले परमेश्वरबाट पुरस्कार र्पखिरहेथे।
1 कोरिन्थी 4:10
ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि संझन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू संझन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन।
1 पत्रुस 4:14
तिमीहरुले ख्रीष्टलाई अनुसरण गरेकोमा जब मानिसहरुले गाली गर्छन् तिमीहरु धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरुसंग हुन्छ।
1 पत्रुस 4:4
तिमीहरु त्यस्ता असभ्य वस्तुहरुमा भाग नलिँदा तिनीहरु आश्चर्य मानिरहेका छन्। येसैले तिनीहरु निन्दनीय कुरा गर्छन्।
हिब्रू 12:3
विवादहरू सहनुहुन येशूलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशूको बारेमा संझ।
2 कोरिन्थी 12:10
यसैले ख्रीष्टको निम्ति आफ्नो दुर्वलताहरूमा म खुशी छु। यदि कसैले मेरो निन्दा गरे पनि, जब म अप्ठेरो अवस्थामा पर्छु, सताइन्छु औ कष्टमा पर्छु, म खुशी हुन्छु। यी सब ख्रीष्टका लागि हुन्। अनि म यी सहमस्याहरूमा प्रसन्न छु। जब म दुर्वल छु, तब त्यही बेला म वास्तवमा पाउछु र बलवन्त हुन्छु।
प्रेरित 5:41
प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए।
लूका 6:22
मानिसको पुत्रको कारण यदि तिमीहरूलाई मानिसहरूले घृणा गरे, आफ्नो समूहबाट निकाली दिए, तीनीहरूले निन्दा गरे, तिनीहरूले तिमीहरूलाई अस्वीकारे तिमीहरू धन्य हौ।
मत्ती 27:39
आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे।
मत्ती 27:32
सैनिकहरू येशूलाई लिएर शहरदेखि बाहिर गइरहेका थिए। सैनिकहरूले कुनै एउटा मानिसलाई जबरजस्ती गरेर येशुको क्रूस बोक्न लगाए। साइरेनिमा बस्ने त्यस मानिसको नाम शिमोन थियो।
मत्ती 16:24
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ।
मत्ती 10:24
कुनै पनि चेला गुरूभन्दा श्रेष्ठ हुँदैन नता कुनै दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ।
मत्ती 5:11
“धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ।