Ezekiel 3:26
म तिम्रो जिब्रो तिम्रो तालुमा टँसाई दिनेछु। तिमीले बात गर्न सक्नेछैनौ। यसकारण तिनीहरूले कोही मानिसलाई पनि यस्तो भेट्टाउने छैनन् जसले तिनीहरूलाई शिक्षा दिन सकोस् कि तिनीहरूले पाप गरिरहेका छन्। किन? किनकि तिनीहरू सँधै मेरो विरूद्धमा गइरहेका छन्।
Ezekiel 3:26 in Other Translations
King James Version (KJV)
And I will make thy tongue cleave to the roof of thy mouth, that thou shalt be dumb, and shalt not be to them a reprover: for they are a rebellious house.
American Standard Version (ASV)
and I will make thy tongue cleave to the roof of thy mouth, that thou shalt be dumb, and shalt not be to them a reprover; for they are a rebellious house.
Bible in Basic English (BBE)
And I will make your tongue fixed to the roof of your mouth, so that you have no voice and may not make protests to them: for they are an uncontrolled people.
Darby English Bible (DBY)
And I will make thy tongue cleave to the roof of thy mouth, that thou shalt be dumb, and shalt not be to them a reprover; for they are a rebellious house.
World English Bible (WEB)
and I will make your tongue cleave to the roof of your mouth, that you shall be mute, and shall not be to them a reprover; for they are a rebellious house.
Young's Literal Translation (YLT)
and thy tongue I cause to cleave unto thy palate, and thou hast been dumb, and art not to them for a reprover, for a rebellious house `are' they.
| And I will make thy tongue | וּלְשֽׁוֹנְךָ֙ | ûlĕšônĕkā | oo-leh-shoh-neh-HA |
| cleave | אַדְבִּ֣יק | ʾadbîq | ad-BEEK |
| to | אֶל | ʾel | el |
| the roof of thy mouth, | חִכֶּ֔ךָ | ḥikkekā | hee-KEH-ha |
| dumb, be shalt thou that | וְנֶֽאֱלַ֔מְתָּ | wĕneʾĕlamtā | veh-neh-ay-LAHM-ta |
| and shalt not | וְלֹא | wĕlōʾ | veh-LOH |
| be | תִֽהְיֶ֥ה | tihĕye | tee-heh-YEH |
| reprover: a them to | לָהֶ֖ם | lāhem | la-HEM |
| לְאִ֣ישׁ | lĕʾîš | leh-EESH | |
| for | מוֹכִ֑יחַ | môkîaḥ | moh-HEE-ak |
| they | כִּ֛י | kî | kee |
| are a rebellious | בֵּ֥ית | bêt | bate |
| house. | מְרִ֖י | mĕrî | meh-REE |
| הֵֽמָּה׃ | hēmmâ | HAY-ma |
Cross Reference
इजकिएल 24:27
त्यस समय तिमी त्यो मानिससित बात गर्न सक्छौ। तिमी अब अझ अधिक चुप लागेर बस्न सक्तैनौ। यसकारण तिमी उसको उदाहरण बन्नेछौ। त्यति बेला तिनीहरूले थाहा पाउँनेछन् ‘म नै परमप्रभु हुँ।”‘
लूका 1:20
अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किन? किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैर्नों।”
मीका 3:6
यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ, तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ। भविष्यको गर्वमा जे लुकेको छ, तिमीले बताउन सक्दैनौ। यसकारण तिमीहरुलाई अँध्यरो जस्तै लाग्नेछ। अगमवक्ताहरुमाथि सूर्य अस्ताउनेछ। अनि उनिहरुलाई दिन पनि रात जस्तै हुनेछ।
आमोस 8:11
परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो दिन नजिकै आउँदैछ जब म देशमा अनिकाल ल्याउँनेछु। मानिसहरु रोटी र पानीको निम्ति भोकाउनेछैनन्। तर मानिसहरुपरमप्रभुको वचनको निम्ति भोकाउनेछन्।
आमोस 5:10
तिमी मानिसहरु, अगमवक्तालाई घृणागर्छौ जो तिमीहरुका अन्यायलाई लल्कार्छ र मानिसहरुसित सत्य बोल्छ।
होशे 4:17
एप्रैम मूर्तिहरूको साथी भएको छ। त्यसलाई एक्लै छोडिदेऊ।
इजकिएल 2:3
उहाँले मलाई भन्नुभयो, “मानिसको छोरो, म तिमीलाई इस्राएलको परिवारसँगकेही भन्नका निम्ति पठाउँदैछु। तिनीहरू बागीहरूको जाति हुन्। लगातार मेरो विरूद्ध बागी भएकाछन् तिनीहरूका पिता-पुर्खाहरू पनि मेरो विरूद्धमा बागी भएको थिए। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूले मेरो विरूद्धमा अपराधहरू गरे अनि आज सम्म तिनीहरू त्यसै गर्दैछन्।
विलाप 2:9
यरूशलेमका सबै फाटकहरू भूइँमा भासिए। यहाँले फाटकका सबै डण्डाहरू टुक्र्याई धुलो पार्नुभयो। उहाँका राजा र राजकुमारहरू अरू कुनै राष्ट्रमा छन्। उनीहरूलाई अब शिक्षा दिइने छैन। र यरूशलेमका अगमवक्ताहरूले पनि परमप्रभुबाट कुनै दर्शन पाएनन्।
यर्मिया 1:17
यर्मिया तिमी चाहिँ, तैयार हौ उठ र मानिसहरूलाई भन। मैले दिएको प्रत्येक आदेश तिनीहरूलाई भन। मानिसहरूसित नडाराऊ नत्र म तिमीलाई भयभीत पार्नेछु।
यशैया 1:2
हे, आकाश र पृथ्वी परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु भन्नु हुन्छ,“मैले मेरा नानीहरूलाई पालन-पोषण गरें। मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ तर तिनीहरू नै मेरो विरोधी भए।
भजनसंग्रह 137:6
यरूशलेम यदि मैले तिमीलाई भुलेको भए तब म भरोसा गर्छु फेरि कहिल्यै गाउने थिईन्। म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन।
भजनसंग्रह 51:15
हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु!
भजनसंग्रह 36:11
हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्। दुष्ट मानिसहरूले मलाई घचेटन नदिनु होस्।