इजकिएल 22:21 in Nepali

नेपाली नेपाली बाइबल इजकिएल इजकिएल 22 इजकिएल 22:21

Ezekiel 22:21
म तिमीलाई त्यो आगोमा हाल्छु अनि म आफ्नो क्रोधको आगो फुक्छु अनि तिमी पग्लिन थाल्छौ।

Ezekiel 22:20Ezekiel 22Ezekiel 22:22

Ezekiel 22:21 in Other Translations

King James Version (KJV)
Yea, I will gather you, and blow upon you in the fire of my wrath, and ye shall be melted in the midst therof.

American Standard Version (ASV)
Yea, I will gather you, and blow upon you with the fire of my wrath, and ye shall be melted in the midst thereof.

Bible in Basic English (BBE)
Yes, I will take you, breathing on you the fire of my wrath, and you will become soft in it.

Darby English Bible (DBY)
Yea, I will collect you, and blow upon you the fire of my wrath, and ye shall be melted in the midst thereof.

World English Bible (WEB)
Yes, I will gather you, and blow on you with the fire of my wrath, and you shall be melted in the midst of it.

Young's Literal Translation (YLT)
And I have heaped you up, And blown on you in the fire of My wrath, And ye have been melted in its midst.

Yea,
I
will
gather
וְכִנַּסְתִּ֣יwĕkinnastîveh-hee-nahs-TEE
blow
and
you,
אֶתְכֶ֔םʾetkemet-HEM
upon
וְנָפַחְתִּ֥יwĕnāpaḥtîveh-na-fahk-TEE
you
in
the
fire
עֲלֵיכֶ֖םʿălêkemuh-lay-HEM
wrath,
my
of
בְּאֵ֣שׁbĕʾēšbeh-AYSH
melted
be
shall
ye
and
עֶבְרָתִ֑יʿebrātîev-ra-TEE
in
the
midst
וְנִתַּכְתֶּ֖םwĕnittaktemveh-nee-tahk-TEM
thereof.
בְּתוֹכָֽהּ׃bĕtôkāhbeh-toh-HA

Cross Reference

व्यवस्था 4:24
किन? किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ।

नहूम 1:6
परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन। कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन। उहाँको क्रोध आगो झैं हुन्छ। जब उहाँ आउनुहुन्छ तब चट्टानहरु पनि टुक्रा-टुक्रा हुन्छन्।

इजकिएल 22:20
कारीगरले चाँदी, काँसा, फलाम, सीसा अनि जस्तालाई आगोमा हाल्छ। आगो एकदमै ठूलो बनाउँनको निम्ति फुकिन्छ। त्यसपछि यो धातुहरू सबै गल्न थाल्छ। यस्तै प्रकारले म तिमीलाई आफ्नो आगोमा हालेर पगाल्छु। त्यो मेरो आगो चाँहि क्रोध हो।

इजकिएल 20:47
नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ।

इजकिएल 15:6
यसैले दाखको बोटको दाउराको टुक्रा जङ्गलको ती कुनै पनि दाउराको टुक्राको बराबर छ। मानिसहरू त्यो दाउराको टुक्रा आगोमा हाल्छन् अनि आगोले त्यसलाई जलाउँछ। त्यस्तै प्रकारले, म यरूशलेमका मानिसहरूलाई आगोमा फ्याँक्छु!” परमप्रभु मेरो मालिकले यो सबै कुराहरू भन्नुभयो।

यर्मिया 21:12
हे दाऊदको घराना! परमप्रभु भन्नुहुन्छ ‘मानिसहरूलाई निष्पक्ष न्याय गर र अत्याचारमा परेकाहरूलाई अत्याचारीहरूबाट संरक्षण गर। यदि तिमीहरूले त्यसो गरेनौ भने रीसले म निभाउनु नसकिने आगो झैं हुनेछु। यो साँचो हुनेछ कारण तिमीहरूले धैरे दुष्कर्महरू गरेकाछौ।’

यर्मिया 9:7
सेनाहरूका परमप्रभु भन्नहुन्छ “म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु।मेरोमा अन्य तरिका छैन। मेरा मानिसहरूले पाप गरे।

यशैया 64:7
हामी तपाईंलाई पूज्दैनौं। हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं। हामी तपाईंलाई अनुसरण गर्न उत्साहित हुँदैनौं। यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ। हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।

यशैया 64:2
पर्वतहरू आगोको रापमा झारपातहरू जलिरहे जस्तो जल्ने थिए। पर्वतहरू आगोमाथि पानी जस्तै उम्लिने थिए। तब तपाईंका शत्रुहरूले तपाईंको बारेमा जान्नेथिए। तब सारा जातिहरू तपाईंलाई देख्दा डरले काम्ने थिए।

यशैया 30:33
धेरै पहिले देखि नै तोपेतलाई तयार पारिएको छ। यो राजाको लागि तयार छ। यो एकदम गहिरो र चौडावाला थियो। त्यहाँ दाउराको थाक र आगो छ। अनि परमप्रभुको सास बलिरहेको गन्धकको तूफान जस्तै आउँने छ अनि यो बल्नेछ।

भजनसंग्रह 112:10
दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्। तिनीहरूले रीसमा आफ्ना दाँतहरू कडकडाउँछन। तर त्यसपछि तिनीहरू अल्पिने छन्। दुष्ट मानिसहरूले आफुले चाहेका कुराहरू पाउने छैनन्।

भजनसंग्रह 68:2
हावाले धूवाँलाई फुके जस्तै तपाईंको शत्रुहरू यत्रतत्र छरिनु परोस्। मैन अगोमा पग्लिए जस्तै तपाईंको शत्रुहरू नष्ट होस्।

भजनसंग्रह 50:3
हाम्रो परमेश्वर आउनु हुँदैछ। अनि उहाँ चुपचाप बस्नु हुने छैन। उहाँको अघि आगो बल्छ। उहाँको वरिपरि ठूलो आँधी छ।

भजनसंग्रह 21:9
हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ, उनी तातो चूल्हा जस्तो हुन्छन्। जसले प्रत्येक कुरा दिंदछन्। आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।

2 राजा 25:9
नबूजरदानले परमप्रभुको मन्दिर, राजाको महल र यरूशलेमका सबै घरहरू जलाए। उनले मुख्य मानिसहरूका घरहरू पनि जलाए।

व्यवस्था 32:22
मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।

व्यवस्था 29:20
परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ।

सपन्याह 1:18
जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”