Ezekiel 22:15
म तिमीलाई जाति जातिहरूको बीचमा पार्नेछु। म तिमीहरूलाई जाति-जातिहरूको बीचमा तितर-बितर पार्नेछु। म सबै अशुद्धता तिमीबाट निकालिदिनेछु।
Ezekiel 22:15 in Other Translations
King James Version (KJV)
And I will scatter thee among the heathen, and disperse thee in the countries, and will consume thy filthiness out of thee.
American Standard Version (ASV)
And I will scatter thee among the nations, and disperse thee through the countries; and I will consume thy filthiness out of thee.
Bible in Basic English (BBE)
And I will send you in flight among the nations and wandering among the countries; and I will completely take away out of you everything which is unclean.
Darby English Bible (DBY)
And I will scatter thee among the nations, and disperse thee through the countries, and will consume thy filthiness out of thee.
World English Bible (WEB)
I will scatter you among the nations, and disperse you through the countries; and I will consume your filthiness out of you.
Young's Literal Translation (YLT)
And I have scattered thee among nations, And have spread thee out among lands, And consumed thy uncleanness out of thee.
| And I will scatter | וַהֲפִיצוֹתִ֤י | wahăpîṣôtî | va-huh-fee-tsoh-TEE |
| heathen, the among thee | אוֹתָךְ֙ | ʾôtok | oh-toke |
| and disperse | בַּגּוֹיִ֔ם | baggôyim | ba-ɡoh-YEEM |
| countries, the in thee | וְזֵרִיתִ֖יךְ | wĕzērîtîk | veh-zay-ree-TEEK |
| and will consume | בָּאֲרָצ֑וֹת | bāʾărāṣôt | ba-uh-ra-TSOTE |
| filthiness thy | וַהֲתִמֹּתִ֥י | wahătimmōtî | va-huh-tee-moh-TEE |
| out of | טֻמְאָתֵ֖ךְ | ṭumʾātēk | toom-ah-TAKE |
| thee. | מִמֵּֽךְ׃ | mimmēk | mee-MAKE |
Cross Reference
जकरिया 7:14
म अब तिनीहरुलाई एउटा आँधी-बेहरीले झैं तिनीहरूले नचिनेको अन्य देशहरूमा छरपष्ट गरिदिनेछु। जब तिनीहरू यो देश भएर जान्छन् तिनीहरुले छोडे को भूमि उजाड हुनेछ। त्यो सुन्दर भूमि ध्वंश हुनेछ।
व्यवस्था 4:27
परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ।
इजकिएल 22:22
चाँदी आगोमा पग्लिन्छ अनि कारीगरले चाँदी हाल्छ अनि पगाल्छ। यस्तै प्रकारले शहरमा तिमी पग्लिन्छौ। त्यसपछि तिमीले थाहा पाउनेछौ कि ‘म नै परमप्रभु हुँ अनि तिमीले सम्झनेछौ कि म नै तिम्रो विरूद्ध आफ्नो क्रोध निकाल्दैछु।”‘
नहेम्याह 1:8
तपाईंले तपाईंका सेवक मोशालाई दिनुभएको आदेश याद गर्नु होस् जब तपाईंले भन्नुभयो, “यदि तिमीहरू अविश्वासनीय छौ, भने म तिमीहरूलाई राष्ट्रहरू माझ छरपष्ट पारिदिने छु।
इजकिएल 36:19
मैले उनीहरूलाई राष्ट्रहरूमा तितर-बितर पारें अनि सबै देशमा फैलाएँ। मैले उनीहरूलाई त्यही दण्ड त्यस कामको लागि दिए जुन उनीहरूले गरेका थिए।
जकरिया 13:9
त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन् परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।”‘
मलाकी 3:3
उहाँले लेवी कुलहरूलाई पवित्र पार्नु हुनेछ। उहाँलेलेवी कुलहरूलाई यस्तो शुद्ध पार्नुहुन्छ जस्तो आगोले चाँदीलाई शुद्ध पार्छ उहाँले तिनीहरूलाई शुद्ध सुन र चाँदी जस्तै बनाउँनु हुनेछ। तब उनीहरूले परमप्रभु कहाँभेटी लिएर आउँनेछन् अनि ती कामहरू पनी ठीकसंग गर्नेछन्।
मलाकी 4:1
“त्यो न्यायको समय आउँदैछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेछ। ती सबै पापी मानिसहरू सुख्खा घाँसजस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पराल जस्तै हुनेछ जसको कुनै हाँगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।
मत्ती 3:12
उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहुँ संग्रह गरी आफ्नो गह्रौ भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
1 पत्रुस 4:12
मेरा मित्रहरु, तिमीहरुले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरुको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घटना घटिरहेछ।
इजकिएल 34:6
मेरा सबै भेडाहरू बाटो बिराएर पर्वतहरू अनि हरेक अल्गो पहाडहरूमाथि गए। मेरा भेडाहरू पृथ्वी भरी बाटो बिराएर छरिए। कोही पनि त्यसको खोजी गर्ने थिएनन्।”‘
इजकिएल 24:6
यसर्थ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘यो यरूशलेमको निम्ति नराम्रो हुन्छ। यो हत्याराहरूले भरिएको शहरका निम्ति नराम्रो हुन्छ। यरूशलेम त्यो भाँडा जस्तै हो जसमा खियाको दाग छ अनि त्यो खियाको दाग जब सम्म हट्दैन त्यो भाँडा शुद्ध हुँदैन् यसकारण मासुको प्रत्येक टुक्रा भाँडाबाट बाहिर निकाल! त्यो मासु नखाँऊ। पूजाहारीलाई त्यो बेकामको मासुबाट एउटा टुक्रा पनि छान्न नदेऊ!
इजकिएल 23:47
तब त्यो समूहले तिनीहरूलाई ढुङ्गा हान्नेछन् अनि तिनीहरूलाई मार्नेछन्, तब त्यो समूहले आफ्नो तरवारले स्त्रीहरूलाई टुक्रा पार्नेछन् ती स्त्रीहरूको नानीहरूलाई मार्नेछन् अनि घर जलाई दिनेछन्।
व्यवस्था 28:25
“तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्।
व्यवस्था 28:64
पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरू थाहा नपाइएका देवताहरू पूज्ने छौ।
यशैया 1:25
चाँदी टल्काउनलाई मानिसहरूले खरानीप्रयोग गर्दछ। त्यस्तै प्रकारले म तिमीहरूका सम्पूर्ण गल्ती कार्यहरू साफ गरिदिने छु। म तिमीहरूबाट सम्पूर्ण मूल्यहीन कुराहरू निकाली दिनेछु।
यर्मिया 15:4
यहूदाका राजा हिजकियाहका छोरो मनश्शेले यरूशलेममा जे गरेको छ। त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति यहूदाका मानिसहरूलाई म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’
इजकिएल 5:12
तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाइ मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाइ मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु।
इजकिएल 12:14
म राजाका मानिसहरूलाई बाध्य गर्नेछु कि तिनीहरू इस्राएलको चारै तिर विदेशमा बस्न। म उनको सेनालाई तितर-बितर पार्नेछु अनि शत्रुको सेना उनको पछि लाग्नेछ।
इजकिएल 20:38
म जो मेरो विरूद्धमा खडा हुन्छ अनि जसले मेरो विरूद्ध पाप गरेको छ तिनीहरू सबैलाई टाढा पठाउँनेछु। म तिनीहरू सबैलाई तिमीहरूको जन्म-भूमिबाट टाढा पठाउँनेछ। तिनीहरू इस्राएल भूमिमा फेरि कहिल्यै फर्केर आउँने छैनन्। तब तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।”
इजकिएल 22:18
“हे मानिसको छोरो, ताँवा, फलाम, जस्ता, अनि सीसा चाँदीको तुलनामा बेकार छ। कारीगरले चाँदीलाई शुद्ध पार्न आगोमा हाल्छ। चाँदी गल्छ अनि कारीगरले यसलाई मैलाबाट अलग पार्छ। इस्राएल देश बेकारको मैला जस्तो भएको छ।
इजकिएल 23:27
अनि म तिम्रो मिश्रसित व्यविचार कार्यहरू रोकिदिनेछु। तिमीहरूले फेरि कहिल्यै तिनीहरूतिर फर्केर हेर्नेछैनौ। तिमीले फेरि कहिल्यै मिश्रलाई याद गर्ने छैनौ।”‘
लेवी 26:33
म तिमीहरूलाई देश विदेशमा छरपुष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।