Deuteronomy 28:16
“परमप्रभुले शहर र खेतहरूमा तिमीहरूलाई सराप्नु हुनेछ।
Deuteronomy 28:16 in Other Translations
King James Version (KJV)
Cursed shalt thou be in the city, and cursed shalt thou be in the field.
American Standard Version (ASV)
Cursed shalt thou be in the city, and cursed shalt thou be in the field.
Bible in Basic English (BBE)
You will be cursed in the town and cursed in the field.
Darby English Bible (DBY)
Cursed shalt thou be in the city, and cursed shalt thou be in the field.
Webster's Bible (WBT)
Cursed shalt thou be in the city, and cursed shalt thou be in the field.
World English Bible (WEB)
Cursed shall you be in the city, and cursed shall you be in the field.
Young's Literal Translation (YLT)
`Cursed `art' thou in the city, and cursed `art' thou in the field.
| Cursed | אָר֥וּר | ʾārûr | ah-ROOR |
| shalt thou | אַתָּ֖ה | ʾattâ | ah-TA |
| be in the city, | בָּעִ֑יר | bāʿîr | ba-EER |
| cursed and | וְאָר֥וּר | wĕʾārûr | veh-ah-ROOR |
| shalt thou | אַתָּ֖ה | ʾattâ | ah-TA |
| be in the field. | בַּשָּׂדֶֽה׃ | baśśāde | ba-sa-DEH |
Cross Reference
उत्पत्ति 3:17
त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो,“जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ र म तिम्रो कारणले भूमिलाई सराप्ने छु जुन खाद्यय पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।
यर्मिया 44:22
तिनीहरूले गरेका कुकर्महरू परमप्रभुले जुन घृणा गर्नुहुन्छ अब सहनुहुन्न। यही कारणले तिमीहरूको देशमा कोही पनि बस्दैन र आज जस्तो छ, त्यो श्रापित, उजाड र बाँझो भएको छ.
विलाप 1:1
हाय! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो। तर अहिले यो शहर नित्तान्त शुन्य भएको छ। यरूशलेम एक समयमा संसारको प्रख्यात शहरहरूमध्ये एक थियो, तर अहिले यो एउटी शोकाकुल विधवा जस्तो भएको छ। यो शहर एक समयमा संसारका शहरहरूको बीचमा एउटी राजकुमारी जस्ती थिई। तर अहिले यो नोकर जस्तो भएको छ।
विलाप 2:11
मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्। मेरो हृदय दुखीरहेकोछ। मेरो हृदय भूइँमा खनिए झैं अनुभव गर्छु। मेरा मानिसहरू नष्ट भएकाले मलाई यस्तो अनुभव भएको हो। नानीहरू र दूधे शिशुहरू मूर्छा पर्दैछन्। उनीहरू शहरका गल्लीहरूमा मूर्छा पर्दैछन्।
विलाप 4:1
हेर सुन कसरी फिका भयो। हेर असली सुन कसरी बद्लियो। त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्। तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्।
विलाप 5:10
हाम्रा छाला चुल्हा जस्तै तातेको छ। भोकको अतिशयाले गर्दा हामीलाई असाध्य ज्वरो आएको छ।
योएल 1:4
जे कुरो काट्ने सलहहरुले छोडेका थिए सबै बगाले सलहहरुले खाए। अनि जेकुरा बगाले सलहहरुले छोडेका थिए, ती सबै उफ्रने सलहहरुले खाए। जे उफ्रने सलहहरुले छोडेका थिए, ती सबै विनासकारी झुसुले सलहहरुले खाए।
योएल 1:8
कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ। जसले लोग्नेको निम्ति भाङ्रा लगाएकीछे जसको हुनलागेको लोग्ने विवाह हुनुभन्दा पहिला नै मरिएको छ।
योएल 2:3
तिनीहरुकोअघाडी आगोले भष्म पार्छ। तिनीहरुको पछाडी आगोको ज्वाला दन्कन्छ। भूमी मानिसको सामुने अदनको बगैंचा झैं हुनेछ अनि मनिसको पछि उजाड मरुभूमि जस्तै हुनेछ। त्यहाँ केही पनि रहने छैन।
आमोस 4:6
“मनै हुँ जसले तिमीहरुलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरुलाई कुनै खानेकुरा दिइन। तिमीहरुका सबै शहरहरुमा अन्न थिएन तर तिमीहरु फर्किएनौ,”परमप्रभु यसो भन्नुहुन्छ।
हाग्गै 1:9
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले धैरे-बाली पाउने आशा गर्छौ, तर थोरै मात्र प्राप्त गर्नेछौ। जे जत्ति तिमीहरूले कमाउँछौ अनि घरमा राख्छौ, त्यसलाई म उडाई दिनेछु। किन? किनकि मेरो मन्दिर नष्ट भएकोछ, तर तिमीहरूलाई आफ्नो-आफ्नो घरको मात्र चिन्ता छ।
हाग्गै 2:16
त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो। दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो।
मलाकी 2:2
यदि तिमीहरूले सुन्दैनौ र मेरोनाउँलाई सम्मान गर्दैनौ भने तिमीहरूलाई खराब हुनेछ। तिमीहरूले आशिर्वाद दिनेछौ तर त्यो श्रापमा परिणत हुनेछ। यदि तिमीहरूले मेरो नाउँमा सम्मान गरेनौभनें म खराब गर्नेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
मलाकी 3:9
यस्तैप्रकारले तिमीहरूका सबै देशले मेरो चीजहरू चोर्यो। तिमीहरू श्रापमा छौ।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।
यर्मिया 26:6
तब म यो मन्दिरलाई शिलोहजस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।”
यर्मिया 14:18
यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन तर तिनीहरूले बुझ्दैनन्।”‘
उत्पत्ति 4:11
तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरु हुने बनाइदिनेछु।
उत्पत्ति 5:29
उनले आफ्नो छोरोको नाउँ न्ह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम दिओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”
उत्पत्ति 8:21
परमप्रभुले त्यस बलिदानहरुको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरुलाई नष्ट पार्ने छैन।
व्यवस्था 28:3
“शहरमा र गाउँ-बस्तीमा परमप्रभुले तिमीहरूलाई आशिष दिनु हुनेछ।
व्यवस्था 28:55
यसकारण भोजनको अभावमा तिमीहरूले आफ्नै नानीहरू खानेछौ अनि कसैसित बाँड्ने छैनौ जब शत्रुहरूले तिमीहरूको शहरहरूलाई थुनुवामा पार्छन अनि तिमीहरूलाई कष्ट दिन्छन् यी सबै नरम्रा घटनाहरू हुनेछन्।
1 राजा 17:1
एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही वर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”
1 राजा 17:5
यसकारण एलियाले त्यसै गरे जस्तो परमप्रभुले उनलाई गर्नु भन्नुभएको थियो। उनी यर्दन नदीको पूर्व तिर करीत खोलामा बस्न गए।
1 राजा 17:12
स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”
हितोपदेश 3:33
दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि इमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।
यशैया 24:6
यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई ध्वंस गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्।
यशैया 43:28
यसकारण म पवित्र शासकहरूलाई अपवित्र बनाउनेछु अनि याकूबलाई गाली गर्नेछु। नराम्रा घटनाहरू इस्राएलमा हुनेछन्।”
यर्मिया 9:11
“म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।”
यर्मिया 14:2
“यहूदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन अनि यरूशलेमको चित्कार आकासिन्छ।
मलाकी 4:6
एलियाले माता-पितालाई आफ्नो नानीहरू ल्याउँनमा सहाएता गर्नेछ। यो अवश्य घट्नेछ र म आउँनेछु र सम्पूर्णरूपले तिम्रो देशलाई नष्ट पार्नेछु।”