व्यवस्था 18:15 in Nepali

नेपाली नेपाली बाइबल व्यवस्था व्यवस्था 18 व्यवस्था 18:15

Deuteronomy 18:15
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कहाँ तिमीहरू माझबाट एक जनालाई अगमवक्ता बनाएर पठाउनु हुनेछ र ऊ म जस्तै हुनेछ अनि तिमीहरूले उसको कुरा सुन्नु पर्छ।

Deuteronomy 18:14Deuteronomy 18Deuteronomy 18:16

Deuteronomy 18:15 in Other Translations

King James Version (KJV)
The LORD thy God will raise up unto thee a Prophet from the midst of thee, of thy brethren, like unto me; unto him ye shall hearken;

American Standard Version (ASV)
Jehovah thy God will raise up unto thee a prophet from the midst of thee, of thy brethren, like unto me; unto him ye shall hearken;

Bible in Basic English (BBE)
The Lord your God will give you a prophet from among your people, like me; you will give ear to him;

Darby English Bible (DBY)
Jehovah thy God will raise up unto thee a prophet from the midst of thee, of thy brethren, like unto me; unto him shall ye hearken;

Webster's Bible (WBT)
The LORD thy God will raise up to thee a Prophet from the midst of thee, of thy brethren, like to me; to him ye shall hearken.

World English Bible (WEB)
Yahweh your God will raise up to you a prophet from the midst of you, of your brothers, like me; to him you shall listen;

Young's Literal Translation (YLT)
`A prophet out of thy midst, out of thy brethren, like to me, doth Jehovah thy God raise up to thee -- unto him ye hearken;

The
Lord
נָבִ֨יאnābîʾna-VEE
thy
God
מִקִּרְבְּךָ֤miqqirbĕkāmee-keer-beh-HA
up
raise
will
מֵֽאַחֶ֙יךָ֙mēʾaḥêkāmay-ah-HAY-HA
unto
thee
a
Prophet
כָּמֹ֔נִיkāmōnîka-MOH-nee
midst
the
from
יָקִ֥יםyāqîmya-KEEM
of
thee,
of
thy
brethren,
לְךָ֖lĕkāleh-HA
me;
unto
like
יְהוָ֣הyĕhwâyeh-VA
unto
אֱלֹהֶ֑יךָʾĕlōhêkāay-loh-HAY-ha
him
ye
shall
hearken;
אֵלָ֖יוʾēlāyway-LAV
תִּשְׁמָעֽוּן׃tišmāʿûnteesh-ma-OON

Cross Reference

प्रेरित 7:37
उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।

यूहन्ना 1:21
यहूदीहरूले यूहन्नालाई सोधे, “तब तिमी को हौ? तिमा एलिया हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म एलिया होइन।”यहूदीहरूले सोधे, “के तिमी अगमवक्ता हौ?”यूहन्नाले उत्तर दिए, “होइन, म अगमवक्ता होइन।”

यूहन्ना 1:25
तिनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट होइनौ, एलिया होइनौं, अगमवक्ता पनि होइनौ भने किन तिमी मानिसहरूलाई बप्तिस्मा दिन्छौ?”

हिब्रू 1:1
अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो।

प्रेरित 3:22
मोशाले भन्नुभयो, ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अगमवक्ता दिनुहुनेछ। त्यो अगमवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। उ म जस्तै हुनेछ। ती अगमवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नु पर्नेछ।

यूहन्ना 1:45
फिलिपले नथानेललाई भेट्टाए र भने, “मोशाले व्यवस्थामा के लेख्नु भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्नु भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्नु भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”

व्यवस्था 18:18
म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउँनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ।

लूका 24:19
येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घटनाहरू?” तिनीहरूले उहाँलाई भने, “यो नासरतको एकजना मानिस येशूको विषयको कुरो हो।” उहाँले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो।

हिब्रू 2:1
यसकारण सिकाइएका कुराहरू अनुसरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं।

1 तिमोथी 2:5
परमेश्वर एकमात्र हुनुहुन्छ अनि मानिसहरूको उहाँकहाँ पुग्ने बाटो पनि एउटै छ। त्यो बाटो येशू ख्रीष्ट मार्फत हो, जो एकजना मानिस पनि हुनुहुन्छ।

यूहन्ना 6:29
येशूले उत्तर दिनुभयो, “परमेश्वरले तिमीहरूबाट कस्तो काम चाहनुहुन्छ भने तिमीहरू उहाँले पठाउनु भएको एकमाथि विश्वास गर्नु पर्छ।”

लूका 10:16
“उ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ।तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”

लूका 9:35
बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।”

मत्ती 17:5
जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”

व्यवस्था 34:10
इस्राएलमा मोशा जस्तो अर्को अगमवक्ता थिएनन्, तिनलाई परमप्रभुले मुखामुख चिन्नु भएको थियो।

1 यूहन्ना 3:23
यो त्यही हो जो परमेश्वरले आज्ञा गर्नु हुन्छ उहाँका पुत्र येशू ख्रीष्टमा विश्वास गर अनि एक-अर्कामा प्रेम गर। यही उहाँको आदेश हो।

हिब्रू 3:2
परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो।

लूका 2:32
तपाईंको पथ प्रदर्शनमा गैरयहूदीहरूको लागी प्रकाश उनी नै हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”

व्यवस्था 5:5
तर तिमीहरू आगोदेखि डरायौ। अनि तिमीहरू पहाडमा गएनौ यसकारण म परमप्रभु अनि तिनीहरूको बीचमा परमप्रभुले के भन्नुहुन्छ भनेर खडा भएँ। परमप्रभुले भन्नुभयो,