Amos 6:13
तिमीहरु लो-देबारको पराजयमा खुशी हुन्छौ। तिमी भन्छौ, “हामीले कर्नेमलाई आफ्नो शक्तिले जितेका हौं।
Amos 6:13 in Other Translations
King James Version (KJV)
Ye which rejoice in a thing of nought, which say, Have we not taken to us horns by our own strength?
American Standard Version (ASV)
ye that rejoice in a thing of nought, that say, Have we not taken to us horns by our own strength?
Bible in Basic English (BBE)
You whose joy is in a thing of no value, who say, Have we not taken for ourselves horns by the strength which is ours?
Darby English Bible (DBY)
-- ye that rejoice in a thing of nought, that say, Have we not taken to us power by our own strength?
World English Bible (WEB)
You who rejoice in a thing of nothing, who say, 'Haven't we taken for ourselves horns by our own strength?'
Young's Literal Translation (YLT)
O ye who are rejoicing at nothing, Who are saying, `Have we not by our strength taken to ourselves horns?'
| Ye which rejoice | הַשְּׂמֵחִ֖ים | haśśĕmēḥîm | ha-seh-may-HEEM |
| thing a in | לְלֹ֣א | lĕlōʾ | leh-LOH |
| of nought, | דָבָ֑ר | dābār | da-VAHR |
| which say, | הָאֹ֣מְרִ֔ים | hāʾōmĕrîm | ha-OH-meh-REEM |
| not we Have | הֲל֣וֹא | hălôʾ | huh-LOH |
| taken | בְחָזְקֵ֔נוּ | bĕḥozqēnû | veh-hoze-KAY-noo |
| to us horns | לָקַ֥חְנוּ | lāqaḥnû | la-KAHK-noo |
| by our own strength? | לָ֖נוּ | lānû | LA-noo |
| קַרְנָֽיִם׃ | qarnāyim | kahr-NA-yeem |
Cross Reference
लूका 12:19
तब म आफैलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै र्वषको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’
यशैया 28:14
तिमी अगुवाहरू जो यरूशलेममा छौ, तिमीहरूले परमप्रभुको सन्देश सुन्नु पर्छ।
याकूब 4:16
तर अहिले तिमीहरू घमण्डी छौ अनि तिमीहरू घमण्ड गर्छौ। यी सब घमण्ड गराई भूल हो।
2 राजा 14:25
यारोबामले इस्राएलको भूमि फिर्ता लिए जो लेबो हमात देखि अराबाको सागरसम्म फिंजिएको थियो। यो त्यसरी नै भयो जस्तो इस्राएलका परमप्रभुले उहाँको दास अमित्तैक छोरा अगमवक्ता योना, गात हेपेरबाटकाले भन्नुभएको थियो।
यशैया 17:3
एप्रैम शहरहरूको किल्ला ध्वंश हुने छ। दमीशकको शासन अन्त हुनेछ। जुन घट्ना इस्राएलमा भएको थियो त्यहि घटना अराममा हुनेछ। अनि प्रमुख मानिसहरू हटेर जानेछन्।”सेनाहरूका परमप्रभुले भन्नुभयो कि ती कुराहरू घट्नेछ।
यर्मिया 9:23
परमप्रभु भन्नुहुन्छ “ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्। धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।
यर्मिया 50:11
“बाबेल, तिमी उत्तेजित र खुशी छौ। किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौ। तिमी हरि्यो घाँसमाथि कोरली गाई झैं नाचिरहेकाछौ। तिमीहरू घोडाहरू झैं हिन्न लागिरहेका छौं।
दानियल 4:30
जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्तमको गौरव प्रदान गरेकोछ।”
योना 4:6
परमप्रभु परमेश्वरले एउटा लौकाको बोट उमार्नु भयो अनि त्यसलाई छिटो-छिटो ठूलो पर्नुभयो अनि योना माथि छायाँ दिनुभयो भयो जसले योनालाई शितल स्थान बनायो। योनाले यसवाट अत्यन्तै आराम पाए। यो बोटको कारण योना अत्यन्तै प्रसन्न भए।
हबकूक 1:15
शत्रुहरुले तिनीहरुसाई बल्छी अनि जाल लगाएर पक्रिन्छन्। तिनीहरुले तिनीहरुलाई जालमा पक्रिन्छन् अनि शत्रु त्यसरी पक्रिएकोमा एकदमै खुशी हुन्छन्।
सपन्याह 3:11
“यरूशलेम, तिम्रा मानिसहरूले मेरो बिरूद्धमा गरेका दुष्ट कुराहरूको लागि अब लाज मान्नु पर्नेछैन। किन? किनकि म ती सबै नराम्रा काम गर्नेहरूलाई यरूशलेमबाट बाहिर ल्यउँनेछु। म ती सबै घमण्डीहरूलाई टाढा पठाउँनेछु। त्यहाँ कोही पनि घमण्डीमानिसहरू मेरो पवित्र पहाडमा हुनेछैनन्।
यूहन्ना 16:20
म तिमीहरूलाई साँचो भन्छु। तिमीहरू रूनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।
प्रकाश 11:10
किनभने यी दुई मरेकोमा पृथ्वीका बासिन्दाहरु खुशी हुनेछन्। तिनीहरु भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुई अगमवक्ताहरुले पृथ्वीमा बस्ने मानिसहरुमा अनेक यातना दिए।
यशैया 8:6
“ती मानिसहरूले शीलो पोखरीमा विस्तारै बग्ने पानीलिन मानेन्। ती मानिसहरू रसीन र रमल्याहका छोरासित खुशी छन्।
यशैया 7:4
“आहाजलाई भन, ‘होशियार होऊ तर शान्त हौ! नडराऊ। ती दुइ जना मानिसहरूलाई रसीन र रमल्याहको छोरालाई तिमीलाई भयभीत पार्न नदेऊ। ती दुइजना बल्दै गरेको लौरो जस्तै हुन्। अतीतमा तिनीहरू बल्दै गरेको तातो थिए। तर अहिले तिनीहरू धुवाँ मात्र भएका छन्। रामल्याहको छोरा रसीन र अराम क्रोधित भएका छन्।
न्यायकर्ता 9:19
यसकारण, यदि तिमीहरू यरूब्बाल अनि उसको घराना प्रति सही र ईमानदार भएको भए म आशा गर्छु कि आफ्ना राजाको रूपमा तिमीहरू अबीमेलेकसित सुखी हुन्छौ। अनि म आशा गर्छु कि तिनी तिमीहरूसित खुशी हुनेछन्।
न्यायकर्ता 9:27
एकदिन शकेमका मानिसहरू दाख टिप्न खेततिर गए। मानिसहरूले दाखरस तयार गर्नलाई अंग्ङुरहरू निचारे। त्यसपछि तिनीहरूले आफ्ना देवताको मन्दिरमा चाड मनाउन गए। मानिसहरूले खाए पिए अनि अबीमेलेको बारेमा नराम्रा कुराहरू भने।
न्यायकर्ता 16:23
पलिश्ती मानिसका शासकहरू उत्सव मनाउन एकत्रित भए। तिनीहरू आफ्ना देवता दागोनलाई एउटा महान बलिदान अर्पण गर्दैछन्। तिनीहरूले भने, “हाम्रो देवताले हाम्रो शत्रु शिमशोनलाई पराजित गर्नमा सहायता गर्नु भयो।”
1 शमूएल 4:5
जब परमप्रभुको करारको सन्दूक छाउनी भित्र ल्याइयो, इस्राएलीहरूले ठूलो हल्ला गरे। त्यस हल्लाले भूमि नै हल्लियो।
2 राजा 13:25
मर्न अघि हजाएलले योआशका पिता योआहाजबाट युद्धमा केही शहर लिएका थिए। तर अहिले योआश योआशले ती शहरहरू हजाएलका छोरा बेनहददबाट लिए। योआशले बेन-हददलाई तीन पटक परास्त गरे अनि इस्राएलका शहरहरू फिर्ता लिए।
2 राजा 14:12
इस्राएलले यहूदालाई परास्त गर्यो। यहूदा घरतिर भाग्यो।
2 इतिहास 28:6
पेकहले ती यहूदाका मानिसहरूलाई परास्त गरे किनभने तिनीहरूले तिनीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरको आज्ञा पालन गर्न छाडेका थिए।
अय्यूब 8:15
यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने त्यो जालो फाट्छ। माकुराको जालमा झुण्डिन्छ तर त्यसले उसलाई थाम्न सक्तैन।
अय्यूब 31:25
म धनी थिएँ तर धनले मेरो घमण्ड बढाएन। मैले प्रशस्त धन कमाएँ तर त्यसले मलाई सुखी बनाएन।
अय्यूब 31:29
जब मेरो शत्रुहरू नष्ट भए म कहिले खुशी भइनँ। शत्रुहरूमाथि नराम्रो आई लाग्दा मैले तिनीहरूलाई खिसी गरिनँ।
उपदेशक 11:9
यसकारण हे युवा-युवतीहरू हो जबसम्मा तिमीहरू जवान हुँदै आनन्द मनाऊ। जो मनले भन्छ त्यही गर। प्रसन्न रहौ। जो तिमीहरूको इच्छा छ त्यही गर। तर याद राख, तिमीहरूको प्रत्येक कर्म अनुसार परमेश्वरले न्याय गर्नेछन्।
यशैया 7:1
योतामाको छोरो आहाज थिए। योताम उज्जियहको छोरो थिए। रसीन अरामका राजा थिए। रमल्याहको छोरो पेकहइस्राएलका राजा थिए। आहाज यहूदाका राजा भएको बेलामा, रसीन र पेकह यरूशलेम विरूद्ध लडाइँ लड्न गए। तर तिनीहरू त्यस शहरलाई परास्त गर्न सक्षम भएनन्।
प्रस्थान 32:18
मोशाले उत्तर दिए, “यो आवाज सेनाहरूको विजय ध्वनि होइन। अनि यो हार्ने सेनाहरूको आवाज पनि होइन। त्यो आवाज जो म सुन्दैछु, त्यो संगीतको स्वर हो।”