जकरिया 12:3 in Nepali

नेपाली नेपाली बाइबल जकरिया जकरिया 12 जकरिया 12:3

Zechariah 12:3
तर त्यदिन, म यरूशलेमलाईसबै जातिहरूको लागि गह्रै ढुङ्गा जस्तो बनाईदिनेछु अनि जसले त्यसलाई उठाउँने कोशिश गर्छ त्यो नै घाइते हुनेछ। तर पृथ्वीका सबै जातिहरू एकै साथ आउँनेछन् अनि यरूशलेमको बिरूद्धमा लडनेछन्।

Zechariah 12:2Zechariah 12Zechariah 12:4

Zechariah 12:3 in Other Translations

King James Version (KJV)
And in that day will I make Jerusalem a burdensome stone for all people: all that burden themselves with it shall be cut in pieces, though all the people of the earth be gathered together against it.

American Standard Version (ASV)
And it shall come to pass in that day, that I will make Jerusalem a burdensome stone for all the peoples; all that burden themselves with it shall be sore wounded; and all the nations of the earth shall be gathered together against it.

Bible in Basic English (BBE)
And it will come about in that day that I will make Jerusalem a stone of great weight for all the peoples; all those who take it up will be badly wounded; and all the nations of the earth will come together against it.

Darby English Bible (DBY)
And it shall come to pass in that day [that] I will make Jerusalem a burdensome stone unto all peoples: all that burden themselves with it shall certainly be wounded, and all the nations of the earth shall be assembled together against it.

World English Bible (WEB)
It will happen in that day, that I will make Jerusalem a burdensome stone for all the peoples. All who burden themselves with it will be severely wounded, and all the nations of the earth will be gathered together against it.

Young's Literal Translation (YLT)
And it hath come to pass, in that day, I make Jerusalem a burdensome stone to all the peoples, All loading it are completely pressed down, And gathered against it have been all nations of the earth.

And
in
that
וְהָיָ֣הwĕhāyâveh-ha-YA
day
בַיּוֹםbayyômva-YOME
make
I
will
הַ֠הוּאhahûʾHA-hoo

אָשִׂ֨יםʾāśîmah-SEEM
Jerusalem
אֶתʾetet
a
burdensome
יְרוּשָׁלִַ֜םyĕrûšālaimyeh-roo-sha-la-EEM
stone
אֶ֤בֶןʾebenEH-ven
for
all
מַֽעֲמָסָה֙maʿămāsāhma-uh-ma-SA
people:
לְכָלlĕkālleh-HAHL
all
הָ֣עַמִּ֔יםhāʿammîmHA-ah-MEEM
burden
that
כָּלkālkahl
pieces,
in
cut
be
shall
it
with
themselves
עֹמְסֶ֖יהָʿōmĕsêhāoh-meh-SAY-ha

שָׂר֣וֹטśārôṭsa-ROTE
though
all
יִשָּׂרֵ֑טוּyiśśārēṭûyee-sa-RAY-too
people
the
וְנֶאֶסְפ֣וּwĕneʾespûveh-neh-es-FOO
of
the
earth
עָלֶ֔יהָʿālêhāah-LAY-ha
be
gathered
together
כֹּ֖לkōlkole
against
גּוֹיֵ֥יgôyêɡoh-YAY
it.
הָאָֽרֶץ׃hāʾāreṣha-AH-rets

Cross Reference

मत्ती 21:44
अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बन्नेछ। यदि त्यो ढुङ्गा कसैमाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”

जकरिया 14:2
म सबै देशलाई यरूशलेम को बिरूद्ध युद्ध गर्नलाई एकै ठाउँमा भेला हार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथाघरहरू नष्ट गरिदिनेछन्। स्त्रीहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन्।

दानियल 2:34
जब तपाईंले त्यस मूर्तिलाई हेरिरहनु भएको थियो तपाईंले एउटा चट्टान देख्नुभयो। चट्टान मानिसद्वारा काटिएको थिएन। चट्टानले फलाम र माटोले बनिएका मूर्तिको खुट्टाहरूलाई टुक्रा-टुक्रा पार्यो।

दानियल 2:44
“ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।

जकरिया 13:1
तर त्यससमय, पानीको एउटा कुलो दाऊदको घरना तथा यरूशलेमको बासिन्दाहरूको निम्ति मूल फुटेर आउँनेछ। त्यो मूलले तिनीहरूको पापलाई धोएर शुद्ध गरिदिनेछ।

जकरिया 14:6
त्यो अत्यन्तै महत्वपूर्ण दिन हुनेछ। त्यस दिन प्रकाश, शीत अनि तुषारो केहि हुनेछैन।

लूका 20:18
प्रत्येक मानिस जो ती ढुङ्गामा बजारिनु पुग्छ चक्नाचूर हुनेछ। अनि यदि त्यो ढुङ्गा कसैमाथि खसे त्यसले तिनलाई धूलो पीठो पार्नेछ!”

जकरिया 12:11
त्यस दिन यरूशलेममा ठुलो दुःख अनि कष्ट आइपर्नेछ, त्यो यस्तो हुने छ जुन मगिद्दोको बेंसीमा हद्‌द-रिम्मोनको मृत्युमा मानिसहरू रोएका थिए।

जकरिया 14:8
यससमय यरूशलेमबाट लगातार पानीबगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी र्बष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ।

जकरिया 14:13
त्यो भयंकर डरलाग्दो महामारी शत्रुहरूको छाउनीमा हुनेछ अनि तिनीहरूका घोडाहरू, खच्चरहरू, ऊँटहरू र गधाहरूलाई त्यो डरलाग्दो रोग लाग्नेछ।

प्रकाश 16:14
यी दुष्ट आत्माहरु दानवहरुका आत्मा थिए। तिनीहरुमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरु संसारका राजाहरुकहाँ जान्छन्। तिनीहरु परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरु बटुल्न जान्छन्।

प्रकाश 17:12
“तिमीले देखेका दशवटा सीङ्गहरु दश राजाहरु हुन्। यी दश राजाहरुले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरुले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्।

प्रकाश 19:19
त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरु देखें। तिनीहरुका सेनाहरु घोड-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए।

प्रकाश 20:8
शैतान पृथ्वीका समस्त राष्ट्रहरु गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरु भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड लाग्नेछ अनि तिनीहरु समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्।

जकरिया 12:8
तर त्यसदिन परमप्रभुले यरूशलेमका मानिसहरूको साह्रै रक्षा गर्नु हुनेछ, यहाँ सम्म कि कमजोर मानिसहरू पनि दाऊद जस्तै योद्धा बन्नेछन् अनि दाऊदका परिवारहरू परमप्रभुको आफ्नो स्वर्गदूत जस्तै पथप्रदर्शक हुनेछन्।

जकरिया 12:6
त्यस समयमा यहूदाका परिवारलाई जंङ्गलमा लागि रहेको डढेलो जस्तै बनाउँनेछु, मुठ्ठाहरूको बीचमा बल्दै गरेको राँकोहरू जस्तै तिनीहरूले चारैतिरका शत्रुहरूलाई नष्ट गर्नेछन् अनि यरूशलेमका बासिन्दाहरू फेरि बस्ने अनि आराम गर्ने स्थितिमा हुनेछन्।

जकरिया 12:4
तर म घोडाहरूलाई भयभित पारिदिनेछु अनि घोडसवारहरू डराउँनेछन्। म शत्रुका सबै घोडाहरूलाई अन्धा बनाइदिनेछु। तर मेरा आँखाहरू अन्धा हुनेछैन। अनि म यहूदाका कुलका मानिसहरुलाई रक्षा गर्नेछु।

यशैया 66:14
तिमीहरूले ती चीजहरू देख्नेछौ जसले तिमीहरूलाई साँचै आनन्दित तुल्याउनेछ। तिमीहरू स्वतन्त्र हुनेछौ र घाँस जस्तो बढ्नेछौ। परमप्रभुका सेवकहरूले उहाँको शक्ति देख्नेछन्, तर उहाँका शत्रुहरूले उहाँको रिस मात्र देख्नेछन्।

इजकिएल 38:1
परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

योएल 3:8
म तिमीहरुका छोरा-छोरीहरुलाई यहूदाकै हातमा बेचिदिनेछु। अनि उनीहरुले फेरि तिनीहरुलाई एउटा टाढा देशमा बस्ने शबाहरुको हातमा बेचिदिनेछन्।” यो कुरा परमप्रभुले भन्नुभएकोछ।

ओबदिया 1:18
याकूबको कुल बल्दै गरेको आगो जस्तै हुनेछ। यूसुफको घर आगोको ज्वाला जस्तै हुनेछ। तर एसावको देश चाँहि अँगार जस्तै हुनेछ। यहूदाका मानिसहरूले एदोमको मानिसहरूलाई नष्ट पार्नेछन्। एसावको राष्ट्रमा कोही पनि बाँच्नेछैन।” किनभने परमप्रभु परमेश्वरले यसो भन्नु भएकोछ।

मीका 4:11
अनि अब धेरै जातिहरु भेला भएर, तिम्रो बिरुद्ध भन्नेछन्, “त्यो अशुद्ध होस् र सियोनलाई हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”

मीका 5:8
अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै जनताको बीचमा जङ्गलका पशुहरुका बीचमा सिंह र जीव-जन्तुहरुको बिच सिंहको बच्चा जस्तै हुनेछन् जो तिनका बीचमा कुल्चँदै र तिनीहरुलाई टुक्रा पार्दै जानेछन्, र बचाउँने कोही पनि हुनेछैन।

मीका 5:15
त्यहाँ केही जातिहरु छन् जसले मेरो कुरा सुन्दैनन्। म तिनीहरुसित क्रोधित हुनेछु र म तिनीहरुसित बद्ला लिनेछु।”

मीका 7:15
जब मैले तिमीलाई मिश्रबाट निकालेर ल्याएको थिएँ, मैले धेरै अचम्मको कामहरु गरेको थिएँ। त्यस्तै अचम्मका कामहरु म तिमीलाई देखाउँनेछु।

हबकूक 2:17
लबानोनमा तिमीले धेरै मानिसको हत्या गरेका छौ। तिमीले त्यहाँ धेरै पशुहरु लुटेका छौ। तिमीले लवानोनमा गरको हिंसाले तिमीलाई अत्याउँनेछ। तिम्रो पशुहरु अनि मानिसको वृहत हत्याले तिमी भयले आघातित हुनेछौ। ती शहरहरु अनि त्यहाँका मानिसहरुलाई नराम्रो काम गरेकोले तिमी डराउँने छौ।”

सपन्याह 3:19
त्यस समय, म ती मानिसहरूलाई दण्ड दिनेछु जसले तिमीलाई चोट पुर्याए। मानिसहरू जो घायल छन् म तिनीहरूलाई बचाउँछु। म छरपष्ट भएका मेरा मानिसहरूलाई जम्मागर्नेछु अनि म तिनीहरूलाई प्रशिद्ध बनाउँनेछु जता-ततैका मानिसहरूले तिनीहरूको प्रशंसा गर्नेछन्।

हाग्गै 2:22
अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।

जकरिया 2:8
सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।

जकरिया 10:3
परमप्रभु भन्नुहुन्छ, “म गोठालोहरू प्रति एकदमै क्रोधित छु। म अगुवाहरूलाई दण्ड दिनेछु ।” (यहूदाका मानिसहरू परमेश्वरका निम्ति बगाल हुन् अनि सर्वशक्तिमान परमप्रभुले साँच्चै नै बगालको हेरचाह गर्नुहुन्छ। उहाँले त्यसको हेरचाह गर्नु हुन्छ, जस्तै कुनै सैनिकले आफ्नो घोडाको गर्छ।)

यशैया 60:12
कुनै कुनै जाति अथवा राष्ट्रले तिमीहरूको सेवा गर्दैनन् तर तिनीहरू नाश हुनेछन्।