यूहन्ना 1:51 in Nepali

नेपाली नेपाली बाइबल यूहन्ना यूहन्ना 1 यूहन्ना 1:51

John 1:51
तब येशूले पनि भन्नुभयो, “म तिमीलाई सत्य भन्नेछु। तिमीहरू सबैले स्वर्ग उघ्रिएको देख्नेछौ अनि तिमीले ‘परमेश्वरका स्वर्गदूतहरूलाई मानिसको पुत्रमाथि जाँदै तल आँउदै, गरेको देख्नेछौं।”‘ 52

John 1:50John 1

John 1:51 in Other Translations

King James Version (KJV)
And he saith unto him, Verily, verily, I say unto you, Hereafter ye shall see heaven open, and the angels of God ascending and descending upon the Son of man.

American Standard Version (ASV)
And he saith unto him, Verily, verily, I say unto you, Ye shall see the heaven opened, and the angels of God ascending and descending upon the Son of man.

Bible in Basic English (BBE)
And he said to him, Truly I say to you all, You will see heaven opening and God's angels going up and coming down on the Son of man.

Darby English Bible (DBY)
And he says to him, Verily, verily, I say to you, Henceforth ye shall see the heaven opened, and the angels of God ascending and descending on the Son of man.

World English Bible (WEB)
He said to him, "Most assuredly, I tell you, hereafter you will see heaven opened, and the angels of God ascending and descending on the Son of Man."

Young's Literal Translation (YLT)
and he saith to him, `Verily, verily, I say to you, henceforth ye shall see the heaven opened, and the messengers of God going up and coming down upon the Son of Man.'

And
καὶkaikay
he
saith
λέγειlegeiLAY-gee
unto
him,
αὐτῷautōaf-TOH
Verily,
Ἀμὴνamēnah-MANE
verily,
ἀμὴνamēnah-MANE
say
I
λέγωlegōLAY-goh
unto
you,
ὑμῖνhyminyoo-MEEN
Hereafter
ἀπ'apap

ἄρτιartiAR-tee
ye
shall
see
ὄψεσθεopsestheOH-psay-sthay
heaven
τὸνtontone
open,
οὐρανὸνouranonoo-ra-NONE
and
ἀνεῳγόταaneōgotaah-nay-oh-GOH-ta
the
καὶkaikay
angels
τοὺςtoustoos
of

ἀγγέλουςangelousang-GAY-loos
God
τοῦtoutoo
ascending
θεοῦtheouthay-OO
and
ἀναβαίνονταςanabainontasah-na-VAY-none-tahs
descending
καὶkaikay
upon
καταβαίνονταςkatabainontaska-ta-VAY-none-tahs
the
ἐπὶepiay-PEE
Son
τὸνtontone
of
man.
υἱὸνhuionyoo-ONE
τοῦtoutoo
ἀνθρώπουanthrōpouan-THROH-poo

Cross Reference

उत्पत्ति 28:12
याकूबले सपना देखे। एउटा सिडी पृथ्वीदेखि स्वर्गलोक सम्म पुगेको थियो। याकूबले स्वर्गदूतहरू त्यस सिंडीमा तल र माथि गरिरहेको देखे।

प्रेरित 7:56
स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!”

लूका 3:21
जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनू भएको बेला आकाश खोलियो।

इजकिएल 1:1
म बूजीको छोरो पूजाहारी इजकिएल हुँ। म बाबेलमा कैदीहरूसित कबार नदीको किनारमा थिएँ।

प्रेरित 10:11
उनले आकाश खुल्ला देखे अनि ठूलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो ठूलो लुगा त्यसका चार कुना द्वारा अडिएको थियो अनि भूइँमा झरिरहेको थियो।

प्रकाश 19:11
तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँचो लडाँई लडाउँछन्।

मत्ती 3:16
त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो।

मर्कूस 1:10
जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो।

लूका 2:13
त्यसपछि अचानक अनगन्ति र्स्वगिय दूतहरू पहिलो दूतसंग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका गरे।

मर्कूस 14:62
येशूले जवाफ दिनुभयो, “हो, म नै परमेश्वरको पुत्र हूँ। तिमीहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने पट्टि बसेर स्वर्गको बादलसित आउँदै गरेको देख्नेछौ।”

लूका 22:43
त्यसपछि स्वर्गबाट एउटा दूत देखा परयो अनि येशूलाई दृढ बनायो।

यहूदा 1:14
आदमका सातौं सन्तान हनोकले तिनीहरुको बारेमा येसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौं हजारौं पवित्र दूतहरुसंग आउँनु हुँदैछ।

मत्ती 16:27
आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ।

मत्ती 4:11
त्यसपछि शैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे।

दानियल 7:13
“मैले राती मेरो दर्शनमा हेरिरहेको थिएँ अनि मैले आकाशको बादलमाथि मानिसको पुत्र जस्तै कोही आउँदै गरेको देखें। उहाँ त्यहाँ प्राचीन राजाकहाँ आउनु भयो अनि उहाँको सामु उपस्थित गराइयो।

दानियल 7:9
“मैले हेर्दा हेर्दै त्यसको ठाउँमा सिंहासन राखियो अनि त्यसमा प्राचीन राजा बस्नु भयो। उहाँले हिँउ जस्तो सेतो लुगा लगाउनु भएको थियो, अनि कपाल सेतो ऊन जस्तो थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला जस्तै थियो र त्यसको चक्काहरू दन्केको आगो जस्ता थिए।

प्रकाश 4:1
तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।”

मत्ती 25:31
“मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गदूतहरू पनि उहाँसंगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ।

लूका 2:9
परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए।

यूहन्ना 3:13
मानिसको पुत्र बाहेका कोही कहिल्यै स्वर्ग गएको छैन। उहाँ नै एक हुनुहुन्छ जो स्वर्गबाट तल आउनु भयो।

प्रेरित 1:10
येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए।

2 थिस्सलोनिकी 1:7
अनि कष्टमा परेका तिमीहरूलाई परमेश्वरले शान्ति दिनुहुन्छ। परमेश्वरले यस्तै सहायता गर्नुहुन्छ जब प्रभु येशू आउनु हुन्छ। उहाँको शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट येशू तल आउनु हुनेछ।

1 तिमोथी 3:16
निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छःउहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो, आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ। उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो, सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो, विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे। अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।

यूहन्ना 6:47
म तिमीहरूलाई साँचो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ।

हिब्रू 1:14
सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।

2 थिस्सलोनिकी 1:9
तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस्न दिइनेछैन। उहाँका सर्वोच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ।

यूहन्ना 16:20
म तिमीहरूलाई साँचो भन्छु। तिमीहरू रूनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।

यूहन्ना 14:12
म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु।

यूहन्ना 12:23
येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो।

मत्ती 16:13
जब येशू सिजरिया फिलिप्पीका इलाकामा पुग्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “म मानिसको पुत्र हुँ। मानिसहरू मलाई को हो भन्छन्?”

मत्ती 26:24
मानिसको पुत्रले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्नेपर्छ। तर मानिसको पुत्रलाई मार्नका निम्ति सुम्पने त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो।”

लूका 22:69
तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बस्नेछ।”

लूका 24:4
जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, दुइजना मानिसहरू अति नै उज्यालो पहिरनमा तिनीहरूको समिपमा उभिए।

यूहन्ना 3:3
येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।”

यूहन्ना 3:5
तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि उ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन।

यूहन्ना 6:32
येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ।

यूहन्ना 6:53
येशूले भन्नुभयो, “म साँचो भन्छु। तिमीहरूले मानिसको पुत्रको शरीर खानै पर्छ। उसको रगत पिउनु नै पर्छ। यदि तिमीहरूले त्यसो गरेनौ भने तिमीहरूले जीवन पाउने छैनौ।

यूहन्ना 8:51
म साँचो भन्छु। यदि कुनै मानिसले मेरो वचन पालन गर्छ भने, त्यो मानिस कहिल्यै मर्ने छैन।”

यूहन्ना 10:1
येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। जब कुनै पनि एक मानिस भेडा-गोठभित्र पस्दछ, त्यो ढोकाबाट पस्दछ। यदि त्यो अर्को तिरबाट पस्छ भने त्यो चोर अनि डाकू हो।

यूहन्ना 10:7
येशूले फेरि भन्नुभयो, “म साँचो भन्दछु। म भेडाहरूको लागि ढोका हुँ।

यूहन्ना 5:27
अनि पिताले आफ्ना पुत्रलाई मानिसहरूलाई न्याय गर्ने अधिकार दिनुभएकोछ। किन? किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ ।

यूहन्ना 5:24
“म तिमीहरूलाई साँचो भन्दछु, यदी कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्।

यूहन्ना 5:19
तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ।

मत्ती 9:6
म तिनीहरूलाई यो देखाउनेछु कि यस पृथ्वीमा मानिसको पुत्रलाई पापको क्षमा गर्ने शक्ति प्राप्त छ। तब येशूले पक्षवातको रोगीलाई भन्नुभयो, ‘उठ तिम्रो बिछ्यौना बोक र घर जाऊ।’

मत्ती 8:20
येशूले तिनलाई भन्नुभयो, ‘स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।’

यूहन्ना 6:26
उहाँले उत्तर दिनु भयो, “तिमीहरूले मलाई किन खोजिरहेछौ? के मेरो चमत्कारहरू जसले मेरो शक्तिको प्रमाण दिन्छ देखे पछि मलाई खोजिरहेकाछौ? अहँ! म सत्य भन्छु, तिमीहरूले मलाई खोजेको कारण के हो भने तिमीहरूले रोटी खोयौ र पुरा अघायौ।

यूहन्ना 8:34
येशूले जवाफ दिनुभयो, “म साँचो भन्दछु। प्रत्येक मानिस जसले लगातार पाप गर्छ ऊ पापको दास हो। पाप उसको मालिक हो।

यूहन्ना 8:58
येशूले उत्तर दिनुभयो, “म तिमीलाई साँचो भन्छु। अब्राहाम जन्मनु अघि म छु।”

यूहन्ना 13:16
म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन।

यूहन्ना 13:20
यसर्थ म साँचो भन्छु। जसले मैले पठाएको मानिसलाई ग्रहण गर्दछ तब उसले मलाई पनि ग्रहण गर्दछ। र जसले मलाई ग्रहण गर्छ भने उसले मलाई जसले पठाउनु भयो उहाँलाई पनि ग्रहण गर्छ।”

यूहन्ना 13:38
येशूले जवाफ दिनुभयो, “साँचि नै तिमी आफ्नो जीवन मेरा निम्ति त्याग्न सक्नेछौ? म साँचो भन्छु। भाले बास्नु अघि, तिमीले तिनपल्ट भन्नेछौ कि तिमीले मलाई चिन्दैनौ।”

यूहन्ना 16:23
त्यस दिन तिमीहरूले मलाई केही पनि सोध्ने छैनौ। म तिमीहरूलाई साँचो भन्दछु। मेरो नाममा जे मागे पनि मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ।

यूहन्ना 21:18
म तिमीलाई साँचो भन्छु। जब तिमी जवान थियौ, तिमीले आफ्नो पेटी स्वयं कस्थ्यौ र जहाँ इच्छा छ त्यहाँ जान्थ्यौ। जब तिमी बूढा हुनेछौ तिमी हात छाडनेछौ र कोही अरूले पेटी कसिदिनेछ। त्यही मानिसले तिमीलाई अगुवाई गर्नेछ जहाँ जान तिम्रो इच्छा नभएतापनि।”

जकरिया 13:7
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिर्काऊ, मेरो साथीलाई हिर्काऊ। मेरो गोठाला अनि भेंडालाई प्रहार गर! भेंडा भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।