अय्यूब 33

1 “अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु।

2 म बोल्न तयार छु।

3 मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु। ती विषय म सत्य बोल्ने छु जुन म जान्दछु।

4 परमेश्वरको आत्माले मलाई बनाउनु भयो। मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ।

5 अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। अनि तिमी सक्छौ भने मलाई जवाफ देऊ। तिम्रो जवाफ तयार पार ताकि तिमी मसँग तर्क गर्न सक्षम हुनेछौ।

6 परमेश्वरको समक्ष तिमी र म बराबर छौं परमेश्वरले हामी दुवैलाई बनाउँन माटो प्रयोग गर्नु भयो।

7 अय्यूब म देखि नडराऊ म तिमीमाथि निष्ठूर हुने छैन।

8 तर अय्यूब, तिमीले भनेको मैले सुनें।

9 तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु, मैले केही गल्ती काम गरिनँ म दोषी छैन।

10 मैले गल्ती काम गरिनँ, तर परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ। परमेश्वरले मलाई शत्रुलाई झैं व्यवहार गर्नु भयो।’

11 परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो, परमेश्वरले मेरो प्रत्येक कार्यमा नियालेर हेर्नुहुन्छ।’

12 तर, अय्यूब, तिमी यसविषयमा गल्ती छौ अनि तिमी गल्ती छौ भनी त्यो म प्रमाण गर्नेछु। किन? किनभने परमेश्वर मानिसहरू भन्दा अत्यन्तै महान हुनुहुन्छ।

13 अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ। तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।

14 परमेश्वरले विभिन्न प्रकारले बोल्न सक्नु हुन्छ, यस्तो तरिका कि मानिसहरू यसलाई बुझ्दैनन्।

15 हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ, अथवा राती दर्शनमा जब तिनीहरू गहिरो निद्रामा हुन्छन्।

16 तिनीहरू एकदमै भयभीत हुन्छन् जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्।

17 परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ, अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ।

18 परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ। परमेश्वरले मानिसहरूलाई विनाशबाट बचाँउनुहुन्छ।

19 दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर अनि उसका हडडीहरू सधैं रहने बनाई परमेश्वरले एकजना मानिसलाई अनुशासित पार्न सक्नुहुन्छ।

20 तब त्यस मानिसले खान सक्तैन्। त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन।

21 उसको शरीर जीर्ण हुँदै जान्छ अनि उ हाड र छाला मात्र हुन्छ।

22 त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ अनि उसको जीवन सम्मुखिन हुन्छ।

23 परमेश्वसंग हजारौं दूतहरूछन्। हुन सक्छ ती मध्ये कुनै एकजनाले त्यस मानिसलाई नियाली रहेको हुन्छ। त्यो दूत त्यो मानिससित बोल्छ अनि साँच्चो कुरा भन्छ।

24 त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्। उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’

25 तब त्यो मानिसको शरीर फेरि जवानीपन आउनेछ र बलियो हुनेछ। त्यो मानिस पहिले जस्तो तन्देरी थियो त्यस्तै नै हुनेछ।

26 त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ। त्यो मानिस आनन्दले चिच्याउने छ अनि परमेश्वरलाई महिमा गर्नेछ, उसले फेरि असल जीवन बाँच्नेछ।

27 तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।

28 परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो। अब फेरि मेरो जीवनमा आनन्द भोग गर्न सक्छु।’

29 परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।

30 किन? त्यस मानिसलाई सावधान गराउन अनि उसको आत्मालाई मृतलोक देखि बचाउनलाई ताकि त्यस मानिसले आफ्नो जीवनमा आनन्द भोग्न सकोस्।

31 अय्यूब, मेरो कुरा होशियारीले सुन, शान्त हौ र मलाई बोल्न देऊ।

32 तर अय्यूब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन। मलाई उत्तर देऊ, किनभने तिम्रो निम्ति के राम्रो हो त्यो म चाहन्छु।

33 तर अय्यूब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ। शान्त हौ, अनि म तिमीलाई ज्ञानको उपदेशहरू दिनेछु।”

1 Wherefore, Job, I pray thee, hear my speeches, and hearken to all my words.

2 Behold, now I have opened my mouth, my tongue hath spoken in my mouth.

3 My words shall be of the uprightness of my heart: and my lips shall utter knowledge clearly.

4 The Spirit of God hath made me, and the breath of the Almighty hath given me life.

5 If thou canst answer me, set thy words in order before me, stand up.

6 Behold, I am according to thy wish in God’s stead: I also am formed out of the clay.

7 Behold, my terror shall not make thee afraid, neither shall my hand be heavy upon thee.

8 Surely thou hast spoken in mine hearing, and I have heard the voice of thy words, saying,

9 I am clean without transgression, I am innocent; neither is there iniquity in me.

10 Behold, he findeth occasions against me, he counteth me for his enemy,

11 He putteth my feet in the stocks, he marketh all my paths.

12 Behold, in this thou art not just: I will answer thee, that God is greater than man.

13 Why dost thou strive against him? for he giveth not account of any of his matters.

14 For God speaketh once, yea twice, yet man perceiveth it not.

15 In a dream, in a vision of the night, when deep sleep falleth upon men, in slumberings upon the bed;

16 Then he openeth the ears of men, and sealeth their instruction,

17 That he may withdraw man from his purpose, and hide pride from man.

18 He keepeth back his soul from the pit, and his life from perishing by the sword.

19 He is chastened also with pain upon his bed, and the multitude of his bones with strong pain:

20 So that his life abhorreth bread, and his soul dainty meat.

21 His flesh is consumed away, that it cannot be seen; and his bones that were not seen stick out.

22 Yea, his soul draweth near unto the grave, and his life to the destroyers.

23 If there be a messenger with him, an interpreter, one among a thousand, to shew unto man his uprightness:

24 Then he is gracious unto him, and saith, Deliver him from going down to the pit: I have found a ransom.

25 His flesh shall be fresher than a child’s: he shall return to the days of his youth:

26 He shall pray unto God, and he will be favourable unto him: and he shall see his face with joy: for he will render unto man his righteousness.

27 He looketh upon men, and if any say, I have sinned, and perverted that which was right, and it profited me not;

28 He will deliver his soul from going into the pit, and his life shall see the light.

29 Lo, all these things worketh God oftentimes with man,

30 To bring back his soul from the pit, to be enlightened with the light of the living.

31 Mark well, O Job, hearken unto me: hold thy peace, and I will speak.

32 If thou hast any thing to say, answer me: speak, for I desire to justify thee.

33 If not, hearken unto me: hold thy peace, and I shall teach thee wisdom.

Job 33 in Tamil and English

1 “अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु।
Wherefore, Job, I pray thee, hear my speeches, and hearken to all my words.

2 म बोल्न तयार छु।
Behold, now I have opened my mouth, my tongue hath spoken in my mouth.

3 मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु। ती विषय म सत्य बोल्ने छु जुन म जान्दछु।
My words shall be of the uprightness of my heart: and my lips shall utter knowledge clearly.

4 परमेश्वरको आत्माले मलाई बनाउनु भयो। मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ।
The Spirit of God hath made me, and the breath of the Almighty hath given me life.

5 अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। अनि तिमी सक्छौ भने मलाई जवाफ देऊ। तिम्रो जवाफ तयार पार ताकि तिमी मसँग तर्क गर्न सक्षम हुनेछौ।
If thou canst answer me, set thy words in order before me, stand up.

6 परमेश्वरको समक्ष तिमी र म बराबर छौं परमेश्वरले हामी दुवैलाई बनाउँन माटो प्रयोग गर्नु भयो।
Behold, I am according to thy wish in God’s stead: I also am formed out of the clay.

7 अय्यूब म देखि नडराऊ म तिमीमाथि निष्ठूर हुने छैन।
Behold, my terror shall not make thee afraid, neither shall my hand be heavy upon thee.

8 तर अय्यूब, तिमीले भनेको मैले सुनें।
Surely thou hast spoken in mine hearing, and I have heard the voice of thy words, saying,

9 तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु, मैले केही गल्ती काम गरिनँ म दोषी छैन।
I am clean without transgression, I am innocent; neither is there iniquity in me.

10 मैले गल्ती काम गरिनँ, तर परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ। परमेश्वरले मलाई शत्रुलाई झैं व्यवहार गर्नु भयो।’
Behold, he findeth occasions against me, he counteth me for his enemy,

11 परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो, परमेश्वरले मेरो प्रत्येक कार्यमा नियालेर हेर्नुहुन्छ।’
He putteth my feet in the stocks, he marketh all my paths.

12 तर, अय्यूब, तिमी यसविषयमा गल्ती छौ अनि तिमी गल्ती छौ भनी त्यो म प्रमाण गर्नेछु। किन? किनभने परमेश्वर मानिसहरू भन्दा अत्यन्तै महान हुनुहुन्छ।
Behold, in this thou art not just: I will answer thee, that God is greater than man.

13 अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ। तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।
Why dost thou strive against him? for he giveth not account of any of his matters.

14 परमेश्वरले विभिन्न प्रकारले बोल्न सक्नु हुन्छ, यस्तो तरिका कि मानिसहरू यसलाई बुझ्दैनन्।
For God speaketh once, yea twice, yet man perceiveth it not.

15 हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ, अथवा राती दर्शनमा जब तिनीहरू गहिरो निद्रामा हुन्छन्।
In a dream, in a vision of the night, when deep sleep falleth upon men, in slumberings upon the bed;

16 तिनीहरू एकदमै भयभीत हुन्छन् जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्।
Then he openeth the ears of men, and sealeth their instruction,

17 परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ, अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ।
That he may withdraw man from his purpose, and hide pride from man.

18 परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ। परमेश्वरले मानिसहरूलाई विनाशबाट बचाँउनुहुन्छ।
He keepeth back his soul from the pit, and his life from perishing by the sword.

19 दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर अनि उसका हडडीहरू सधैं रहने बनाई परमेश्वरले एकजना मानिसलाई अनुशासित पार्न सक्नुहुन्छ।
He is chastened also with pain upon his bed, and the multitude of his bones with strong pain:

20 तब त्यस मानिसले खान सक्तैन्। त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन।
So that his life abhorreth bread, and his soul dainty meat.

21 उसको शरीर जीर्ण हुँदै जान्छ अनि उ हाड र छाला मात्र हुन्छ।
His flesh is consumed away, that it cannot be seen; and his bones that were not seen stick out.

22 त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ अनि उसको जीवन सम्मुखिन हुन्छ।
Yea, his soul draweth near unto the grave, and his life to the destroyers.

23 परमेश्वसंग हजारौं दूतहरूछन्। हुन सक्छ ती मध्ये कुनै एकजनाले त्यस मानिसलाई नियाली रहेको हुन्छ। त्यो दूत त्यो मानिससित बोल्छ अनि साँच्चो कुरा भन्छ।
If there be a messenger with him, an interpreter, one among a thousand, to shew unto man his uprightness:

24 त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्। उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’
Then he is gracious unto him, and saith, Deliver him from going down to the pit: I have found a ransom.

25 तब त्यो मानिसको शरीर फेरि जवानीपन आउनेछ र बलियो हुनेछ। त्यो मानिस पहिले जस्तो तन्देरी थियो त्यस्तै नै हुनेछ।
His flesh shall be fresher than a child’s: he shall return to the days of his youth:

26 त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ। त्यो मानिस आनन्दले चिच्याउने छ अनि परमेश्वरलाई महिमा गर्नेछ, उसले फेरि असल जीवन बाँच्नेछ।
He shall pray unto God, and he will be favourable unto him: and he shall see his face with joy: for he will render unto man his righteousness.

27 तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।
He looketh upon men, and if any say, I have sinned, and perverted that which was right, and it profited me not;

28 परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो। अब फेरि मेरो जीवनमा आनन्द भोग गर्न सक्छु।’
He will deliver his soul from going into the pit, and his life shall see the light.

29 परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।
Lo, all these things worketh God oftentimes with man,

30 किन? त्यस मानिसलाई सावधान गराउन अनि उसको आत्मालाई मृतलोक देखि बचाउनलाई ताकि त्यस मानिसले आफ्नो जीवनमा आनन्द भोग्न सकोस्।
To bring back his soul from the pit, to be enlightened with the light of the living.

31 अय्यूब, मेरो कुरा होशियारीले सुन, शान्त हौ र मलाई बोल्न देऊ।
Mark well, O Job, hearken unto me: hold thy peace, and I will speak.

32 तर अय्यूब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन। मलाई उत्तर देऊ, किनभने तिम्रो निम्ति के राम्रो हो त्यो म चाहन्छु।
If thou hast any thing to say, answer me: speak, for I desire to justify thee.

33 तर अय्यूब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ। शान्त हौ, अनि म तिमीलाई ज्ञानको उपदेशहरू दिनेछु।”
If not, hearken unto me: hold thy peace, and I shall teach thee wisdom.