यशैया 10:12 in Nepali

नेपाली नेपाली बाइबल यशैया यशैया 10 यशैया 10:12

Isaiah 10:12
मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अंहकारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।

Isaiah 10:11Isaiah 10Isaiah 10:13

Isaiah 10:12 in Other Translations

King James Version (KJV)
Wherefore it shall come to pass, that when the Lord hath performed his whole work upon mount Zion and on Jerusalem, I will punish the fruit of the stout heart of the king of Assyria, and the glory of his high looks.

American Standard Version (ASV)
Wherefore it shall come to pass, that, when the Lord hath performed his whole work upon mount Zion and on Jerusalem, I will punish the fruit of the stout heart of the king of Assyria, and the glory of his high looks.

Bible in Basic English (BBE)
For this cause it will be that, when the purpose of the Lord against Mount Zion and Jerusalem is complete, I will send punishment on the pride of the heart of the king of Assyria, and on the glory of his uplifted eyes.

Darby English Bible (DBY)
And it shall come to pass, when the Lord hath performed his whole work upon mount Zion and upon Jerusalem, I will punish the fruit of the stoutness of heart of the king of Assyria, and the glory of his high looks.

World English Bible (WEB)
Therefore it shall happen that, when the Lord has performed his whole work on Mount Zion and on Jerusalem, I will punish the fruit of the stout heart of the king of Assyria, and the glory of his high looks.

Young's Literal Translation (YLT)
And it hath come to pass, When the Lord doth fulfil all His work In mount Zion and in Jerusalem, I see concerning the fruit of the greatness Of the heart of the king of Asshur. And concerning the glory of the height of his eyes.

Wherefore
pass,
to
come
shall
it
וְהָיָ֗הwĕhāyâveh-ha-YA
that
when
כִּֽיkee
the
Lord
יְבַצַּ֤עyĕbaṣṣaʿyeh-va-TSA
performed
hath
אֲדֹנָי֙ʾădōnāyuh-doh-NA
his

אֶתʾetet
whole
כָּלkālkahl
work
מַֽעֲשֵׂ֔הוּmaʿăśēhûma-uh-SAY-hoo
mount
upon
בְּהַ֥רbĕharbeh-HAHR
Zion
צִיּ֖וֹןṣiyyônTSEE-yone
and
on
Jerusalem,
וּבִירוּשָׁלִָ֑םûbîrûšālāimoo-vee-roo-sha-la-EEM
punish
will
I
אֶפְקֹ֗דʾepqōdef-KODE

עַלʿalal
the
fruit
פְּרִיpĕrîpeh-REE
of
the
stout
גֹ֙דֶל֙gōdelɡOH-DEL
heart
לְבַ֣בlĕbableh-VAHV
king
the
of
מֶֽלֶךְmelekMEH-lek
of
Assyria,
אַשּׁ֔וּרʾaššûrAH-shoor
and
וְעַלwĕʿalveh-AL
glory
the
תִּפְאֶ֖רֶתtipʾeretteef-EH-ret
of
his
high
ר֥וּםrûmroom
looks.
עֵינָֽיו׃ʿênāyway-NAIV

Cross Reference

यर्मिया 50:18
यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “म बाबेलका राजा र उसको देशलाई दण्ड दिनेछु त्यही तरीकाले जसरी मैले अश्शूरका राजालाई दण्ड दिएको थिएँ।

2 राजा 19:31
किनभने केही मानिसहरू बाँचेका हुनेछन्। तिनीहरू यरूशलेमबाट बाहिर निस्केर जानेछन्। जो मानिसहरू बाँचेका हुन्छन् ती सबै सियोन डाँडाबाट बाहिर निस्केर जानेछन्। परमप्रभुको जोशले यो काम हुनेछा।

यशैया 30:30
परमप्रभुले उहाँको महान वाणी सुन्न मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई विवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति वर्षा र असिना बर्साउने भयानक तूफान जस्तो हुनेछ।

यशैया 31:5
चराहरू आफ्ना गुँडहरूमाथि उडीरहे जस्तै गरी सेनाहरूका परमप्रभुले यरूशलेमलाई बचाउनु हुन्छ। परमप्रभुले उसलाई बचाउनु हुन्छ। परमप्रभुमाथिबाट जानुहुनेछ र यरूशलेमलाई बचाउनु हुनेछ।

यशैया 37:36
त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।

यशैया 46:10
“शुरूमा मैले जो कुराहरू भने ती अन्तमा हुनेछन्। धेरै वर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु।

यशैया 50:11
“हेर, तिमीहरू आफ्नो तरिकाले बाँच्न चाहन्छौ। तिमीहरूले आफ्नो हिसाबले आगो बाल्छौ र राँको सल्काउँछौ। यसकारण आफ्ना तरिकाले नै बाँच्छौ। तर, तिमीहरू दण्डित हुनेछौ। तिमीहरू आफैले बालेका आगो र राँकोमा झरेर स्वयंम जल्ने छौ। म त्यस्तो घट्ना घट्न दिनेछु।”

यशैया 65:7
“तिमीहरूका पापहरू र तिनीहरूका पिता-पुर्खाहरूका पापहरू बराबरी छन्।” परमप्रभुले यसो भन्नुभयो, “पर्वतहरूमा धूपहरू जलाएर ती पापहरू गरे। तिनीहरूले ती पहाडहरूमा मलाई लज्जित पारे। अनि मैले तिनीहरूलाई प्रथम दण्ड दिएँ। तिनीहरूले पाउनुपर्ने दण्ड मैले दिएँ।”

इजकिएल 31:10
यसकारण, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “रूख अग्लो भएकोछ। यसले आफ्नो हाँगाहरू बादल सम्म पुर्याएकोछ। यो घमण्डी छ किनकि यो अग्लो छ।

इजकिएल 31:14
“अब फेरि कुनै पनि रूख त्यो पानीले घमण्ड गर्नेछैन। त्यो बादल सम्म पुग्न चाहँदैन। असल पानी लगाएका कुनै पनि रूख अग्लो बढेर जानेछैन। किनकि सबैलाई मृत्यु निश्चित भईसकेकोछ। ती सबै मृत्युको ठाँउ शेओल नामक मृत लोकमा जानेछन्। तिनीहरू अरू मानिसहरूसँग जानेछन जुन मरेर तल खाल्डामा गएकाछन्।”

दानियल 4:37
त्यस पछि म नबूकदनेस्सर स्वर्गको राजाको स्तुति गर्छु तथा उहाँलाई सम्मान अनि महिमा प्रदान गर्छु। उहाँले जे भन्नुहुन्छ ठीक भन्नुहुन्छ, उहाँ सँधै न्यायपूर्ण हुनुहुन्छ, उहाँमा अहँकारीहरूलाई विनम्र प्रदान गर्ने क्षमता छ।

मत्ती 12:33
“यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्ष नै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ।

मत्ती 15:19
किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्।

1 पत्रुस 4:17
न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरुको के अवस्था हुनेछ?

यशैया 29:7
धेरै-धेरै जातिहरू अरीएलको विरूद्ध युद्ध गर्न तयार भए यो एक भयानक सपना जस्तो थियो। सैनिकहरूले अरीएललाई घेरेर दण्डित गरे।

यशैया 28:21
परमप्रभु पराजीम पर्वतमा जस्तै युद्ध गर्नु हुनेछ। उहाँ गिबोनको बेंसीमा भए जस्तै क्रोधित हुनु हुनेछ। तब परमप्रभुले ती कुराहरू गर्नु हुने नै छ, परमप्रभुले केही अद्भुत कामहरू गर्नुहुनेछ। तर उहाँले आफ्नो काम सिद्ध्याउनु नै हुनेछ। उहाँका कार्यहरू अनौठो कार्यहरू हुन्।यस्तो पाठ सेनाहरूका परमप्रभुबाट आउँदछ। परमप्रभुले अनौठो सल्लाह दिनुहुन्छ। परमेश्वर साँच्ची नै ज्ञानी हुनुहुन्छ।

भजनसंग्रह 18:27
हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।

भजनसंग्रह 21:10
शत्रुहरूका सन्तानहरू समेत नष्ट भए। तिनीहरू यस पृथ्वीबाट गए।

भजनसंग्रह 76:10
हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्। तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ, अनि जीवित् रहनेहरू बलिया हुन्छन्।

हितोपदेश 30:13
केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्।

यशैया 2:11
घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफै आफ्नो नजरबाट खस्नेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ।

यशैया 5:15
ती मानिसहरू नम्र हुनेछन्। ती ठूला मानिसहरूले शिर झुकाउनेछन् अनि भूइँतिर हेर्नेछन्।

यशैया 9:9
एप्रैमका मानिसहरू, सामरियाका अगुवाहरू सम्मलाई, परमेश्वरले दण्ड दिनुहुनेछ भन्ने कुरा थाहा छ।ती मानिसहरू अहिले एकदम अंहकारी र घमण्डी छन्। तिनीहरू भन्दछन्,

यशैया 10:5
परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु।

यशैया 10:16
सेनाहरूका परमप्रभुले अश्शूरका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्शूरको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खरानी नहुञ्ञेलसम्म आगो जस्तै बलि रहनेछ।

यशैया 10:25
तर केही समयभित्र नै मेरो क्रोध शान्त हुनेछ। अश्शूरले तिमीहरूलाई सोचे जति दण्ड दिएकोमा म सन्तुष्ट हुनेछु।”

यशैया 14:24
सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो। र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ।

यशैया 17:12
धेरै धेरै मानिसहरूलाई सुन! तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोइरहेका छन्। ती हल्लाहरूलाई सुन, ती हल्लाहरू समुद्रमा छालहरू उर्लेको आवाजहरू जस्ता छन्।

यशैया 27:9
याकूबको दोष कसरी क्षमा गरिने? उसका पापहरू कसरी हटाइने? ती कुराहरू हुने नै हो चट्टानको वेदी धूलो परिनेछ। झूटा देवताहरूलाई मूर्तिहरू र वेदीहरू पुज्ने नष्ट हुनेछन्।

अय्यूब 40:11
यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउन सक्छौ। ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ।