हिब्रू 9:10 in Nepali

नेपाली नेपाली बाइबल हिब्रू हिब्रू 9 हिब्रू 9:10

Hebrews 9:10
ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउञ्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।

Hebrews 9:9Hebrews 9Hebrews 9:11

Hebrews 9:10 in Other Translations

King James Version (KJV)
Which stood only in meats and drinks, and divers washings, and carnal ordinances, imposed on them until the time of reformation.

American Standard Version (ASV)
`being' only (with meats and drinks and divers washings) carnal ordinances, imposed until a time of reformation.

Bible in Basic English (BBE)
Because they are only rules of the flesh, of meats and drinks and washings, which have their place till the time comes when things will be put right.

Darby English Bible (DBY)
[consisting] only of meats and drinks and divers washings, ordinances of flesh, imposed until [the] time of setting things right.

World English Bible (WEB)
being only (with meats and drinks and various washings) fleshly ordinances, imposed until a time of reformation.

Young's Literal Translation (YLT)
only in victuals, and drinks, and different baptisms, and fleshly ordinances -- till the time of reformation imposed upon `them'.

Which
stood
only
μόνονmononMOH-none
in
ἐπὶepiay-PEE
meats
βρώμασινbrōmasinVROH-ma-seen
and
καὶkaikay
drinks,
πόμασινpomasinPOH-ma-seen
and
καὶkaikay
divers
διαφόροιςdiaphoroisthee-ah-FOH-roos
washings,
βαπτισμοῖςbaptismoisva-ptee-SMOOS
and
καὶkaikay
carnal
δικαιώμασινdikaiōmasinthee-kay-OH-ma-seen
ordinances,
σαρκὸςsarkossahr-KOSE
imposed
μέχριmechriMAY-hree
until
them
on
καιροῦkairoukay-ROO
the
time
διορθώσεωςdiorthōseōsthee-ore-THOH-say-ose
of
reformation.
ἐπικείμεναepikeimenaay-pee-KEE-may-na

Cross Reference

हिब्रू 7:16
उहाँ मानव नियम र विधानहरू अनुसार पूजाहारी हुनुभएन। उहाँ आफ्नो अनन्त जीवनको शक्तिद्वारा पूजाहारी हुनुभयो।

कलस्सी 2:16
यसकारण तिमीहरूको खाना पिना अथवा यहूदी दस्तुरहरूको विषयमा कसैले आलोचना नगरोस (उत्सव, औंसी पर्व अथवा शवाथको दिन)।

लेवी 11:2
“इस्राएलका मानिसहरूलाई भनः ‘पृथ्वीका प्राणीहरूमध्ये तिमीहरू यी प्राणीहरू खान सक्छौः

गलाती 4:9
अब तिमीहरूले साँचो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन र्फकन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ?

एफिसी 1:10
ठीक समयमा आफ्नो योजना पूर्ण गर्ने परमेश्वरको उद्देश्य हो। स्वर्ग र पृथ्वीका सबै थोक ख्रीष्टको अधीनमा गर्ने उहाँको योजना थियो।

एफिसी 2:15
यहूदी नियममा धेरै विधान र आज्ञाहरू थिए। तर ख्रीष्टले व्यवस्थालाई समाप्त गरिदिनु भयो। मानिसहरूको यी दुई अलग समूहलाई आफूमा एउटै नयाँ मानिस बनाउने र यसरी शान्ति ल्याउने ख्रीष्टको उद्देश्य थियो।

कलस्सी 2:20
तिमीहरू ख्रीष्टसितै मरेका छौ र संसारका व्यर्थका नियमहरूबाट मुक्त बनेका छौ। त्यसकारण अझै तिमी यही संसारको हौ भन्ने अभिनय किन गर्छौं? म के भन्छु भने यस्तो नियमहरू किन मानिरहेका छौ?

हिब्रू 2:5
आउन लागेको त्यो नयाँ संसारको शासक बन्न परमेश्वरले स्वर्गदूतहरूलाई छान्नु भएन। त्यो भविष्यको संसार हो जुन हामीले चर्चा गर्न लागेका छौं।

हिब्रू 6:2
त्यसबेला, हामीलाई बप्तिस्माहरू,मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतको पुनरूत्थान र अनन्त न्यायको बारेमा सिकाइएको थियौं। तर अब हामीले अरू परिपक्व शिक्षा तर्फ बढनु पर्छ।

हिब्रू 6:5
तिनीहरूले परमेश्वरले भन्नुभएको वचन सुनेका छन्, र परमेश्वरको नयाँ संसारको महाशक्ति देखेका छन्। अनि ती कुराहरू खुबै राम्रा थिए भनेर तिनीहरूले बुझेका छन्। तर त्यसपछि तिनीहरूले ख्रीष्टलाई छोडे। अब तिनीहरूलाई फर्काएर फेरि ख्रीष्टमै ल्याउन असंभव छ।

हिब्रू 9:1
अघिल्लो करारमा आराधनाको तरिकाहरू छन्। अनि आराधनाको लागि मानिसले बनाएको ठाउँ थियो।

हिब्रू 10:22
शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।

हिब्रू 13:9
किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।

गलाती 4:3
हामीसँग पनि त्यस्तै हो। एक समयमा हामी पनि बालक-बालिका जस्तै थियौं। हामी यस संसारका व्यर्थका व्यवस्थाका कमारा थियौं।

प्रेरित 10:13
त्यसपछि एउटा आवाजले पत्रुसलाई भन्यो, “उठ पत्रुस, कुनै पनि एउटा सजीव प्राणी मारेर खाऊ।”

मर्कूस 7:4
यहूदीहरूले बजारमा केहि चिजहरु किने भने त्यसलाई पनि बिशेष रुपले नधोई खाँदैनन्। तिनीहरुले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरू धेरै रीति-तिथिहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माझ्छन् इत्यादि।

प्रस्थान 30:19
हारून अनि उनका छोराहरूले तिनीहरूको हातहरू अनि खुट्टाहरू यो पानीले धुनु पर्छ।

प्रस्थान 40:12
“हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेश द्वारमा ल्याएर पानीले नुहाउन लगाऊ।

लेवी 14:8
“तब मानिसले जसलाई शुद्धगराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन।

लेवी 16:4
हारूनले आफ्नो सारा शरीर पानीले पखाल्नु पर्छ। तब उसले यी वस्त्रहरू धारण गर्नुपर्छः उसले लिनिनको पवित्र वस्त्र धारण गर्नु पर्छ। उसले लिनिनको भित्री लुगाहरू पनि लगाउनु पर्छ। उसले आफ्नो टाउकोमा लिनिनको फेटा र कम्मरमा लिनिनको पटुका कस्नु पर्छ। यी वस्त्रहरू पवित्र हुन्।

लेवी 16:24
उसले पवित्रस्थानमा आफ्नो शरीर पानीले पखाल्ने छ। तब उसले आफ्नो लुगाहरू लगाउने छ। ऊ बाहिर आउने छ अनि ऊ आफ्नै निम्ति र मानिसहरूको निम्ति होमबलि चढाउने छ। यस तरीकाले ऊ आफैं अनि मानिसहरूको निम्ति उसले प्रयाश्चित बनाउँछ।

लेवी 17:15
“यदि कुनै मानिसले आफैं मरेको पशुको मासु खान्छ, अथवा अन्य कुनै पशुले मारेको पशुको मासु खान्छ त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ। त्यो मानिस स्वदेशी होस् अथवा विदेशी, यदि तिमीहरूको माझमा भए उसले आफ्नो लुगाहरू धुनैपर्छ अनि शरीर सम्पूर्ण नुहाउनु पर्छ।

लेवी 22:6
यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्दैन।

गन्ती 19:7
त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहन्छ।

व्यवस्था 14:3
“परमप्रभुबाट घृणा गरिएका चीजहरू कुनै पनि नखाऊ।

व्यवस्था 21:6
मृत शरीरको नजिकै भएको शहरका बूढा-प्रधानहरूले घाँटी निमोठिएको गाईमाथि हात धुनु पर्छ।

व्यवस्था 23:11
जब बेलुकी हुन्छ उसले पानीमा नुहाउनु पर्छ अनि सूर्य अस्तापछि ऊ फेरि छाउनीमा फर्किन सएछ।

इजकिएल 4:14
त्यसपछि मैले आश्चर्य भएर भनें, “तर हे परमप्रभु मेरो मालिक! मैले अशुद्ध भोजन कहिले खाइनँ। मैले कहिले जनावरको मासु खाइन जुन कुनै रोगले मरेको होस् या कुनै जङ्गली जनावरले मारेको होस्। मैले बाल्यकालदेखि अहिले सम्म कुनै दिन पनि अपवित्र मासु खाइनँ। मेरो मुखमा त्यस्तो नराम्रो मासु पसेको छैन।”

प्रस्थान 29:4
त्यसपछि हारून र तिनका छोराहरूलाई भेटहुने पालको प्रवेश द्वार अघि ल्याएर नुहाउन लगाऊ।