Habakkuk 2:9
हो, जो मानिसले नराम्रो कर्मद्वारा धन कमाउँछ, उमाथि नराम्रो कुराहरु हुनेछ। सुरक्षासित बाँच्नको लागि उसले त्यसो गर्छ। उसले सोच्छ कि अरु मानिसले उसको धन लुट्न सक्दैन, तर नराम्रो कुरा उसमाथि घट्नेछ।
Habakkuk 2:9 in Other Translations
King James Version (KJV)
Woe to him that coveteth an evil covetousness to his house, that he may set his nest on high, that he may be delivered from the power of evil!
American Standard Version (ASV)
Woe to him that getteth an evil gain for his house, that he may set his nest on high, that he may be delivered from the hand of evil!
Bible in Basic English (BBE)
A curse on him who gets evil profits for his family, so that he may put his resting-place on high and be safe from the hand of the wrongdoer!
Darby English Bible (DBY)
Woe to him that getteth iniquitous gain to his house, that he may set his nest on high, that he may be delivered from the grasp of evil!
World English Bible (WEB)
Woe to him who gets an evil gain for his house, that he may set his nest on high, that he may be delivered from the hand of evil!
Young's Literal Translation (YLT)
Wo `to' him who is gaining evil gain for his house, To set on high his nest, To be delivered from the hand of evil,
| Woe | ה֗וֹי | hôy | hoy |
| to him that coveteth | בֹּצֵ֛עַ | bōṣēaʿ | boh-TSAY-ah |
| evil an | בֶּ֥צַע | beṣaʿ | BEH-tsa |
| covetousness | רָ֖ע | rāʿ | ra |
| to his house, | לְבֵית֑וֹ | lĕbêtô | leh-vay-TOH |
| set may he that | לָשׂ֤וּם | lāśûm | la-SOOM |
| his nest | בַּמָּרוֹם֙ | bammārôm | ba-ma-ROME |
| on high, | קִנּ֔וֹ | qinnô | KEE-noh |
| delivered be may he that | לְהִנָּצֵ֖ל | lĕhinnāṣēl | leh-hee-na-TSALE |
| from the power | מִכַּף | mikkap | mee-KAHF |
| of evil! | רָֽע׃ | rāʿ | ra |
Cross Reference
यर्मिया 49:16
एदोम! तिमीहरूले अन्य जाति-जातिहरूलाई भयभित पार्यौ अनि स्वयंलाई महान ठानेका छौं। तर तिमीहरू आफैलाई मूर्ख बनायौ। तिम्रा गर्वले तिमीलाई धोका दियो। तिमी फुटेको चट्टानमा बस्छौ; उच्च पहाडहरूमा बस्छौ। तर यदि तिमीले आफ्ना घर चीलको गुँड भन्दा माथि बनायौ भने पनि म तिमीलाई तल झार्नेछु।”
हितोपदेश 18:11
एकजना धनी मानिसको सम्पत्ति उसको निम्ति बलियो किल्ला झैं हो, उसले यसलाई अग्लो पर्खाल जस्तो सम्झिन्छ।
यशैया 28:15
तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”
यशैया 47:7
तिमीले भन्यौ, ‘म सदा-सर्वदा बाँच्नेछु। म सधैं नै रानी हुनेछु।’ तिमीले ती मानिसहरू प्रति गरेको नराम्रो कुराहरूमा तिमीहरूले ध्यानै दिएनौ। तिमीले के हुने होला भनेर सोच्दा पनि सोचेनौ।
यर्मिया 22:13
हाय त्यसलाई जसले आफ्नो मानिसहरूलाई तिनीहरूको श्रमको ज्याला नदिई बे-ईमान्दरीले महल बनायो, अझ ठगेर तला थप्यो।
ओबदिया 1:4
परमेश्वर परमप्रभु भन्नुहुन्छ, “यद्यपि तिमीले चील जस्तै माथि उड्यौ, अनि आफ्नो गुँड ताराहरूको बीचमा बनायौ भने पनि, म तिमीलाई त्यहाँबाट तल ल्याउँनेछु।”
जकरिया 5:1
तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्ठो देखें।
प्रेरित 1:17
उनी यहूदाको विषयमा बात गरिरहेका थिए जो हाम्रा दलका एक जना थिए। यहूदाले हामीसित सेवा गरेका थिए अनि ती मानिसहरूका मार्ग दर्शक भए जसले येशूलाई पक्रे।”
यहूदा 1:11
यो तिनीहरुका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरुले कयिन हिँडेको मार्ग अनुसरण गरेका छन्। धन कमाउन तिनीहरु बालाम हिँडेको बाटोमा हिडिरहेका छन्। तिनीहरु परमेश्वरको विरोधमा कोरह झैं लडछन्। यसर्थ कोरह झैं तिनीहरु पनि सडनेछन्।
भजनसंग्रह 52:7
“हेर, परमेश्वरमाथि जो भर पर्दैन त्यस मानिसको गति कस्तो हुन्छ। उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”
भजनसंग्रह 49:11
चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ। तिनीहरू जत्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन!
उत्पत्ति 19:26
जब तिनीहरू भाग्दै थिए, लूतकी पत्नीले पछाडी फर्केर शहरलाई हेरिन्। जब उनले फर्केर हेरिन तिनी नूनको थुप्रोमा परिणत भइन्।
व्यवस्था 7:25
“तिमीहरूले तिनीहरूका देव-देवताको मूर्तिहरू आगोमा फ्याँकि दिनु पर्छ अनि जलाएर नष्ट परिदिनु पर्छ। तिमीहरूले ती मूर्तिहरूमा रहेको सुन अथवा चाँदी राख्नु हुँदैन। त्यसले तिमीहरूको जीवनमा ध्वंश पार्नेछ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले मूर्तिहरू मन पराउनु हुँदैन।
यहोशू 7:21
हामीले यरीहो शहर अनि त्यहाँ भएका सबै वस्तुहरू कब्जा गर्यौं। मैले बाबेलका एउटा सुन्दर कोट, दुइ सय शेकेल ओजनको चाँदी अनि लगभग पचास शेकेल ओजनको सुन देखें। ती वस्तुहरू मैले आफ्नै निम्ति राख्न चाहें। यसकारण मैले ती वस्तुहरू लिएँ। तपाईंले ती वस्तुहरू मेरो पाल मुनि भूइँमा गाढिएको पाउनु हुनेछ। चाँदी कोट मुनि छ।”
1 राजा 21:2
उ यिज्रेलबाट आएको थियो। एक दिन आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मलाई देऊ। म यसलाई सब्जीको बगैंचा बनाउन चाहन्छु। तिम्रो बारी मेरो महलको छेऊमा छ। म यसको बदलीमा राम्रो दाखबारी दिनेछु। अथवा, यदि तिमी चाहन्छौ भने यसको दाम रूपियाँ दिनेछु।”
1 राजा 21:19
आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले’ नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।”‘
2 राजा 5:20
तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।”
अय्यूब 20:19
किन? किनभने पापी मानिसले गरीब मानिसहरूलाई घात पार्दछ अनि गल्ती हिसाबले उसलाई जोख्दछ। उसले तिनीहरूको चिन्ता नै गरेन अनि उसले तिनीहरूका चीजबीचहरू लगिदियो। अरूले बनाएको घरहरू त्यसले खोसेर लगिदियो।
भजनसंग्रह 10:3
दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।
उत्पत्ति 13:10
लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।)