Ezekiel 16:3
तिमीले भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक यरूशलेमका मानिसहरूलाई यो संदेश दिनुहुन्छ, आफ्नो इतिहास हेर। तिमी कनानमा जन्मेका थियौ। तिम्रो बाबु एक एमोरी अनि आमा हित्ती हुन।
Ezekiel 16:3 in Other Translations
King James Version (KJV)
And say, Thus saith the Lord GOD unto Jerusalem; Thy birth and thy nativity is of the land of Canaan; thy father was an Amorite, and thy mother an Hittite.
American Standard Version (ASV)
and say, Thus saith the Lord Jehovah unto Jerusalem: Thy birth and thy nativity is of the land of the Canaanite; the Amorite was thy father, and thy mother was a Hittite.
Bible in Basic English (BBE)
And say, This is what the Lord has said to Jerusalem: Your start and your birth was from the land of the Canaanite; an Amorite was your father and your mother was a Hittite.
Darby English Bible (DBY)
and say, Thus saith the Lord Jehovah unto Jerusalem: Thy birth and thy nativity is of the land of the Canaanite: thy father was an Amorite, and thy mother a Hittite.
World English Bible (WEB)
and say, Thus says the Lord Yahweh to Jerusalem: Your birth and your birth is of the land of the Canaanite; the Amorite was your father, and your mother was a Hittite.
Young's Literal Translation (YLT)
Thus said the Lord Jehovah to Jerusalem: Thy birth and thy nativity `Are' of the land of the Canaanite, Thy father the Amorite, and thy mother a Hittite.
| And say, | וְאָמַרְתָּ֞ | wĕʾāmartā | veh-ah-mahr-TA |
| Thus | כֹּה | kō | koh |
| saith | אָמַ֨ר | ʾāmar | ah-MAHR |
| the Lord | אֲדֹנָ֤י | ʾădōnāy | uh-doh-NAI |
| God | יְהוִה֙ | yĕhwih | yeh-VEE |
| Jerusalem; unto | לִיר֣וּשָׁלִַ֔ם | lîrûšālaim | lee-ROO-sha-la-EEM |
| Thy birth | מְכֹרֹתַ֙יִךְ֙ | mĕkōrōtayik | meh-hoh-roh-TA-yeek |
| and thy nativity | וּמֹ֣לְדֹתַ֔יִךְ | ûmōlĕdōtayik | oo-MOH-leh-doh-TA-yeek |
| land the of is | מֵאֶ֖רֶץ | mēʾereṣ | may-EH-rets |
| of Canaan; | הַֽכְּנַעֲנִ֑י | hakkĕnaʿănî | ha-keh-na-uh-NEE |
| thy father | אָבִ֥יךְ | ʾābîk | ah-VEEK |
| Amorite, an was | הָאֱמֹרִ֖י | hāʾĕmōrî | ha-ay-moh-REE |
| and thy mother | וְאִמֵּ֥ךְ | wĕʾimmēk | veh-ee-MAKE |
| an Hittite. | חִתִּֽית׃ | ḥittît | hee-TEET |
Cross Reference
इजकिएल 16:45
तिमी आफ्नो आमाको छोरी हौ। तिमीले आफ्नो पति र नानीहरूलाई ध्यान दिँदैनौ। तिमी ठीक आफ्नो बहिनी बराबर छौ। तिमी दुवै जनाले आफ्नो पति र नानीहरूलाई घृणा गर्छौ। तिमीहरू ठीक आफ्नो आमा-बाबु जस्तो छौ। तिम्रो आमा हित्ती अनि बाबु एमोरी थिए।
इजकिएल 21:30
“‘अब तिम्रो तरवार (बाबेललाई) म्यानभित्र राख। बाबेल! म तिमीसित न्याय त्यही गर्छु तिमी जहाँ बसेकाछौ। अथवा त्यहीं देश जहाँबाट तिमी उत्पन्न भएका थियौ।
उत्पत्ति 15:16
चार पुस्तापछि तिम्रा सन्तानहरू यही देशमा फर्केर आउनेछन् र तिनीहरूले एमोरीहरूलाई हराउँनेछन्। यहाँ बस्ने एमोरीहरूलाई सजाय भोग्न लगाउन म ती तिम्रा सन्तानहरूलाई प्रयोगमा ल्याउनेछु। यी सब कुराहरूपछि हुन्छ कारण ती एमोरीहरू अहिले सजाय पाउनुको निम्ति त्यति नराम्रो भई सकेका छैनन्।”
मत्ती 3:7
धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, ‘हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्वोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?
मत्ती 11:24
तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।”
लूका 3:7
यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू साँपहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो?
यूहन्ना 8:44
तिमीहरूका पिता शैतान हो। तिमीहरू उसका सन्तान हौ। उसले जे चाहन्छ तिमीहरू त्यही गर्दछौ। शैतान आदिकालदेखि नै हत्यारा थियो। उ सधैं सत्यको विरुद्धमा छ अनि उभित्र सत्य छैन। जब ऊ झूटो बोल्छ तब उसले त्यो झूठो स्वभाविक रूपले बोल्छ। हो शैतान असत्यवादी अनि असत्यको पिता हो ।
एफिसी 2:3
गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ।
1 यूहन्ना 3:10
यसरी हामी चिन्न सक्छौं कि परमेश्वरका बालकहरु को हुन्। हामी यो पनि जान्न सक्छौ कि शैतानका बालकहरु को हुन्। मानिसहरु जसले जे उचित छ त्यो गर्दैन, तिनीहरु परमेश्वरका बालकहरु होइनन्। अनि मानिस जसले आफ्ना भाइलाई प्रेम गर्दैन उ परमेश्वरको बालक होइन।
यशैया 51:1
“तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ।
यशैया 1:10
हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन!
उत्पत्ति 11:29
अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए।
व्यवस्था 7:1
“तिमीहरूले आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेको भूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले मार्ग-दर्शन गर्नु हुनेछ। तिमीहरूभन्दा अझ ठूला अनि शक्तिशाली सातवटा देशहरू-हित्ती, गिर्गाशी, एमोरी, कनानी, पारिज्जी, हिव्वी र यबूसीहरूलाई परमप्रभुले तिमीहरूलाई बसाउन बलपूर्वक निकाल्नु हुनेछ।
व्यवस्था 20:17
तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आज्ञा अनुसार हित्ती, एमोरी, कनानी, परिज्जी, र हिब्बी र यबूसीहरू सबैलाई एकदमै नष्ट पार्नु पर्छ।
यहोशू 24:14
तब यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुका बचनहरू सुन्यौ, यसर्थ तिमीहरूले परमप्रभुको सम्मान गर्नु पर्छ अनि साँचो भागमा उहाँको सेवा गर्नु पर्छ। ती अपवित्र देवताहरूलाई फ्याँकि देऊ, जुन तिमीहरूका पिता-पुर्खाहरूले मिश्रमा र यूफ्रेटिस नदीको पारिपट्टि पूज्ने गर्थे। अब तिनीहरूले परमप्रभुलाई मात्र आराधना गर्नु पर्छ।
1 राजा 21:26
आहाबले बेकामे मूर्तिहरू पूजेर नराम्रो पाप गरे। यो आम्मारीहरूले गरेकै व्यवहार हो। यसर्थ परमप्रभुले तिनीहरूबाट भूमि लिए अनि यसलाई इस्राएलका मानिसहरूलाई दिए।
2 राजा 21:11
“यहूदाका राजा मनश्शेले उनी अघिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मनश्शेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए।
एज्रा 9:1
यी कुराहरू गरेपछि अगुवाहरू म कहाँ आए र भने, “इस्राएलका मानिसहरू पूजाहारी अनि लेवीहरू भूमिका मानिसहरूबाट स्वयं पृथक भएका छैनन्। ती इस्राएलका मानिसहरूले कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री अनि एमोरीसँग घिनलाग्दा कार्य गरेकाछन्।
नहेम्याह 9:7
तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ जसले अब्रामलाई चुन्नु भयो, अनि कल्दीहरूको ऊरबाट बाहिर ल्याउनु भयो, अनि उसलाई अब्राहाम नाउँ दिनुभयो।
उत्पत्ति 11:25
तेरह जन्मेपछि पनि नाहोर एक सय उन्नाइस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।