Exodus 20:13
“तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।
Exodus 20:13 in Other Translations
King James Version (KJV)
Thou shalt not kill.
American Standard Version (ASV)
Thou shalt not kill.
Bible in Basic English (BBE)
Do not put anyone to death without cause.
Darby English Bible (DBY)
Thou shalt not kill.
Webster's Bible (WBT)
Thou shalt not kill.
World English Bible (WEB)
"You shall not murder.
Young's Literal Translation (YLT)
`Thou dost not murder.
| Thou shalt not | לֹ֥֖א | lōʾ | loh |
| kill. | תִּֿרְצָֽ֖ח׃ | tirṣāḥ | teer-TSAHK |
Cross Reference
रोमी 13:9
म यो किन भन्दैछु? किनभने व्यवस्थाले भन्दछ, “व्यभिचारको पाप नगर, हत्य नगर, कुनै कुरो नचोर, अरूको चीजको लोभ नगर।”यी सबै आदेशहरू र अन्य आदेशहरू एउटै आदेशमा समाहित छन् “आफूलाई प्रेम गरे जस्तै अरूलाई प्रेम गर।”
उत्पत्ति 9:5
अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।
मत्ती 5:21
“तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्।जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’
प्रस्थान 21:14
तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।
प्रस्थान 21:20
“कोही मालिकले आफ्नो कमारा-कमारीलाई लट्ठीले कुट्छ अनि यस्तो हिकाईले उसको मृत्यु हुन्छ भने त्यो हत्याराले सजाय पाउनैपर्छ।
लेवी 24:21
यदि कसैले कुनै मानिस मारे त्यो मार्ने मानिसलाई पनि मार्नुपर्छ। यदि कसैले अर्को कसैको पशु मारे त्यसले पनि उसको साटोमा एउटा त्यस्तै पशु दिनुपर्छ।
व्यवस्था 19:11
“तर एकजना मानिसहले कुनै अर्को मानिसलाई घृणा गर्न सएछ। त्यस मानिसले घृणा गरेको मानिसलाई पर्खेर मार्न लुएन सएछ, उसले त्यस मानिसलाई मार्न सएछ अनि सुरक्षाका शहरमध्ये एउटामा भागेर जान सएछ।
यशैया 26:21
संसारका मानिसहरूले गरेका अनिष्ट कामहरूका न्याय गर्नलाई परमप्रभुले आफ्नो ठाउँ छोडेर आउनु हुनेछ। पृथ्वीमा जो जो मारिए उनीहरूको रगत प्रकट गराइनेछ। पृथ्वीले धेरै बेरसम्म मृत-मानिसहरू छिपाउने छैन।
मत्ती 19:18
त्यस मानिसले सोध्यो, “कुन आज्ञाहरू?” येशूले जवाफ दिनुभयो, ‘कसैको हत्या नगर, कसैसित व्यभिचार नगर; झूटो गवाही नदेऊ, अरूको निन्दा गर्नु हुँदैन,
याकूब 2:11
परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।”उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।”यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेनौ तर तिमीहरूले कुनै व्यक्तिलाई मार्यौ भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङग गरेका दोषी ठहरिन्छौ।
1 यूहन्ना 3:12
कयिन जस्तो नबन, जो शैतानको थियो। कयिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कयिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरु गलत थियो अनि तिनका भाइले गरेका कुराहरु असल थियो।
याकूब 2:13
यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा उ निर्भय भएर रहन सक्ने छ।
1 तिमोथी 1:9
हामी यो पनि जान्दछौं, व्यवस्था भला मानिसहरूकोलागि बनिएको होइन। व्यवस्था त उनीहरूको निम्ति बनिएको हो जो विधान विरोधी र अनाज्ञाकारी छन्, जो भक्तिहीन र पापमय छन्, जो अपवित्र र अधर्मी छन् जो मातृ पितृ घातक र हत्यारा छन्।
गलाती 5:21
डाह, मदपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेताउनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्।
प्रस्थान 21:29
त्यस गोरूले पहिले कसैलाई हानेको थियो अनि त्यसको मालिकलाई चेताउनी दिइएको थियो तर उसले गोरूलाई बाँधेन। तब तिमीले गोरू र त्यसको मालिकलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।
गन्ती 35:16
“कसैलाई मार्न यदि कुनै व्यक्तिले फलामको हतियार प्रयोग गरे त्यो हत्यारा हो र त्यसले प्राण दण्ड पाउनै पर्छ।
व्यवस्था 5:17
“तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।
2 शमूएल 12:9
यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो?
2 राजा 21:16
अनि मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। उनले यरूशलेममा एक छेऊदेखि अर्को छेउसम्म रगतले भरे अनि ती सबै पाप कामहरूको अतिरिक्त छन् जसले यहूदालाई पाप काम गर्न लगाए। मनश्शेले यहूदालाई ती कामहरू गर्न लगाए जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो।”‘
2 इतिहास 24:22
राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देख्नु हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
भजनसंग्रह 10:8
ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन। तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्।
हितोपदेश 1:11
त्यस्ता मानिसहरूले भन्लान, “हामी सित आऊ, हामी लुकेर ढुकौं अनि कसैलाई मार्नेछौं। हामी निर्दोष मानिसमाथि जाईलाग्नेछौं।
हितोपदेश 1:18
यसर्थ जो मानिस निर्दोष मानिसलाई हत्या गर्न लुकेर बसेको हुन्छ, वास्तवमा त्यो मानिस त्यस्तै जालमा फँसेर मर्छ।
यर्मिया 26:15
तर यदि तिमीहरूले मलाई मार्यौ भने, एउटा कुराको लागि निश्चित हौ। कि तिमीहरू एक निर्दोष मानिसको हत्यारा हुनेछौ। तिमीहरूले यो शहर र यसमा बस्ने सबै मानिसहरूलाई दोषी बनाउँनेछौ। किनभने उहाँ परमप्रभु नै हुनुहुन्छ जसले मलाई ती वचनहरू तिमीहरूलाई भन्न पठाउनु भयो जो तिमीहरूले सुन्यौ।”
प्रेरित 28:4
त्यहाँ बस्नेहरूले पावलको हातमा साँप झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। उ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”
उत्पत्ति 4:8
कयिनले उसको भाइलाई भने, “हामी खेतमा जाऔं!” अनि तिनीहरु खेतमा गएका थिए, कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो।