2 शमूएल 15:24 in Nepali

नेपाली नेपाली बाइबल 2 शमूएल 2 शमूएल 15 2 शमूएल 15:24

2 Samuel 15:24
सादोक र तिनीसंग भएका लेवीनीहरूले परमेश्वरको करारको सन्दूक बोकेका थिए। तिनीहरूले परमेश्वरको पवित्र सन्दूकलाई राखे। अनि एबीयातारले मानिसहरूले दाऊदसित यरूशलेम नछाडुन्जेलसम्म प्रार्थना गरे।

2 Samuel 15:232 Samuel 152 Samuel 15:25

2 Samuel 15:24 in Other Translations

King James Version (KJV)
And lo Zadok also, and all the Levites were with him, bearing the ark of the covenant of God: and they set down the ark of God; and Abiathar went up, until all the people had done passing out of the city.

American Standard Version (ASV)
And, lo, Zadok also `came', and all the Levites with him, bearing the ark of the covenant of God; and they set down the ark of God; and Abiathar went up, until all the people had done passing out of the city.

Bible in Basic English (BBE)
Then Zadok came, and Abiathar, and with them the ark of God's agreement: and they put down the ark of God, till all the people from the town had gone by.

Darby English Bible (DBY)
And behold, Zadok also, and all the Levites with him, bearing the ark of the covenant of God; and they set down the ark of God; and Abiathar went up, until all the people had passed completely out of the city.

Webster's Bible (WBT)
And lo, Zadok also, and all the Levites were with him bearing the ark of the covenant of God: and they set down the ark of God; and Abiathar went up, until all the people had done passing out of the city.

World English Bible (WEB)
Behold, Zadok also [came], and all the Levites with him, bearing the ark of the covenant of God; and they set down the ark of God; and Abiathar went up, until all the people had done passing out of the city.

Young's Literal Translation (YLT)
and lo, also Zadok, and all the Levites with him, bearing the ark of the covenant of God, and they make the ark of God firm, and Abiathar goeth up, till the completion of all the people to pass over out of the city.

were
And
וְהִנֵּ֨הwĕhinnēveh-hee-NAY
lo
גַםgamɡahm
also,
צָד֜וֹקṣādôqtsa-DOKE
Zadok
all
וְכָֽלwĕkālveh-HAHL
and
the
הַלְוִיִּ֣םhalwiyyimhahl-vee-YEEM
Levites
with
אִתּ֗וֹʾittôEE-toh
bearing
him,
נֹֽשְׂאִים֙nōśĕʾîmnoh-seh-EEM

אֶתʾetet
the
ark
אֲרוֹן֙ʾărônuh-RONE
covenant
the
of
בְּרִ֣יתbĕrîtbeh-REET
of
God:
הָֽאֱלֹהִ֔יםhāʾĕlōhîmha-ay-loh-HEEM
down
set
they
and
וַיַּצִּ֙קוּ֙wayyaṣṣiqûva-ya-TSEE-KOO

אֶתʾetet
the
ark
אֲר֣וֹןʾărônuh-RONE
God;
of
הָֽאֱלֹהִ֔יםhāʾĕlōhîmha-ay-loh-HEEM
went
up,
וַיַּ֖עַלwayyaʿalva-YA-al
and
Abiathar
אֶבְיָתָ֑רʾebyātārev-ya-TAHR
until
עַדʿadad
had
תֹּ֥םtōmtome
done
all
כָּלkālkahl
the
people
הָעָ֖םhāʿāmha-AM
passing
לַֽעֲב֥וֹרlaʿăbôrla-uh-VORE
out
of
מִןminmeen
the
city.
הָעִֽיר׃hāʿîrha-EER

Cross Reference

2 शमूएल 8:17
अहीतूबका छोरा सादोक र एबीयातारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए।

गन्ती 4:15
“जब हारून र तिनका छोराहरूले पवित्र सर-सामानहरू छोपिदिन सक्छन् तब कहाती वंशका मानिसहरूले त्यस समानहरू बोक्न शुरू गर्न सक्छन् र यसरी तिनीहरूले पवित्रस्थान स्पर्श गर्ने छैनन् नत्र तिनीहरू मर्नेछन्। भेट हुने पालको सबै सर-समानहरू कहातीहरूले नै बोकुन्।

2 शमूएल 20:25
शेबा सचिव थिए। सादोक र एबीयातार दुवै पूजाहारी थिए।

1 शमूएल 22:20
तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाहि अहीतूबका छोरा थिए। एबीयातार भागेर गए र दाऊदसँग मिले।

1 राजा 1:8
तर धेरै मानिसहरू अदोनियाहले गरेको कामसँग सहमत थिएनन् उनीहरू दाऊदका नै भक्त थिए। उनीहरू पूजाहारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई अनि राजा दाऊदका विशेष अगंरक्षकहरू थिए। यसर्थ यी मानिसहरू अदोनियाहको पक्षमा भएनन्।

1 राजा 2:35
तब सुलेमानले यहोयादाका छोरा बनायाहलाई योआबको ठाउँमा सेनाको सेनापति बनाए। सुलेमानले एबीयातारको ठाउँमा सादोकलाई नयाँ पूजाहारीको पदमा नियुक्त पनि गरे।

1 राजा 4:2
शासन गर्नमा उनलाई सहयोग गर्ने प्रमुख अधिकारीहरूको नाम यी हुन्।सादोकका छोरा अजर्याह। अजर्याह पूजाहारी थिए।

1 इतिहास 6:8
अहीतूब सादोकका पिता थिए। सादोक अहीमासका पिता थिए।

1 इतिहास 15:2
तब दाऊदले भने, “लेवीहरूलाई मात्र करारको सन्दूक बोक्ने अनुमति छ। किनभने तिनीहरू हुन् जसलाई परमप्रभुले करारको सन्दूक बोक्न अनि सदा सर्वदा उहाँको सेवा गर्नका निम्ति छान्नु भएको थियो।”

इजकिएल 48:11
यो भूमि सादोक परिवारको निम्ति हुनेछ। यी मानिसहरू मेरो पवित्र पूजाहारीको लागि छानिएका थिए। किन? किनभने तिनीहरूले त्यति बेला पनि मेरो सेवा जारी राखे, जति बेला इस्राएलका अरू मानिसहरूले मलाई छोडिसकेका थिए। सादोकको परिवारले मलाई लेवी कुल समूहको अरू मानिसहरूले जस्तै छोडेनन्।

2 शमूएल 15:35
पूजाहारी सादोक र एबीयातार पनि तिमी सितै हुनेछन्। राजदरवारमा सुनेका कुरा सबै तिनीहरूलाई बताउने छौ।

2 शमूएल 15:27
राजाले पूजाहारी सादोकलाई भने, “तिमी एकजना द्रष्टा (अगमवक्ताको अर्को नाम) पनि हौ। शान्तसित शहर फर्क। साथमा तिम्रो छोरा अहीमास र एबीयातारका छोरा जोनाथन पनि लैजाऊ।

यहोशू 3:3
अगुवाहरूले मानिसहरूलाई आज्ञा दिए। तिनीहरूले भने, “तिमीहरूले पूजाहारी अनि लेवीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरको करारको सन्दूक बोकेका देख्ने छौ त्यसबेला तिमीहरू तिनीहरूको पछि लाग्नु पर्छ।

यहोशू 3:6
तब, यहोशूले पूजाहारीहरूलाई भने, “करारको सन्दूक लेऊ अनि मानिसहरूको अघि गएर नदी पारी जाऊ।” यसकारण पूजाहारीहरूले सन्दूक उठाए अनि बोकेर मानिसहरूको अगाडी गए।

यहोशू 3:15
फसल कटनीको समयमा यर्दन नदी किनार माथि माथि भएर बग्छ। यसर्थ नदी पूर्ण रूपले भरिएको थियो। पूजाहारीहरू, जसले सन्दूक बोकेका थिए, नदीका किनारमा आए र तिनीहरूले पानीमा टेके।

यहोशू 4:16
“पूजाहारीहरूलाई यर्दन नदीबाट बाहिर निस्कनु भनी आदेश दे।”

यहोशू 6:4
पूजाहारीहरूलाई पवित्र सन्दूक बोक्नु भन। सातजना पूजाहारीहरूलाई भेडाको सींगबाट बनाएको तुरही बोक्नु भन अनि पवित्र सन्दूकको अघि अघि हिंड्नु भन। सातैं दिनमा, शहर वरिपरि सात पल्ट घुम। सातैं दिनमा तिनीहरू हिंड्दा पूजाहारीहरूलाई, तुरही बजाउनु भन।

यहोशू 6:6
यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई साथमा बोलाए। यहोशूले तिनीहरूलाई भने, “परमप्रभुको पवित्र सन्दूक बोक। अनि सातजना पूजाहारीहरूलाई तुरही बोकेर सन्दूकको अगि अगि हिंडनु भन।”

1 शमूएल 4:3
बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बूढा प्रधानले सोधे, “परमप्रभुले पलिश्तीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउँनु हुनेछ।”

1 शमूएल 4:11
पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हात पारे र एलीका दुवै छोरा, होप्नी र पीनहासलाई मारे।

2 शमूएल 6:13
जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अघि हिडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा साँढे र मोटो बाछा बलि चढाए।

गन्ती 7:9
कहातीहरूलाई तिनले केही पनि दिएनन् किनभने तिनीहरूले गर्नु पर्ने सेवा केवल पवित्र सर-सामानहरू काँधमा बोक्नु मात्र थियो।