2 राजा 17:20 in Nepali

नेपाली नेपाली बाइबल 2 राजा 2 राजा 17 2 राजा 17:20

2 Kings 17:20
परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई अस्वीकार गर्नुभयो। उहाँले तिनीहरूमाथि धेरै संकटहरू ल्याउनुभयो अनि, अन्तमा उहाँले तिनीहरूलाई बाहिर फ्याँकी दिनुभयो अनि आफ्नो नजरबाट बाहिर राख्नुभयो।

2 Kings 17:192 Kings 172 Kings 17:21

2 Kings 17:20 in Other Translations

King James Version (KJV)
And the LORD rejected all the seed of Israel, and afflicted them, and delivered them into the hand of spoilers, until he had cast them out of his sight.

American Standard Version (ASV)
And Jehovah rejected all the seed of Israel, and afflicted them, and delivered them into the hand of spoilers, until he had cast them out of his sight.

Bible in Basic English (BBE)
So the Lord would have nothing to do with all the offspring of Israel, and sent trouble on them, and gave them up into the hands of their attackers, till he had sent them away from before his face.)

Darby English Bible (DBY)
And Jehovah rejected all the seed of Israel; and afflicted them, and delivered them into the hand of spoilers, until he had cast them out of his sight.

Webster's Bible (WBT)
And the LORD rejected all the seed of Israel, and afflicted them, and delivered them into the hand of spoilers, until he had cast them out of his sight.

World English Bible (WEB)
Yahweh rejected all the seed of Israel, and afflicted them, and delivered them into the hand of spoilers, until he had cast them out of his sight.

Young's Literal Translation (YLT)
And Jehovah kicketh against all the seed of Israel, and afflicteth them, and giveth them into the hand of spoilers, till that He hath cast them out of His presence,

And
the
Lord
וַיִּמְאַ֨סwayyimʾasva-yeem-AS
rejected
יְהוָ֜הyĕhwâyeh-VA
all
בְּכָלbĕkālbeh-HAHL
the
seed
זֶ֤רַעzeraʿZEH-ra
Israel,
of
יִשְׂרָאֵל֙yiśrāʾēlyees-ra-ALE
and
afflicted
וַיְעַנֵּ֔םwayʿannēmvai-ah-NAME
them,
and
delivered
וַֽיִּתְּנֵ֖םwayyittĕnēmva-yee-teh-NAME
hand
the
into
them
בְּיַדbĕyadbeh-YAHD
of
spoilers,
שֹׁסִ֑יםšōsîmshoh-SEEM
until
עַ֛דʿadad

אֲשֶׁ֥רʾăšeruh-SHER
cast
had
he
הִשְׁלִיכָ֖םhišlîkāmheesh-lee-HAHM
them
out
of
his
sight.
מִפָּנָֽיו׃mippānāywmee-pa-NAIV

Cross Reference

2 राजा 15:29
अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।

यर्मिया 6:30
तिनीहरूलाई ‘खोटो चाँदी’ भनिनेछ। तिनीहरूलाई त्यो नाउँ दिइने छ किनभने परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नु भयो।”

2 राजा 13:3
तब परमप्रभु इस्राएलसित रिसाउनुभयो। परमप्रभुले इस्राएललाईलामो समय सम्मको निम्ति अरामका राजा छोरा हजाएल र हजाएलका छोरा बेनहददको अधीनमा दिनुभयो।

यर्मिया 31:36
परमप्रभुले यी कुराहरू भन्नुहुन्छ “यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र इस्राएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोकनेछन्।”

यर्मिया 33:24
“यर्मिया, तिमीले सुन्यौ, मानिसहरूले के भनिरहेछन्? ती मानिसहरूले भनिरहेका छन्, ‘परमप्रभुले यहूदा र इस्राएलका परिवारहरूलाई जसलाई चुन्नुभएको थियो ती दुइलाई त्याग गर्नु भयो। तिनीहरूले मेरा मानिसहरूलाई घृणा गर्छन अनि तिनीहरूलाई एउटा जाति भनी भन्नु चाहँदैनन्।”

यर्मिया 46:28
परमप्रभु भन्नुहुन्छ, “हे याकूब, मेरो दास! नडराऊ। म तिमीसँग छु। मैले तिमीलाई जहाँ पठाएको थिए ती जाति-जातिहरू सबै ध्वंस पार्नेछु। तर म तिमीलाई पूर्णरूपले ध्वंस गर्ने छैन। आवश्यकता अनुसार म तिमीलाई सुधार्नेछु र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”

योना 1:3
योनाले परमेश्वर को कुरा मानेनन्। यशैकारण योना परमप्रभुबाट टाढा कतै भाग्ने प्रयास गरे। त्यसैले उनी यापो तिर गए। योना एउटा जहाजमा चढे जुन र्तशिशतिर जाँदै थियो। योनाले आफ्नो यत्राको निम्ति पैसा दियो अनि जहाजभित्र गएर बस्यो। योनाको इच्छा थियो कि उनी त्यो जहाजमा अरु मानिसहरुसितै र्तशिश जाने अनि परमप्रभुबाट कतै टाढा भाग्ने।

योना 1:10
योनाले मानिसहरुसंग भने, मानिसहरुले यो कुरा थाहा पाए कि तिनी परमप्रभुबाट टाढा भाग्दैछन्। तब तिनीहरु अत्यन्तै डराए। अनि मानिसहरुले योनालाई सोधे, “तिमिले आफ्नो परमेश्वरको बिरुद्धमा किन नराम्रो काम गर्यौ?”

मत्ती 25:41
“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।

रोमी 11:1
तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ।

2 थिस्सलोनिकी 1:9
तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस्न दिइनेछैन। उहाँका सर्वोच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ।

यशैया 45:25
असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्।

नहेम्याह 9:27
यसर्थ तिनीहरूलाई तपाईंले उनीहरुको शत्रुहरूलाई सुम्पि दिनुभयो। अनि शत्रुहरूले तिनीहरूलाई नराम्रो प्रकारले सताए, तिनीहरूको आफ्तको समयमा तपाईंको सहायताका निम्ति पुकारा गरे अनि तपाईंले स्वर्गबाट तिनीहरूको रोदन सुन्नुभयो। तपाईंको महान कृपाको कारण तिनीहरूको लागि उद्धारकर्त्ताहरू प्रदान गर्नुभयो।

नहेम्याह 9:2
इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे।

1 शमूएल 15:23
आज्ञा पालन नगर्नु चाहि तन्त्रमन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहि मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”

1 शमूएल 15:26
तर शमूएलले शाऊललाई भने, “म तपाईंसँग जाँदिन। तपाईंले परमप्रभुको वचनलाई उलंघन गर्नुभयो अनि अहिले परमप्रभुले पनि राजा अस्वीकार गरिदिनुभएको छ।”

1 शमूएल 16:1
परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छसू? शाऊललाई मैले इस्राएलको राजापदबाट हटाइसके तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”

2 राजा 13:7
अरामका राजाले योआहाजको सेनालाई परास्त गरे। अरामका राजाले सेनाका धेरै मानिसहरू मारे। उनले मात्र 50 वटा घोडा सैनिकहरू, 10 वटा रथहरू अनि 10,000 पैदल सैनिकहरू छोडि दिए। योआहाजका सैनिकहरू दाँई गर्दा हावाले उडाएको भुस जस्तै भए।

2 राजा 15:18
मनहेमले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। मनहेमले नबातका छोरा यारोबामले गरे जस्तो पाप कामबन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।

2 राजा 17:15
मानिसहरूले परमप्रभुको नियम र पुर्खाहरूसंग भएको उहाँको करार मान्न स्वीकारेनन्। तिनीहरू परमप्रभुको चेताउनी सुन्न तयार भएनन्। तिनीहरूले देवमूर्तिहरूको पूजा गरे जो कामै नलाग्ने थिए अनि तिनीहरू आफै पनि काम नलाग्ने भए। तिनीहरू आफ्ना वरिपरि भएका राष्ट्रहरूका मानिसहरू जस्तै जीवन यापन गर्न थाले। तिनीहरूले त्यस्तै खराब कामहरू गरे। अनि परमप्रभुले इस्राएलका मानिसहरूलाई चेताउनी दिनुभएको थियो। परमप्रभुले तिनीहरूलाई त्यस्ता खराब कामहरू नगर्नु भन्नुभएको थियो।

2 राजा 17:18
यस कारण परमप्रभु इस्राएलमाथि साह्रै रिसाउनुभयो अनि आफ्नो नजर देखि टाढामा राख्नुभयो। यहूदाका परिवार समूहबाहेक कोही इस्राएली रहेको थिएन।

2 राजा 18:9
अश्शूरका राजा शल्मनेसेर सामरियाको विरोधमा युद्ध गर्न गए। उनको सैनिकले शहरलाई घेरे यो घटना यहूदाका राजा हिजकियाहको शासन कालको चौथो वर्षमा भयो। एलाका छोरा होशे इस्राएलका राजा भएको सातौ वर्ष पनि थियो।

1 इतिहास 16:13
इस्राएलका मानिसहरू परमप्रभुका दास हुन्। याकूबका सन्तानहरू परमप्रभुका चुनिएका मानिसहरू हुन्।

2 इतिहास 28:5
आहाजले पाप गरे, यसर्थ परमप्रभु तिनका परमेश्वरले अरामका राजालाई आहाजलाई परास्त गर्न दिनु भयो। अरामका राजा अनि तिनका सेनाले आहाजलाई परास्त गरे अनि यहूदाका अनेक मानिसहरूलाई बन्दी बनाए। अरामका राजाले ती बन्दीहरूलाई दमीशक शहरमा लगे। परमप्रभुले इस्राएलका राजा पेकहलाई पनि आहाजलाई परास्त गर्न दिनु भयो। पेकहका पिताको नाउँ रमल्याह थियो। पेकह अनि तिनका सेनाले यहूदाका 1,20,000 साहसी सैनिकहरूलाई एकै दिनमा मारे।

व्यवस्था 11:12
परमप्रभु तिमीहरूका परमेश्वरले त्यस भूमिको हेरचाह गर्नुहुन्छ अनि वर्षको शुरूदेखि अन्तसम्मै आफ्नो दृष्टि त्यस भूमिमाथि राख्नुहुन्छ।