1 Corinthians 9:19
म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु।
1 Corinthians 9:19 in Other Translations
King James Version (KJV)
For though I be free from all men, yet have I made myself servant unto all, that I might gain the more.
American Standard Version (ASV)
For though I was free from all `men,' I brought myself under bondage to all, that I might gain the more.
Bible in Basic English (BBE)
For though I was free from all men, I made myself a servant to all, so that more might have salvation.
Darby English Bible (DBY)
For being free from all, I have made myself bondman to all, that I might gain the most [possible].
World English Bible (WEB)
For though I was free from all, I brought myself under bondage to all, that I might gain the more.
Young's Literal Translation (YLT)
for being free from all men, to all men I made myself servant, that the more I might gain;
| For | Ἐλεύθερος | eleutheros | ay-LAYF-thay-rose |
| though I be | γὰρ | gar | gahr |
| free | ὢν | ōn | one |
| from | ἐκ | ek | ake |
| all | πάντων | pantōn | PAHN-tone |
| servant made I have yet men, | πᾶσιν | pasin | PA-seen |
| myself | ἐμαυτὸν | emauton | ay-maf-TONE |
| unto all, | ἐδούλωσα | edoulōsa | ay-THOO-loh-sa |
| that | ἵνα | hina | EE-na |
| I might gain | τοὺς | tous | toos |
| the | πλείονας | pleionas | PLEE-oh-nahs |
| more. | κερδήσω· | kerdēsō | kare-THAY-soh |
Cross Reference
मत्ती 18:15
“यदि तिम्रा भाइ वा बहीनीले तिम्रो विरुद्धमा केही गल्ती गर्यो भने जब उ एकान्तमा हुन्छ तिमी उसकोमा जाऊ। अनि उसले के गल्ती गरेको छ भनेर सम्झाऊ। यदि त्यो मानिसले तिमीलाई सुन्न चाहे, भने उसलाई तिमीले आफ्नो गरायौ।
गलाती 5:13
मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर।
1 पत्रुस 3:1
त्यसरीनै तिमी पत्नीहरुले आफ्ना पतिहरु अघि समर्पण गर। तब, यदि तिमीहरु कसैका पतिले परमेश्वरको शिक्षा स्वीकार गर्दैनन् भने केही नभनी तिमीहरुको व्यवहारले नै तिनीहरु जितिनेछन्।
2 तिमोथी 2:10
यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ।
2 कोरिन्थी 4:5
हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं।
1 कोरिन्थी 10:33
म त्यसै गर्छु। म हरेकलाई हरतरहले खुशी पार्न खोज्छु। मैले कहिल्यै पनि आफूलाई मात्र लाभ गराउने कुनै काम गर्ने कोशिश गरेको छैन। म धेरैभन्दा धेरै मानिसको भलाई गर्ने कुरहारू कोशिश गर्छु जसमा कि मैले तिनीहरूलाई बचाउनु सकुँ।
1 कोरिन्थी 9:1
म स्वतन्त्र छु! एकजना प्रेरित हुँ। मैले हाम्रा प्रभु येशूलाई देखेको छु। तिमीहरू प्रभुमा मेरो कामको फल हौ।
मत्ती 20:26
तर तिमीहरू चाहिँ त्यस्तो हुनु हुँदैन। यदि तिमीहरूमध्ये कोही ठूलो मानिस हुन चाहन्छौ भने, ऊ नोकर जस्तो भएर अरूको सेवा गर्नुपर्छ।
1 तिमोथी 4:16
आफ्नो जीवनको र आफ्नो शिक्षणको ध्यान राख। उचित रूपले जीवन जिउँदै अनि शिक्षा दिंदै जाऊ। तब तिमीले आफैलाई अनि तिम्रा शिक्षा सुन्नेहरूलाई बचाउनेछौ।
याकूब 5:19
मेरा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू मध्ये एकजना सत्यदेखि बरालीन सक्छौ। अनि अर्को व्यक्तिले उसलाई सत्यतर्फ फर्की आउन सहायता गर्न सक्छ।
1 कोरिन्थी 9:20
यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफै कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ।
रोमी 15:2
तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ।
रोमी 1:14
मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छः ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू।
यूहन्ना 13:14
तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ।
हितोपदेश 11:30
धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले आरूलाई नयाँ जीवन दिन्छन्।
गलाती 5:1
ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।
रोमी 11:14
म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई इर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उद्धार गर्न सक्छु।
1 कोरिन्थी 7:16
परमेश्वरले हामीलाई शान्तिमय जीवनको निम्ति बोलाउनु भएकोछ। पत्नीहरू, तिमीहरूले नै आ-आफ्ना पतिलाई बचाउन सकौला, र पतिहरू, तिमीहरूले नै आ-आफ्ना पत्नीलाई बचाउन सकौला। पछि के हुने हो तिमीहरू अहिले जान्दैनौ।