John 10:2
तर कुनै मानिस ढोका खोलेर गोठमा पस्दछ तब ऊ गोठाला हो।
John 10:2 in Other Translations
King James Version (KJV)
But he that entereth in by the door is the shepherd of the sheep.
American Standard Version (ASV)
But he that entereth in by the door is the shepherd of the sheep.
Bible in Basic English (BBE)
He who goes in by the door is the keeper of the sheep.
Darby English Bible (DBY)
but he that enters in by the door is [the] shepherd of the sheep.
World English Bible (WEB)
But one who enters in by the door is the shepherd of the sheep.
Young's Literal Translation (YLT)
and he who is entering through the door is shepherd of the sheep;
| But | ὁ | ho | oh |
| he that | δὲ | de | thay |
| entereth in | εἰσερχόμενος | eiserchomenos | ees-are-HOH-may-nose |
| by | διὰ | dia | thee-AH |
| the | τῆς | tēs | tase |
| door | θύρας | thyras | THYOO-rahs |
| is | ποιμήν | poimēn | poo-MANE |
| the shepherd | ἐστιν | estin | ay-steen |
| of the | τῶν | tōn | tone |
| sheep. | προβάτων | probatōn | proh-VA-tone |
Cross Reference
Acts 20:28
तिमीहरू आपै र सबै बगालको निम्ति सावधान बस्। पवित्र आत्माले तिमीहरूलाई त्यो बगालको हेरचाह गर्न अनि परमेश्वरको मण्डलीको गोठालो गर्न सुम्पिनु भएको छ, जुन परमेश्वरले मण्डलीलाई आफ्नै रगतले किन्नु भएको छ।
John 10:14
“म त्यो गोठालो हुँ जसले भेडालाई साँचो मनले रक्षा गर्छ। म मेरा भेडाहरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ।
Psalm 23:1
परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
John 10:7
येशूले फेरि भन्नुभयो, “म साँचो भन्दछु। म भेडाहरूको लागि ढोका हुँ।
John 10:9
म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ।
John 10:11
“म असल गोठालो हुँ। असल गोठालोले भेडाका निम्ति आफ्नो जीवन प्रदान गर्दछ।
Hebrews 13:20
म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेडाका ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो।
1 Peter 2:25
तिमीहरु भेंडा जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरु गोठाला अनि तिमीहरुका प्राणको रक्षक तर्फ र्फकि आएकाछौ।
1 Peter 5:4
तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरुले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।
Revelation 1:20
तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरु अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरुको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरु सातवटा मण्डलीहरु हुन्। ती सातवटा ताराहरु सातवटा मण्डलीका स्वर्गदूतहरु हुन्।
Titus 1:5
मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडे
1 Timothy 4:14
तिमीमा भएको वरदानलाई काममा लाउने कुरो याद गर। त्यो बरदान तिमीलाई अगुवाहरूको समूहले तिमीमाथि हात राखेर अगमवाणी गरी दिएकाछन्।
1 Timothy 3:2
अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस्। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियंत्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। उ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ।
Ecclesiastes 12:11
ज्ञानी मानिसको शब्दहरू छरिता सिर्कना जस्ता हुन्छन् जसको प्रयोग मानिसहरू पशुहरूलाई ठीक बाटोमा हिंडाउँन गर्छन्। ती शिक्षाहरू दह्रिलो प्रकारले ठोकेको काँटीहरू झैं हुन्छन् ती एउटा गोठालाबाट आउँछन्।
Isaiah 40:11
गोठालेले भेडा डोर्याए झैं परमप्रभुले आफ्ना मानिसहरूलाई डोर्याउनु हुनेछ। परमप्रभुले आफ्ना शक्ति चलाउनु हुनेछ अनि आफ्ना भेडाहरू एकत्रित पार्नुहुनेछ। परमप्रभुले साना पाठो उठाउनुहुनेछ अनि आफ्नो पाखुरामा च्याप्नु हुनेछ, तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।
Isaiah 63:11
तर धेरै वर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ। उहाँ मोशा र मानिसहरूको बारेमा सोच्नु हुन्छ। परमप्रभु नै एकजना हुनुहुन्छ जसले मानिसहरूलाई समुद्रबाट ल्याउनु भयो। परमप्रभुले आफ्ना भेंडाहरू डोर्याउन आफ्नो गोठाला प्रयोग गर्नु भयो। तर परमप्रभु, जसले आफ्नो आत्मा तिनीहरूमा स्थापित गर्नु भयो, अहिले कहाँ हुनुहुन्छ?
Ezekiel 34:23
त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफै खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ।
Micah 5:5
यहीं शान्ति हुनेछ जब अश्शूरी हाम्रो देशमा आउँछ र त्यले हाम्रो देशमा खुट्टा टेक्छ तब हामी त्यसको बिरूद्धमा सात गोठाला र आठ अगुवाहरु खडा गर्नेछौं।
Zechariah 11:3
गोठालाहरू रुएको सुन! तिनीहरूको महिमा ध्वंश भएको छ। जवान सिंहको गर्जन सुन, यर्दन नदीको किनारको तिनीहरूको बाकलो जङ्गल उजाड गराइएको छ।
Zechariah 11:5
तिनीहरू जसले भेडा किन्छन् तिनीहरूले भेडालाई मार्छन्, अनि तिनीहरू दण्डित हुँदैनन्। ब्यापारीले भेडालाई बेच्छ अनि भन्छ, ‘परमप्रभुको प्रशंसाहोस् किनभने म धनी भएँ।’ गोठालाहरू अफ्ना भेडाहरूका निम्ति शोक मनाउँदैनन्।
Zechariah 11:8
मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेडाहरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले।
Zechariah 13:7
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिर्काऊ, मेरो साथीलाई हिर्काऊ। मेरो गोठाला अनि भेंडालाई प्रहार गर! भेंडा भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।
Psalm 80:1
हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्। तपाईंले यूसुफका भेडाहरू डोर्याउनु भयो। तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ। हामी तपाईंलाई हेर्छौं।