Jeremiah 5:10
यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ दाखका काट। तर सम्पूर्ण प्रकारले नष्ट नगर। तिनीहरूका सबै हाँगाहरू काटी फाल। किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्।
Jeremiah 5:10 in Other Translations
King James Version (KJV)
Go ye up upon her walls, and destroy; but make not a full end: take away her battlements; for they are not the LORD's.
American Standard Version (ASV)
Go ye up upon her walls, and destroy; but make not a full end: take away her branches; for they are not Jehovah's.
Bible in Basic English (BBE)
Go up against her vines and make waste; let the destruction be complete: take away her branches, for they are not the Lord's.
Darby English Bible (DBY)
Go up upon her walls, and destroy; but make not a full end; take away her battlements, for they are not Jehovah's.
World English Bible (WEB)
Go up on her walls, and destroy; but don't make a full end: take away her branches; for they are not Yahweh's.
Young's Literal Translation (YLT)
Go ye up on her walls, and destroy, And a completion make not, Turn aside her branches, for they `are' not Jehovah's,
| Go ye up | עֲל֤וּ | ʿălû | uh-LOO |
| upon her walls, | בְשָׁרוֹתֶ֙יהָ֙ | bĕšārôtêhā | veh-sha-roh-TAY-HA |
| destroy; and | וְשַׁחֵ֔תוּ | wĕšaḥētû | veh-sha-HAY-too |
| but make | וְכָלָ֖ה | wĕkālâ | veh-ha-LA |
| not | אַֽל | ʾal | al |
| end: full a | תַּעֲשׂ֑וּ | taʿăśû | ta-uh-SOO |
| take away | הָסִ֙ירוּ֙ | hāsîrû | ha-SEE-ROO |
| her battlements; | נְטִ֣ישׁוֹתֶ֔יהָ | nĕṭîšôtêhā | neh-TEE-shoh-TAY-ha |
| for | כִּ֛י | kî | kee |
| they | ל֥וֹא | lôʾ | loh |
| are not | לַיהוָ֖ה | layhwâ | lai-VA |
| the Lord's. | הֵֽמָּה׃ | hēmmâ | HAY-ma |
Cross Reference
Jeremiah 4:27
परमप्रभुले यी कुराहरू भन्नुभयो “सारा देश नै नष्ट हुनेछ। तर म पूर्ण रूपले यो भूमिलाई ध्वंस गर्ने छैन।
Jeremiah 39:8
बाबेलका सेनाले राजाको महल अनि यरूशलेमको मानिसहरूको घरहरू जलाइदिए। अनि तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काइदिए।
Psalm 78:61
परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो। शत्रुहरूले उहाँको “सुन्दर रत्न” लगे।
Ezekiel 9:5
तब मैले परमेश्वरले अरू छ जना मानिसहरूसित कुरा गरेको सुनें, “म चाहन्छु कि तिमी प्रथम मानिसलाई अनुसरण गर। तिमीले ती सबै मानिसहरूलाई मार जसको निधारमा चिन्ह छैन्। यो केही नसोच कि बूढा-मानिस, युवक, युवती, नानी अथवा आमाहरू हुन् भनेर।
Ezekiel 12:16
“तर म कतिपय मानिसहरूलाई जीवित राख्नेछु। तिनीहरू रोग, अनिकाल र युद्धद्वारा मर्ने छैनन्। म तिनीहरूलाई यसकारण जीवित राख्नेछु कि तिनीहरू अन्य मानिसहरूसँग त्यो घिनलाग्दो कामको बारेमा भन्न नसकुन् जुन तिनीहरूले मेरो विरूद्ध गरे। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”
Ezekiel 14:17
परमेश्वरले भन्नुभयो, “अथवा त्यस देशको विरूद्ध लड्नका निम्ति म शत्रुका सेना पठाउँन सक्छु। ती सैनिकले त्यो देश नष्ट पारिदिन्छन्। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु।
Hosea 1:9
तब परमप्रभुले भन्नुभयो, “यसको नाउँ लो-अम्मी राख्नु। किन? किनभने त्यो मेरो मानिस होइन। म तिमीहरूको परमेश्वर होइन।”
Amos 9:8
हे परमप्रभु मेरा मालिकको! आँखाहरु पापपूर्ण राज्यमाथि छन्। परमप्रभुले भन्नुभयो, “म इस्राएललाई पृथ्वीबाट सम्पुर्ण रूपले ध्वंश पार्नेछु। तर म याकुबकोघरलाई ध्वंश गर्नेछैन।”
Matthew 22:7
यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।
Jeremiah 51:20
परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं, मेरो युद्धको हतियार। मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंश पार्नुलाई चलाएँ।
Jeremiah 46:28
परमप्रभु भन्नुहुन्छ, “हे याकूब, मेरो दास! नडराऊ। म तिमीसँग छु। मैले तिमीलाई जहाँ पठाएको थिए ती जाति-जातिहरू सबै ध्वंस पार्नेछु। तर म तिमीलाई पूर्णरूपले ध्वंस गर्ने छैन। आवश्यकता अनुसार म तिमीलाई सुधार्नेछु र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”
2 Chronicles 36:17
यसर्थ परमेश्वरले बाबेलका राजालाई यहूदा अनि यरूशलेमका मानिसहरू माथि आक्रमण गर्न निम्ति ल्याउनु भयो। बाबेलका राजाले युवाहरूलाई मन्दिरमा भएको समयमा पनि मारिदिए। यहूदा अनि यरूशलेमका मानिसहरू प्रति तिनको केही दया-माया थिएन। बाबेलका राजाले युवा अनि बृद्ध मानिसहरूलाई मारे। तिनले पुरूष अनि स्त्रीहरूलाई मारे। तिनले रोगी अनि स्वस्थ्य मानिसहरूलाई मारे। परमेश्वरले यहूदा अनि यरूशलेमका मानिसहरू दण्ड दिनु नबूकदनेसरलाई अनुमति दिन भयो।
Isaiah 10:5
परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु।
Isaiah 13:1
परमेश्वरले आमोसको छोरा यशैयालाई यस्तो बाबेलको विषयमा दुःखको सन्देश बताउनु भयोः
Jeremiah 5:18
यो सन्देश परमप्रभुबाट आएको हो, “जब ती संकटका दिनहरू तिमीहरूमाथि आइपर्नेछ, म सम्पूर्ण रूपले ध्वंस पार्नेछैन।
Jeremiah 6:4
“यरूशलेमको विरूद्ध युद्ध गर्न तैयार हौ। उठ! मध्य-दिनमा हामी शहर आक्रमण गर्नेछौं। तर अति ढिलो भइसकेको छ। साँझको छाँयाहरू फैलिरहेका छन्।
Jeremiah 7:4
कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”
Jeremiah 25:9
यसकारण म उत्तरका सबै कुलहरूका मानसिहरूलाई र मेरो दास बाबेलका राजा नबूकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चारैतिरका सबै जातिहरूको विरूद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सूखा मरूभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु।”
Jeremiah 30:11
हे इस्राएल र यहूदका मानिसहरू, म तिमीहरूसँग छु।” यो परमेश्वरबाट आएको सन्देश हो। “म तिमीहरूको रक्षा गर्नेछु। मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें ती सब नष्ट पार्नेछु तर तिमीहरूलाई नष्ट पार्दिन। यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि सजाय भोग्ने पर्नेछ तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”
2 Kings 24:2
परमप्रभुले बाबेली, अरामी, मोआबेली तथा अम्मोनीहरूको दललाई यहोयाकीमको विरोधमा युद्ध गर्न पठाउनुभयो। परमप्रभुले ती दलहरू यहूदालाई नष्ट पार्न पठाउनुभयो। परमप्रभुले भन्नुभए जस्तै यस्तो भयो। परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरू ती कुराहरू भन्न पठाउनुभयो।