Jeremiah 44:22
तिनीहरूले गरेका कुकर्महरू परमप्रभुले जुन घृणा गर्नुहुन्छ अब सहनुहुन्न। यही कारणले तिमीहरूको देशमा कोही पनि बस्दैन र आज जस्तो छ, त्यो श्रापित, उजाड र बाँझो भएको छ.
Jeremiah 44:22 in Other Translations
King James Version (KJV)
So that the LORD could no longer bear, because of the evil of your doings, and because of the abominations which ye have committed; therefore is your land a desolation, and an astonishment, and a curse, without an inhabitant, as at this day.
American Standard Version (ASV)
so that Jehovah could not longer bear, because of the evil of your doings, and because of the abominations which ye have committed; therefore is your land become a desolation, and an astonishment, and a curse, without inhabitant, as it is this day.
Bible in Basic English (BBE)
And the Lord was no longer able to put up with the evil of your doings and the disgusting things you did; and because of this your land has become a waste and a cause of wonder and a curse, with no one living in it, as at this day.
Darby English Bible (DBY)
And Jehovah could no longer bear, because of the evil of your doings, [and] because of the abominations that ye had committed; and your land is become a waste, and an astonishment, and a curse, without inhabitant, as at this day.
World English Bible (WEB)
so that Yahweh could no longer bear, because of the evil of your doings, and because of the abominations which you have committed; therefore is your land become a desolation, and an astonishment, and a curse, without inhabitant, as it is this day.
Young's Literal Translation (YLT)
And Jehovah is not able any more to accept `you', because of the evil of your doings, because of the abominations that ye have done, and your land is for a waste, and for an astonishment, and for a reviling, without inhabitant, as `at' this day.
| So that the Lord | וְלֹֽא | wĕlōʾ | veh-LOH |
| could | יוּכַל֩ | yûkal | yoo-HAHL |
| no | יְהוָ֨ה | yĕhwâ | yeh-VA |
| longer | ע֜וֹד | ʿôd | ode |
| bear, | לָשֵׂ֗את | lāśēt | la-SATE |
| because | מִפְּנֵי֙ | mippĕnēy | mee-peh-NAY |
| evil the of | רֹ֣עַ | rōaʿ | ROH-ah |
| of your doings, | מַעַלְלֵיכֶ֔ם | maʿallêkem | ma-al-lay-HEM |
| because and | מִפְּנֵ֥י | mippĕnê | mee-peh-NAY |
| of the abominations | הַתּוֹעֵבֹ֖ת | hattôʿēbōt | ha-toh-ay-VOTE |
| which | אֲשֶׁ֣ר | ʾăšer | uh-SHER |
| committed; have ye | עֲשִׂיתֶ֑ם | ʿăśîtem | uh-see-TEM |
| therefore is | וַתְּהִ֣י | wattĕhî | va-teh-HEE |
| your land | אַ֠רְצְכֶם | ʾarṣĕkem | AR-tseh-hem |
| desolation, a | לְחָרְבָּ֨ה | lĕḥorbâ | leh-hore-BA |
| and an astonishment, | וּלְשַׁמָּ֧ה | ûlĕšammâ | oo-leh-sha-MA |
| curse, a and | וְלִקְלָלָ֛ה | wĕliqlālâ | veh-leek-la-LA |
| without | מֵאֵ֥ין | mēʾên | may-ANE |
| an inhabitant, | יוֹשֵׁ֖ב | yôšēb | yoh-SHAVE |
| as at this | כְּהַיּ֥וֹם | kĕhayyôm | keh-HA-yome |
| day. | הַזֶּֽה׃ | hazze | ha-ZEH |
Cross Reference
Jeremiah 25:18
मैले यो दाखरस यरूशलेम र यहूदाका शहरहरूमा खनाइदिएँ। मैले यहूदाका राजाहरू र अगुवाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखन्छन, मरूभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ।
Isaiah 7:13
तब यशैयाले भने, “हे दाऊदका घराना, ध्यानपूर्वक सुन! तिमीले मानिसहरूका धैर्यलाई जाँच्यौ अनि तिम्रो लागि यो त्यस्तो प्रमुख कुरा होइन। यसैले अब तिमीले मेरो परमेश्वरको धैर्य जाँच।
Isaiah 43:24
यसर्थ मेरो सम्मानकोलागि तिमीहरूले आफ्नो पैसाले केही पनि किनेनौ, तर तिमीहरूले मलाई आफ्नो पापको भारी बोकायौ। तिमीहरूले त्यतिञ्जेल पाप गर्यौ जब सम्म म तिमीहरूका नराम्रा कुराहरूले अत्यन्त कमजोर भईन्।
Jeremiah 18:16
तिनीहरूको भूमि जन शून्य एक निन्दाको वस्तु हुनेछ। त्यहाँबाट जाने पथिकहरू दुखित हुन्छन् अनि तिनीहरू आफ्नो टाउको हल्लाउँनेछन्।
Jeremiah 25:11
त्यो सम्पूर्ण क्षेत्र नै मरूभूमि जस्तो उजाड हुनेछ। यी सबै जातिहरूका मानिसहरूले सत्तरी वर्ष सम्म बाबेलका राजाको सेवा गर्नेछन्।
Jeremiah 25:38
परमप्रभु हिसंक सिंह ओडारबाट निस्केको जस्तै हुनुहुन्छ। परमप्रभुको बल्दै गरेको रीस र अत्याचारीहरूको रीसले तिनीहरूको देश उजाड निर्जन बनिएकोछ।
Jeremiah 44:12
यहूदामा केही बाँचेकाहरू जसले मिश्रमा जाने र बस्ने निर्णय लिएका छन् तिनीहरू सबै मिश्रमा मर्नेछन्। तिनीहरू साना देखि ठूला तिनीहरू स्तरका सबै तरवार र अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास, हाँसो अनि अपमानको पात्र हुनेछन्।
Malachi 2:17
तिमीहरूले परमेश्वरलाई शिक्षादेखि चिन्तित बनाएका छौ अनि त्यो झूटो शिक्षाले परमप्रभुलाई अत्यन्तै कष्ट दिएको छ। तिमीहरूले सोच्यौ कि परमेश्वर एउटामानिस जस्तै हो जसले खराब काम गर्छ। तिमीहरूले भन्यौ कि परमेश्वले उनीहरूलाई राम्रो सम्झनु हुन्छ अनि तिमीहरूले सोच्यौ कि परमेश्वरले नराम्रो कामको
2 Peter 3:7
अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरु अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरु विनाश गरिनेछन्।
Romans 9:22
यस्तै प्रकारले परमेश्वरले पनि काम गर्नुहुन्छ। परमेश्वरले आफ्नो क्रोध मानिसहरूमा प्रकट गर्न चाहनु भयो, जसमा कि उनीहरूले उहाँको शक्ति देखुन्। तर परमेश्वरले ठूलो धैर्यसित ती मानिसहरूलाई सहनु भयो जो विनाश हुनै आँटेका थिए।
Romans 2:4
के तिमी परमेश्वरका दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?
Amos 2:13
हेर, म तिमीहरुलाई अन्नले ठेलागाडी लादिए झैंदबाउनेछु।
Daniel 9:12
“हामीमाथि र यरूशलेममाथि संसारमा कहिल्यै नभएको विपत्ति ल्याएर हामी र हाम्रा शासकहरूको विषयमा भन्नु भएका सबै कुरा तपाईंले पूरा गर्नुभएको छ।
Ezekiel 5:13
तब मात्र म तिनीहरू प्रति क्रोधित हुन रोकिनेछु। तिनीहरूले नराम्रो कार्यहरू गरेकोमा म आफैले तिनीहरूमाथि बदला लिन तिनीहरूलाई घटाउनेछु। तब तिनीहरूले सम्झनेछन् म परमप्रभुले तिनीहरूको विरूद्धमा उत्साहित भएर काम गरेको छु।”
Lamentations 2:15
त्यो बाटो हिड्ने कुनै पनि मानिसले, अचम्मले थप्पडी मार्छन्। तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन् र टाउको हल्लाउँछन्। उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’ र ‘सारा पृथ्वीको आनन्द भन्ने गर्थे, यही शहर हो?’”
Genesis 6:5
परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरुमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरुले मनमा जे चिताउँद थिए सँधै विचारहरु नै दुष्टपूर्ण हुन्थ्यो।
Genesis 19:13
शहर छोड, किनभने हामी यसलाई नाश गर्न लागेका छौं। परमप्रभुलाई यो थाह भएकोछ यो शहर दुष्टहरूले भरिएको छ अनि उहाँले हामीलाई यो शहर नाश गर्न पठाउनु भएको छ।”
1 Kings 9:7
तब म इस्राएललाई त्यो भूमि छोडन वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुसरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु।
Psalm 95:10
चालीस वर्षसम्म म ती मानिसहरू गन-गन सहेर बसें। अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्। तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे।
Psalm 107:33
परमेश्वरले नदीहरूलाई पनि मरूभूमिमा परिवर्त्तन गर्नुभयो। परमेश्वरले झरनाहरू बहनुदेखि रोकिदिनु भयो।
Isaiah 1:24
ती सबै कुराहरूले गर्दा-मालिक, सेनाहरूका परमप्रभु इस्राएलका शक्तिशाली परमपवित्र परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई दण्ड दिनेछु। मेरो शत्रुहरू तिमीहरू मेरो लागि अब उप्रान्त दुःखका कारण हुने छैनौ,
Jeremiah 15:6
यरूशलेम, तिमीले मलाई त्याग्यौ।” यो सन्देश परमप्रभुबाट आएको छ। “तिमी जाऊ। यसकारण म तिमीलाई नष्ट पार्छु। तिमीलाई दया देखाउँदा देखाउँदा म थाकिसकें।
Jeremiah 24:9
“म तिनीहरूलाई जम्मै राज्यहरूमा डरलाग्दो र नराम्रो चीज बनाउनेछु। मैले तिनीहरूलाई जहाँ-जहाँ छरपस्ट पारेकोछु त्यहाँ तिनीहरूलाई अपमान, गिल्ला र श्राप का निम्ति पात्र बनाउँनेछु।
Jeremiah 26:6
तब म यो मन्दिरलाई शिलोहजस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।”
Jeremiah 29:19
यरूशलेममा बस्ने ती मानिसहरूले मेरो कुराहरू प्रति ध्यान नदिंदा मैले तेस्तो अनिष्ट कुराहरू तिनीहरू प्रति घटाउन लगाएको हो।” यो परमेश्वरबाट आएको सन्देश हो। “किनभने तिनीहरूले मेरा वचनहरू सुनेनन् जब मैले सेवक, अगमवक्ताहरू घरिघरि तिनीहरूकहाँ पठाएँ। तिनीहरूले कुनै ध्यान नै दिएनन्।” मेरो सन्देश परमप्रभुबाट आएको हो।
Jeremiah 44:2
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ; “मैले ल्याएका महा-आपतहरू तिमीहरूले यरूशलेम र यहूदाका शहरहरूमा देखेका छौ। ती शहरहरू भग्नावशेषमा मात्र छन् र त्यहाँ कोही मानिस बस्दैन।
Jeremiah 44:6
यही कारण मैले मेरो क्रोध यहूदा र यरूशलेमका मानिसहरूमाथि देखाएँ। मैले यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूलाई दण्ड दिएँ। मेरो क्रोधको कारणले यरूशलेम र यहूदाका शहरहरू भग्नावशेषमा परिणत भयो अनि आज ती शहरहरू जुन शून्य छन्।”
Genesis 6:3
तब परमेश्वरले भन्नुभयो,“तिनीहरु मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। 3तिनीहरुको आयु केवल 120 वर्षसम्म मात्र हुने छ।”