Jeremiah 27:9
यसर्थ तिमीहरू अगमवक्ताहरू जोखना हेर्नेहरू, दर्शन देख्नेहरू, ज्योतिषिहरू र जादूगरी गर्नेहरू जसले तिमीहरूलाई भन्छन्, “तिनीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौ,” तिमीहरूलाई ध्यान नदेऊ।
Jeremiah 27:9 in Other Translations
King James Version (KJV)
Therefore hearken not ye to your prophets, nor to your diviners, nor to your dreamers, nor to your enchanters, nor to your sorcerers, which speak unto you, saying, Ye shall not serve the king of Babylon:
American Standard Version (ASV)
But as for you, hearken ye not to your prophets, nor to your diviners, nor to your dreams, nor to your soothsayers, nor to your sorcerers, that speak unto you, saying, Ye shall not serve the king of Babylon:
Bible in Basic English (BBE)
And you are not to give attention to your prophets or your readers of signs or your dreamers or those who see into the future or those who make use of secret arts, who say to you, You will not become servants of the king of Babylon:
Darby English Bible (DBY)
And ye, hearken not to your prophets, nor to your diviners, nor to your dreamers, nor to your soothsayers, nor to your sorcerers, who speak unto you saying: Ye shall not serve the king of Babylon.
World English Bible (WEB)
But as for you, don't you listen to your prophets, nor to your diviners, nor to your dreams, nor to your soothsayers, nor to your sorcerers, who speak to you, saying, You shall not serve the king of Babylon:
Young's Literal Translation (YLT)
`And ye, ye do not hearken unto your prophets, and unto your diviners, and unto your dreamers, and unto your observers of clouds, and unto your sorcerers who are speaking unto you, saying, Ye do not serve the king of Babylon, --
| Therefore hearken | וְ֠אַתֶּם | wĕʾattem | VEH-ah-tem |
| not | אַל | ʾal | al |
| ye | תִּשְׁמְע֨וּ | tišmĕʿû | teesh-meh-OO |
| to | אֶל | ʾel | el |
| prophets, your | נְבִיאֵיכֶ֜ם | nĕbîʾêkem | neh-vee-ay-HEM |
| nor to | וְאֶל | wĕʾel | veh-EL |
| diviners, your | קֹֽסְמֵיכֶ֗ם | qōsĕmêkem | koh-seh-may-HEM |
| nor to | וְאֶל֙ | wĕʾel | veh-EL |
| your dreamers, | חֲלֹמֹ֣תֵיכֶ֔ם | ḥălōmōtêkem | huh-loh-MOH-tay-HEM |
| to nor | וְאֶל | wĕʾel | veh-EL |
| your enchanters, | עֹֽנְנֵיכֶ֖ם | ʿōnĕnêkem | oh-neh-nay-HEM |
| to nor | וְאֶל | wĕʾel | veh-EL |
| your sorcerers, | כַּשָּׁפֵיכֶ֑ם | kaššāpêkem | ka-sha-fay-HEM |
| which | אֲשֶׁר | ʾăšer | uh-SHER |
| הֵ֞ם | hēm | hame | |
| speak | אֹמְרִ֤ים | ʾōmĕrîm | oh-meh-REEM |
| unto | אֲלֵיכֶם֙ | ʾălêkem | uh-lay-HEM |
| you, saying, | לֵאמֹ֔ר | lēʾmōr | lay-MORE |
| not shall Ye | לֹ֥א | lōʾ | loh |
| serve | תַעַבְד֖וּ | taʿabdû | ta-av-DOO |
| אֶת | ʾet | et | |
| the king | מֶ֥לֶךְ | melek | MEH-lek |
| of Babylon: | בָּבֶֽל׃ | bābel | ba-VEL |
Cross Reference
Malachi 3:5
तब मतिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरू द्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कतिमानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकमदिंदैनन्। विधुवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।
Jeremiah 29:8
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्रहरू गर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्। तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यानै नदेऊ।
Jeremiah 14:14
तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया! अगमवक्ताहरूले मेरो नाउँमा झूटो प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाइन। मैले तिनीहरूलाई न आदेश दिएँ न त तिनीहरूसित बात नै मारें। ती अगमवक्ताहरूले झूटो दर्शन, महत्वहीन मन्त्र-तन्त्र कुराको र तिनीहरूका आफ्नै भूल विचारहरू तिमीहरूलाई दिइरहेका छन्।
Isaiah 8:19
कतिपय मानिसहरू भन्छन्, “भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने?” ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्लान्। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा माग्नु नै पर्छ! ती भूतप्रेत खेलाउने र जादूगरहरूले मुर्दालाई के गर्नु पर्ने भनेर सोध्छ। किन जीवित मानिसहरूले मुर्दाहरूबाट केही माग्नु पर्छ?
Acts 8:11
शिमोनले आफ्ना जादू-कलाद्वारा मानिसहरूलाई धेरै समयदेखि प्रभावित पारेका थिए अनि तीनीहरू उनका भक्त भएका थिए।
Revelation 9:21
यी मानिसहरुले आफ्ना हृदय अनि जीवन परिवर्तन गरेनन् अनि अरु मानिसहरुलाई मार्न छाडेनन्, तिनीहरु आफ्ना जादु-दुनामुना, आफ्ना यौन-पाप, चोरी कमीदेखि पर सरेनन्।
Revelation 18:23
तेरोमा बतीको ज्योति फेरि कहिल्यै चम्कनै छैन। वेहुला-वेहुलीको स्वर तेरोमा सुनिने छैन। तेरा व्यापारीहरु संसारका महामानवहरु थिए, समस्त राष्ट्रहरु तेरो जादू-टुना मुनाले छलिएका थिए।
Revelation 21:8
तर मानिसहरु जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरु छन् तिनीहरुले गन्धकको अग्नि कुण्डमा ठाँउ पाँउछन्। यो दोस्रो मृत्यु हो।”
Revelation 22:15
नगर बाहिर कुकुरहरु, जादूवालाहरु यौन-पापीहरु, हत्याराहरु, मूर्त्ति पूजकहरु अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरु छन्।
Zechariah 10:2
मानिसहरूले तिनीहरू सानो मूर्ति अनि तन्त्र-मन्त्र भविष्यमा के हुने हो भनि जान्न प्रयोग गर्छन्! तर त्यो सब ब्यार्थ हुनेछ। तिनीहरूले झूटो चीज देख्छन्, तिनीहरूले झूटो सपना भन्छन्। तर ती सबै झूटो हुनेछ। यसकारण, मानिसहरू भेडाहरू जस्तै सहायताको निम्ति यता उता भट्की हिंड्छन्। तर तिनीहरूलाई बाटो देखाउँने कुनैं गोठालो हुँदैन।
Micah 3:7
दर्शन देख्नेलाई लज्जित पारिनेछ। एकजना मानिस जो अगमवक्ता हो उसलाई झमेलामा पारिन्छ। तिनीहरुले तिनीहरुको आफ्नो अनुहार छोप्छन्। किन? किनभने परमेश्वरबाट त्यहाँ उत्तर आउनेछैन।”
Deuteronomy 18:10
आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँक्री अथवा तान्त्रिककहाँ नजाऊ।
Deuteronomy 18:14
“तिमीहरूले अरू राष्ट्रका मानिसहरूलाई जसले जादूद्वारा आफ्नो भविष्य बताउन लगाउँछन् जबरदस्ती निकाल्नु पर्छ। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो गर्नु दिनु हुने छैन।
Joshua 13:22
इस्राएलका मानिसहरूले बओरका छोरा बिलामलाई परास्त गरे। (बालामले भविष्य भन्नका निम्ति जादूको उपयोग गर्ने कोशिश गरे।) इस्राएलका मानिसहरूले युद्धमा धेरै मानिसहरूलाई मारे।
Isaiah 47:12
तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ। यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ। हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला हुनसक्छ। तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।
Jeremiah 23:16
सेनाहरूका परमप्रभु भन्नुहुन्छ “ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ ती अगमवक्ताहरूले तिमीहरूलाई मूर्ख बनाउने कोशिश गरिरहेकाछन्। ती अगमवक्ताहरूले जुन दर्शनहरू बताइरहेका छन् ती सब तिनीहरूको आफ्नै सृष्टिहरू हुन्। तिनीहरूले ती दर्शनहरू परमप्रभुबाट प्राप्त गरेका होइनन्।
Jeremiah 23:25
“त्यहाँ त्यस्ता अगमवक्ताहरू छन् जसले मेरो नाउँ झूटा प्रचार गरिरहेछन्। तिनीहरू भन्छन्, ‘मैले सपना देखेको छु। मैले सपना देखेको छु।’ मैले तिनीहरूले त्यस्तो कुराहरू गरेको सुनें।
Jeremiah 23:32
म झूटा अगमवक्ताहरूका विरूद्ध छु जसले झूटो सपनाहरू प्रचार गर्छन्।” यो परमप्रभुको सन्देश हो। “तिनीहरूले मेरा मानिसहरूलाई झूटो शिक्षा दिदैं कुबाटो तिर लैजादैछन्। न त मैले तिनीहरूलाई पठाए न मेरो पक्षमा बोल्नु भनी आदेश दिएँ। तिनीहरूले कदापि यहूदाका मानिसहरूलाई सहयोग गर्न सक्तैनन्।” यो परमप्रभुको सन्देश हो।
Jeremiah 27:14
तर तिमीहरूलाई झूटो अगमवक्ताहरूले भनिरहेका छन् तिमीहरू बाबेलका राजालाई सेवा गर्नेछैनौ।“‘तिनीहरू तिमीहरूसित झूटो बोलिरहेकाछन्। यसकारण तिमीहरूले तिनीहरूको कुरा नसुन।”
Exodus 7:11
तब राजाले त्यहाँका ज्ञानी मानिसहरू तथा जादूवालाहरूलाई बोलाए। ती मानिसहरूले आफ्नो तन्त्र-मंत्र प्रयोग गरे र हारूनले गरे जस्तै गर्न सके।