Isaiah 2:10
जाऊ मैलो-हिलोमा लुक, गुफा-कन्दरा तिर लुक! तिमीहरू परमप्रभुबाट डराउनु पर्नेछ र उहाँको महामहिम-शक्तिबाट लुक्नु पर्नेछ!
Isaiah 2:10 in Other Translations
King James Version (KJV)
Enter into the rock, and hide thee in the dust, for fear of the LORD, and for the glory of his majesty.
American Standard Version (ASV)
Enter into the rock, and hide thee in the dust, from before the terror of Jehovah, and from the glory of his majesty.
Bible in Basic English (BBE)
Go into a hole in the rock, covering yourselves with dust, in fear of the Lord, before the glory of his power.
Darby English Bible (DBY)
Enter into the rock, and hide thee in the dust, from before the terror of Jehovah, and from the glory of his majesty.
World English Bible (WEB)
Enter into the rock, And hide in the dust, From before the terror of Yahweh, And from the glory of his majesty.
Young's Literal Translation (YLT)
Enter into a rock, and be hidden in dust, Because of the fear of Jehovah, And because of the honour of His excellency.
| Enter | בּ֣וֹא | bôʾ | boh |
| into the rock, | בַצּ֔וּר | baṣṣûr | VA-tsoor |
| hide and | וְהִטָּמֵ֖ן | wĕhiṭṭāmēn | veh-hee-ta-MANE |
| thee in the dust, | בֶּֽעָפָ֑ר | beʿāpār | beh-ah-FAHR |
| for | מִפְּנֵי֙ | mippĕnēy | mee-peh-NAY |
| fear | פַּ֣חַד | paḥad | PA-hahd |
| of the Lord, | יְהוָ֔ה | yĕhwâ | yeh-VA |
| glory the for and | וּמֵהֲדַ֖ר | ûmēhădar | oo-may-huh-DAHR |
| of his majesty. | גְּאֹנֽוֹ׃ | gĕʾōnô | ɡeh-oh-NOH |
Cross Reference
Revelation 6:15
तब समस्त मानिसहरु गुफाहरुमा अनि पर्वतका चट्टानहरुमुनि लुके। त्यहाँ संसारका राजाहरु, शासकहरु, सेनाध्यक्षहरु, अनि शक्ति सम्पन्न मानिसहरु थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए।
Revelation 15:3
तिनीहरुले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए।“परमप्रभु-परमेश्वर, सर्वशक्तिमान्, तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्। राष्ट्रहरुका राजा, तपाईंका विचार सबै सही अनि सत्य छन्।
2 Thessalonians 1:9
तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस्न दिइनेछैन। उहाँका सर्वोच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ।
Luke 23:30
त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, हामीमाथि खस्! अनि पहाडलाई भन्नेछन्, हामीलाई छोप!
Luke 12:5
तर कोसित डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसंग डराउनु पर्छ जससित मारे पछि नरकमा फयाँक्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ।
Hosea 10:8
इस्राएलले पाप गर्यो अग्लो-अग्लो स्थानमा मूर्ति निर्माण गर्यो। आवेनको अग्लो स्थान नष्ट गरिदिइनेछ। त्यसको वेदीहरूमाथि काँढा र बनमाराहरू उम्रनेछन् र त्यही बेला तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई ढाक!” अनि डाँडाहरूलाई भन्नेछन्, “हामीमाथि खस।”
Jeremiah 10:10
तर परमप्रभु चाँहि साँचो परमेश्वर हुनुहुन्छ। उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ। उहाँ राजा हुनुहुन्छ जसले सदाकाल शासन चलाउनु हुन्छ। परमेश्वरको रीसमा पृथ्वी काम्छ अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्तैनन्।
Jeremiah 10:7
हे परमेश्वर प्रत्येकले तपाईंलाई आदर गर्नै पर्छ। तपाईं सबै जातिहरूका महाराजा हुनुहुन्छ। तपाईं सम्मानको योग्य हुनुहुन्छ। अन्य राज्यहरूमा धेरै ज्ञानी मानिसहरू छन् तर तपाईं समान कोही पनि ज्ञानी छैन।
Isaiah 42:22
तर मानिसहरूमा हेर! अन्य मानिसहरूले तिनीहरूलाई परास्त गरेर तिनीहरूका सम्पत्तिहरू लुटे। सारा जवान मानिसहरू डराएका छन्। तिनीहरू झ्यालखानामा बन्द छन्, मानिसहरूले तिनीहरूका रूपिया पैसा लगेर गए अनि त्यहाँ उनीहरूलाई बचाउने कोही छैन। अन्य मानिसहरूले तिनीहरूका पैसामा ध्यान दिए। “यो फर्काई देऊ” भन्ने त्यहाँ कोही पनि थिएनन्।
Isaiah 10:3
कानून बनाउनेहरू हो! तिमीहरूले गरेका प्रत्येक कुराको लेख दिनु पर्नेछ। त्यसबेला तिमीहरू के गर्नेछौ? तिमीहरूको विनाशको समय सुदूर देशबाट आइरहेछ। कहाँ भागेर सहयोग माग्ने छौ? तिमीहरूका रूपिंया-पैसा र धनले तिमीहरूलाई मद्दत दिने छैन।
Isaiah 6:3
प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो।
Isaiah 2:19
मानिसहरू ओडारहरू र पृथ्वीका चेपचापमा लुक्ने छन्। मानिसहरू परमप्रभु र उहाँको महामहिम शक्तिबाट डराउनेछन्। यो घट्ना त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्काउन उभिनु हुन्छ।
Psalm 90:11
हे परमेश्वर! वास्तवमा कसैले पनि तपाईंको क्रोधपूर्ण शक्तिलाई जान्दैन। तर हाम्रो डर र तपाईं प्रतिको आदर तपाईंको क्रोध जतिकै महान् छ।
Job 37:22
अनि परमेश्वर पनि त्यस्तै हुनुहुन्छ। पवित्र पर्वतबाट परमेश्वरको सुनौलो महिमा चम्कन्छ परमेश्वरको वरिपरि त्यहाँ उज्यालो हुँदछ।
Job 31:23
तर मैले त्यस्तो नराम्रो काम गरिनँ। म परमेश्वरको दण्डदेखि त्रासित छु। उहाँको महिमाले मलाई भयभीत पार्छ।
Job 30:5
तिनीहरू अन्य मानिसहरूबाट खेदिन्छन्। मानिसहरू तिनीहरूलाई चोर ठानेर चिच्याउछन्।
Judges 6:1
फेरि इस्राएलीहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसकारण सात वर्षसम्म परमप्रभुले मिद्यानका मानिसहरूलाई इस्राएलका मानिसहरूमाथि पराजित पार्न दिनु भयो।