Skip to content
CHRIST SONGS .IN
TAMIL CHRISTIAN SONGS .IN
  • Lyrics
  • Chords
  • Bible
  • /
  • A
  • B
  • C
  • D
  • E
  • F
  • G
  • H
  • I
  • J
  • K
  • L
  • M
  • N
  • O
  • P
  • Q
  • R
  • S
  • T
  • U
  • V
  • W
  • X
  • Y
  • Z

Index
  • A
  • B
  • C
  • D
  • E
  • F
  • G
  • H
  • I
  • J
  • K
  • L
  • M
  • N
  • O
  • P
  • Q
  • R
  • S
  • T
  • U
  • V
  • W
  • X
  • Y
  • Z
Isaiah 12 KJV ASV BBE DBY WBT WEB YLT

Isaiah 12 in Nepali WBT Compare Webster's Bible

Isaiah 12

1 त्यस बेला, तिमीहरू भन्नेछौः “हे परमप्रभु म तपाईंको महिमा गाउँछु! तपाईं मसित रिसाउनु भएको थियो। तर अहिले तपाईंको रिस साम्य भएकोछ अनि मलाई आफ्नो माया देखाउनु भएकोछ।”

2 परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु। म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। अनि म उहाँको महिमाको गुणगान गर्नेछु।

3 तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ। तब तिमीहरू आनन्दित हुनेछौ।

4 त्यसपछि तिमीहरू भन्नेछौ, “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”

5 परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ। किन? किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ! परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ। यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्।

6 हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। त्यसैले आनन्दित हौऊ!

  • Tamil
  • Hindi
  • Malayalam
  • Telugu
  • Kannada
  • Gujarati
  • Punjabi
  • Bengali
  • Oriya
  • Nepali

By continuing to browse the site, you are agreeing to our use of cookies.

Close