Ezekiel 22:12
“‘यरूशलेममा तिमीहरूले, मानिसहरू मार्नको निम्ति पैसा लिन्छौ। तिमीहरूले ऋण दिन्छौ अनि त्यो ऋणको ब्याज लिन्छौ। तिनीहरू नाफा लिनकालागि आफ्ना छिमेकीहरूलाई दबाउँछौ। अनि तिमीहरूले मलाई बिर्सेकाछौ।’ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
Ezekiel 22:12 in Other Translations
King James Version (KJV)
In thee have they taken gifts to shed blood; thou hast taken usury and increase, and thou hast greedily gained of thy neighbours by extortion, and hast forgotten me, saith the Lord GOD.
American Standard Version (ASV)
In thee have they taken bribes to shed blood; thou hast taken interest and increase, and thou hast greedily gained of thy neighbors by oppression, and hast forgotten me, saith the Lord Jehovah.
Bible in Basic English (BBE)
In you they have taken rewards as the price of blood; you have taken interest and great profits, and you have taken away your neighbours' goods by force, and have not kept me in mind, says the Lord.
Darby English Bible (DBY)
In thee have they taken gifts to shed blood; thou hast taken usury and increase, and thou hast overreached thy neighbours by oppression, and hast forgotten me, saith the Lord Jehovah.
World English Bible (WEB)
In you have they taken bribes to shed blood; you have taken interest and increase, and you have greedily gained of your neighbors by oppression, and have forgotten me, says the Lord Yahweh.
Young's Literal Translation (YLT)
A bribe they have taken in thee to shed blood, Usury and increase thou hast taken, And cuttest off thy neighbour by oppression, And Me thou hast forgotten, An affirmation of the Lord Jehovah!
| In thee have they taken | שֹׁ֥חַד | šōḥad | SHOH-hahd |
| gifts | לָֽקְחוּ | lāqĕḥû | LA-keh-hoo |
| to | בָ֖ךְ | bāk | vahk |
| shed | לְמַ֣עַן | lĕmaʿan | leh-MA-an |
| blood; | שְׁפָךְ | šĕpok | sheh-FOKE |
| thou hast taken | דָּ֑ם | dām | dahm |
| usury | נֶ֧שֶׁךְ | nešek | NEH-shek |
| and increase, | וְתַרְבִּ֣ית | wĕtarbît | veh-tahr-BEET |
| gained greedily hast thou and | לָקַ֗חַתְּ | lāqaḥat | la-KA-haht |
| of thy neighbours | וַתְּבַצְּעִ֤י | wattĕbaṣṣĕʿî | va-teh-va-tseh-EE |
| by extortion, | רֵעַ֙יִךְ֙ | rēʿayik | ray-AH-yeek |
| forgotten hast and | בַּעֹ֔שֶׁק | baʿōšeq | ba-OH-shek |
| me, saith | וְאֹתִ֣י | wĕʾōtî | veh-oh-TEE |
| the Lord | שָׁכַ֔חַתְּ | šākaḥat | sha-HA-haht |
| God. | נְאֻ֖ם | nĕʾum | neh-OOM |
| אֲדֹנָ֥י | ʾădōnāy | uh-doh-NAI | |
| יְהוִֽה׃ | yĕhwi | yeh-VEE |
Cross Reference
Deuteronomy 27:25
“लेवीहरूले भन्नेछन्, ‘जो मानिसले पैसा लिएर निर्दोष मानिसको हत्या गर्छ भने त्यसलाई सराप परोस्।’“तब सबै मानिसले भन्नेछन्, ‘आमेन।’
Ezekiel 23:35
“यस्तो प्रकारले परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, ‘यरूशलेम, तिमीले मलाई बिर्सियौ। तिमीले मलाई फ्याँकि दियौ अनि पछाडी छोडिदियौ। यसकारण तिमीले मलाई छोडेको अनि वेश्या झैं बाँचेकोमा तिमीले दण्ड भोग्नु पर्नेछ। तिम्रो दुष्ट्याँईका निम्ति तिमीले दण्ड भोग्नुपर्छ।”‘
Leviticus 25:35
“तिमीहरूको शहर भित्रैको कोही मानिस यति गरीब हुन सक्छ कि उसले आफैंलाई पनि गुजारा गर्न नसक्ला। यस्तो खण्डमा तिमीहरूले उसलाई परदेशी पाहुनालाई जस्तै तिमीहरूसितै बस्न दिनुपर्छ।
Deuteronomy 16:19
जब तिमीहरूले न्याय गर्दा निष्पक्ष हुनुपर्छ, पक्षपाती हुनु हुँदैन। अनि तिनीले पैसा घूसको रूपमा लिनु हुँदैन। पैसाले ज्ञानी मानिसलाई अन्धो बनाउँछ अनि ज्ञानी मानिसहरूका कुराहरू बद्ली हुन्छन्।
Deuteronomy 23:19
“जब तिमीहरूले कुनै अर्को इस्राएलीलाई ऋण दिन्छौ, उसबाट ब्याज तिमीहरूले लिनु हुँदैन। त्यो ऋण खानेकुरा पैसा अथवा जे पनि होस्।
Psalm 15:5
उसले कसैलाई ऋण दिन्छ तर ब्याज लिंदैन। अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन। यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने ऊ सदा परमेश्वरको नजिक हुनेछ।
Psalm 106:21
परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए। जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो तिनीहरूले उहाँको बारेमा भुलिदिए।
Jeremiah 2:32
तरूणीले आफ्ना गर-गहनाहरू भुल्दैनन्। एउटा दुलहीले आफ्ना वस्त्र भुल्दैन। तर मेरो मानिसहरूले मलाई धेरै चोटी भुलेका छन्।
Ezekiel 18:8
यदि कसैले ऋण लिनु चाह्यो भने राम्रो मानिसले उसलाई ऋण दिन्छ, उसले त्यो ऋणको ब्याज लिंदैन। राम्रो मानिस कुटिल हुनु सक्तैन। उ प्रत्येक मानिससँग राम्रो व्यवहार गर्छ, उसलाई मानिसहरूले विश्वास गर्छन्।
Ezekiel 18:13
कुनै मानिसलाई त्यो पापी छोरोबाट ऋण लिने आश्यकता पर्न सक्छ, तर ऊ त्यो मानिसलाई ऋणको ब्याज तिर्नु बाध्य पार्छ। यसकारण त्यो पापी छोरो जीवित रहँदैन। उसले भयंकर पाप गर्यो। यसकारण त्यो मारिन सक्छ अनि आफ्नो मृत्युको निम्ति स्वंय उत्तरदायी हुन्छ।
Micah 7:2
यसको अर्थ हुन्छ; ती सबै राम्रा मानिसहरु गइसकेकाछन्, एउटै पनि धर्मी मानिसहरु यो भूमिमा रहेनन्। हरेक मानिसहरु एक- अर्कालाई मार्नको निम्ति ढुकी बस्छन्। हरेक मानिस आफ्नो भाइलाई जालमा फसाउँन षड्यन्त्र रचिबस्छन्।
Jude 1:11
यो तिनीहरुका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरुले कयिन हिँडेको मार्ग अनुसरण गरेका छन्। धन कमाउन तिनीहरु बालाम हिँडेको बाटोमा हिडिरहेका छन्। तिनीहरु परमेश्वरको विरोधमा कोरह झैं लडछन्। यसर्थ कोरह झैं तिनीहरु पनि सडनेछन्।
James 5:1
तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ।
1 Timothy 6:9
तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँस्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खातापूर्ण अनि हानिकारक चाहनाको विकाश गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंश अनि नष्ट बनाउँदछ।
1 Timothy 3:3
उसले अति धेरै दाखरस पिउनु हुँदैन र झगडालु पनि हुनु हुँदैन। ऊ विनयी अनि शान्त हुनु पर्छ। ऊ पैसाको लोभी हुनु हुँदैन।
1 Corinthians 6:10
तर यस संसारका पापीहरूको संगत नगर्नु भन्ने मेरो उपदेशको अर्थ होइन। यस संसारका ती मानिसहरू यौन पाप गर्छन् अथवा स्वार्थी छन् अथवा एकार्कालाई ठग्छन् अथवा मूर्तिहरू पूजा गर्छन्। यदि तिमीहरू तिनीहरूबाट अलग रहने हो भने त तिमीहरूले यो संसार नै त्याग्नु पर्नेछ।
1 Corinthians 5:11
म यति नै भन्नलाई यो लेख्दैछु कि कुनै यस्तो मानिसको चाँहि संगत नर्गनु जो आफूलाई ख्रीष्टमा भाइ हुँ भन्छ तर व्यभिचार गर्छ वा स्वार्थी हुन्छ वा मूर्तीको पूजा गर्छ वा मानसिको निन्दा गर्छ वा मात्छ वा अरूलाई ठग्छ। यस्ता व्यक्तिससँग खाना पनि नखाऊ।
Luke 19:8
जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चहान्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैले ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।
Exodus 23:7
“कसैलाई झूटो दोष नलगाऊ। एउटा निर्दोष मानिसको हत्या नगर जसले अन्याय गरेको छ त्यसलाई म निर्दोष मान्दिन।
Leviticus 19:13
“तिमीहरूले आफ्नो छिमेकीसित नराम्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक।
Deuteronomy 32:18
जसले तिमीलाई बनायो, त्यस चट्टानलाई तिमीले छोडयौ तिमीले ती परमेश्वरलाई बिर्सियौ जसले तिमीलाई जन्म दिनु भयो।
Nehemiah 5:1
अहिले साधारण मानिस अनि तिनीहरूका पत्नीहरूले आफ्ना सहदर यहूदीहरूको विरूद्धमा विरोध जनाउन थाले।
Nehemiah 5:7
मैले त्यस विषयमा सोचें मैले मुख्य मानिसहरू अनि अधिकारीहरूलाई दोष दिंएँ र तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका आफ्नै मानिसहरूबाट ब्याज एकत्रित गरिरहेका छौ।” तब मैले तिनीहरूसित एउटा ठूलो जमघट परिमाण गर्न बोलाए।
Proverbs 1:19
जो मानिसहरू भ्रष्ट कर्मद्वारा धन कमाउने लालचमा बस्छन् तिनीहरूको अन्त पनि नराम्रो प्रकारले नै हुन्छ।
Isaiah 1:23
तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”
Isaiah 56:11
तिनीहरू भोको कुकुरहरू जस्ता छन्। तिनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। गोठालाहरूले जान्दैनन तिनीहरू के गरिरहेछन्। तिनीहरूले आफ्ना भेंडाहरू मन पराउँछन् जो भडकिएर टाढा गएकाछन्। तिनीहरू लोभी छन्। तिनीहरू सबै जना आफूलाई सन्तुष्ट पार्न चाहन्छन्।
Jeremiah 3:21
नाङ्गो डाँडाहरूमा तिमीहरूले रोइरहेको सुन्न सक्छौ। इस्राएलका मानिसहरू दयाको निम्ति रोइरहेछन् र प्रार्थना गरिरहेछन्। तिनीहरू एकदमै दुष्ट भए। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्।
Zephaniah 3:3
यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेडाहरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन।
Matthew 23:13
“शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ।
Matthew 23:25
“शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्।
Luke 3:13
यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्ष्ठ्वदा ज्यादा कर नउठाऊ।”
Luke 18:11
फरिसी कर उठाउनेदेखि केही टाडा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसेल भन्यो, हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू र्गदिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन।
Exodus 22:25
“यदि मेरा मानिसहरूमा कोही गरीब छ र तिमीहरू उसलाई ऋण दिन्छौ भने तिमीले उसलाई पैसाका लागि ब्याज लिनु हुँदैन अनि तिमीले उसलाई ऋण फर्काउन जोर दिनु हुँदैन।