Ezekiel 14:5
किन? किनकि म तिनीहरूको हृदय छुन चाहन्छु। म देखाउन चाहन्छु कि म तिनीहरूलाई प्रेम गर्छु, यद्यपि तिनीहरूले मलाई आफ्नो घिनलाग्दो मूर्तिहरूको निम्ति छोडिदिए।’
Ezekiel 14:5 in Other Translations
King James Version (KJV)
That I may take the house of Israel in their own heart, because they are all estranged from me through their idols.
American Standard Version (ASV)
that I may take the house of Israel in their own heart, because they are all estranged from me through their idols.
Bible in Basic English (BBE)
So as to take the children of Israel in the thoughts of their hearts, because they have become strange to me through their false gods.
Darby English Bible (DBY)
that I may take the house of Israel by their own heart, because they are all estranged from me through their idols.
World English Bible (WEB)
that I may take the house of Israel in their own heart, because they are all estranged from me through their idols.
Young's Literal Translation (YLT)
in order to catch the house of Israel by their heart, in that they have become estranged from off me by their idols -- all of them.
| That | לְמַ֛עַן | lĕmaʿan | leh-MA-an |
| I may take | תְּפֹ֥שׂ | tĕpōś | teh-FOSE |
| אֶת | ʾet | et | |
| house the | בֵּֽית | bêt | bate |
| of Israel | יִשְׂרָאֵ֖ל | yiśrāʾēl | yees-ra-ALE |
| heart, own their in | בְּלִבָּ֑ם | bĕlibbām | beh-lee-BAHM |
| because | אֲשֶׁ֤ר | ʾăšer | uh-SHER |
| they are all | נָזֹ֙רוּ֙ | nāzōrû | na-ZOH-ROO |
| estranged | מֵֽעָלַ֔י | mēʿālay | may-ah-LAI |
| from | בְּגִלּֽוּלֵיהֶ֖ם | bĕgillûlêhem | beh-ɡee-loo-lay-HEM |
| me through their idols. | כֻּלָּֽם׃ | kullām | koo-LAHM |
Cross Reference
Zechariah 11:8
मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेडाहरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले।
Isaiah 1:4
इस्राएल राष्ट्र नै दोष पूर्णछ। यो दोष मानिसहरूले बोक्नु पर्ने गह्रौगो भारी जस्तो छ। ती मानिसहरू पापी परिवारहरूबाट जन्मिएका दुष्ट नानीहरू हुन्। तिनीहरूले परमप्रभुलाई छाडे। तिनीहरूले इस्राएलका पवित्र परमप्रभुको अपमान गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँलाई विदेशी जस्तो व्यवहार गरे।
Hebrews 3:12
त्यसकारण दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।
2 Thessalonians 2:9
त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ।
Colossians 1:21
एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौ। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौ।
Ephesians 4:18
ती केही बुझ्न सक्तैनन्, अनि केही जान्दैनन् किन कि तिनीहरू सुन्न अस्वीकार गर्छन् त्यसैले परमेश्वरले दिएको जीवन जस्तो तिनीहरूको जीवन हुँदैन।
Galatians 6:7
आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।
Romans 8:7
यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब उ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ।
Romans 1:30
तिनीहरू आपसमा दुष्ट्याई पूर्ण कुराहरू गर्छन्। तिनीहरू परमेश्वरलाई घृणा गर्छन्। तिनीहरू रूखो, अहंकार अभिमानी, र ढीट छन्। तिनीहरूले नराम्रा कामहरू गर्ने नयाँ बाटोहरू खोजिहिड्छन्। तिनीहरूले आफ्ना माता-पितालाई पनि टेर्दैनन्।
Romans 1:28
परमेश्वरको सत्य ज्ञान राख्नु पर्छ भन्ने कुरालाई मानिसहरूले महत्व दिएनन्। त मानिसहरूले नगर्नु पर्ने काम गरे। यसैले व्यर्थकै कामहरू गरोस् भनेर परमेश्वरले छाडिदिनु भयो।
Romans 1:21
मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो।
Zechariah 7:11
तर ती मानिसहरूले सुन्न अस्वीकार गरे जे उहाँले गर्न चाहनु हुन्थ्यो। तिनीहरुले आफ्ना कान बन्द गरे जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।
Hosea 10:2
इस्राएलको मानिसहरूको हृदय झूटो छ। अब तिनीहरूले आफ्नो अपराधको दण्ड भोग्नै पर्छ। परमप्रभुले तिनीहरूका स्मारक-ढुंङ्गाहरू नाश पार्नु हुनेछ। उहाँले तिनीहरूका वेदीहरू भत्काउनु हुनेछ।
Ezekiel 14:9
यदि अगमवक्ता धेरै मूर्ख भई आफ्नो उत्तर दियो भने म उसलाई देखाई दिन्छु कि उ कति मूर्ख छ, म उसको विरूद्ध आफ्नो शक्ति प्रयोग गर्छु। म उसलाई नष्ट गरिदिन्छु अनि आफ्ना मानिसहरूलाई इस्राएलबाट बाहिर निकाल्नेछु।
Jeremiah 2:31
यस पुस्ताका मानिसहरू, परमप्रभुको सन्देश तर्फ ध्यान देऊ। “के म इस्राएली मानिसहरूको लागि मरूभूमि जस्तै भएको थिएँ? के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ? मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं। हामी तिमीकहाँ फर्की आउने छैनौ, परमप्रभु।’ किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?
Jeremiah 2:11
के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर? आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह। अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्। तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर महत्वहीन मूर्तिहरूलाई पूज्न थाले।
Jeremiah 2:5
परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो “तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए ताकि तिनीहरूले मलाई छाडिदिए? तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए।
Deuteronomy 32:15
तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने। हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ, तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे, अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।