Exodus 16:7
तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसंग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।”
Exodus 16:7 in Other Translations
King James Version (KJV)
And in the morning, then ye shall see the glory of the LORD; for that he heareth your murmurings against the LORD: and what are we, that ye murmur against us?
American Standard Version (ASV)
and in the morning, then ye shall see the glory of Jehovah; for that he heareth your murmurings against Jehovah: and what are we, that ye murmur against us?
Bible in Basic English (BBE)
And in the morning you will see the glory of the Lord; for your angry words against the Lord have come to his ears: and what are we that you are crying out against us?
Darby English Bible (DBY)
and in the morning, then shall ye see the glory of Jehovah; for he has heard your murmurings against Jehovah; -- and what are we, that ye murmur against us?
Webster's Bible (WBT)
And in the morning, then ye shall see the glory of the LORD; for that he heareth your murmurings against the LORD: And what are we, that ye murmur against us?
World English Bible (WEB)
and in the morning, then you shall see the glory of Yahweh; because he hears your murmurings against Yahweh. Who are we, that you murmur against us?"
Young's Literal Translation (YLT)
and morning -- and ye have seen the honour of Jehovah, in His hearing your murmurings against Jehovah, and what `are' we, that ye murmur against us?'
| And in the morning, | וּבֹ֗קֶר | ûbōqer | oo-VOH-ker |
| then ye shall see | וּרְאִיתֶם֙ | ûrĕʾîtem | oo-reh-ee-TEM |
| אֶת | ʾet | et | |
| the glory | כְּב֣וֹד | kĕbôd | keh-VODE |
| of the Lord; | יְהוָ֔ה | yĕhwâ | yeh-VA |
| heareth he that for | בְּשָׁמְע֥וֹ | bĕšomʿô | beh-shome-OH |
| אֶת | ʾet | et | |
| your murmurings | תְּלֻנֹּֽתֵיכֶ֖ם | tĕlunnōtêkem | teh-loo-noh-tay-HEM |
| against | עַל | ʿal | al |
| the Lord: | יְהוָ֑ה | yĕhwâ | yeh-VA |
| what and | וְנַ֣חְנוּ | wĕnaḥnû | veh-NAHK-noo |
| are we, | מָ֔ה | mâ | ma |
| that | כִּ֥י | kî | kee |
| ye murmur | תַלִּ֖וֹנוּ | talliwōnû | ta-LEE-oh-noo |
| against | עָלֵֽינוּ׃ | ʿālênû | ah-LAY-noo |
Cross Reference
Numbers 16:11
तिमीहरूका अनुयायीहरू र तिमीहरू एक साथ मिलेर परमप्रभु विरूद्ध गयौ। के हारूनले केही भूल गरेका छन्? होइन यसर्थ किन तिमीहरू हारूनको बारेमा नालिश गरिरहेका छौ?”
Isaiah 40:5
तब, परमप्रभुको महिमा प्रकट गरिनेछ। अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”
Isaiah 35:2
जुन ठाउँ एक समय पशुहरूको अधीनमा थियो त्यहाँ अग्ला-अग्ला जल वृक्षहरू हुनेछन्। मरूभूमि फुलेका फूलहरूले भरिपूर्ण हुनेछ अनि यसले आफ्नो खुशीयाली दर्शाउनेछ। यो यस्तो प्रफुल्लित हुँदछ कि मरूभूमि खुशीले नाचिरहेकोछ। मरूभूमि लबानोनको बगेंचा जस्तो हुनेछ। यस्तो हुने नै छ किनभने मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। मानिसहरूले हाम्रो परमप्रभुको सुन्दरता देख्नेछन्।
Exodus 16:10
हारून इस्राएलका मनिसहरूसंग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरूभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे।”‘
John 11:40
तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”
John 11:4
जब येशुले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, “यो बिमारले उसलाई मृत्यु गराउनेछैन। तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घटना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ।”
Exodus 40:34
भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल परिपूर्ण भयो।
Numbers 16:42
सम्पूर्ण समुदाय मोशा र हारूनको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखा पर्यो।
Numbers 14:27
“मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु।
Numbers 14:10
तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुन्ने परमप्रभुको महिमा देखा पर्यो।
Leviticus 9:6
त्यसपछि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई यस्तो कार्य गर्नु भनी आज्ञा दिनु भएको थियो जसले गर्दा परमप्रभुको महिमा तिमीहरू प्रति झल्कियोस्।”
Exodus 24:16
परमप्रभुको महिमा सीनै पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौं दिनमा परमप्रभुले मोशासंग बादलबाट कुरा गर्नु भयो।
Exodus 24:10
इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे।
Exodus 16:12
“मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”‘
Exodus 16:8
अनि मोशाले भने, “तिमीहरूले गन-गन गरिरहेका छौ र परमप्रभुले पनि तिमीहरूको गुनासो सुन्नु भएको छ। यसर्थ आज राती परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ अनि बिहान तिमीहरूको आवश्यकता अनुसार रोटी दिनु हुनेछ। तिमीहरूले हारून, र मलाई गन-गन गरिरहेका छौ। हुनु सक्छ अब हामीले केही आराम पाउने छौं। यति बुझ तिमीहरू हारून, र मेरो विरूद्धमा होईन तर परमप्रभुको विरूद्धमा गन-गन गरिरहेका छौ।”
Exodus 16:2
इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरूभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे।