No lexicon data found for Strong's number: 3844

मत्ती 2:4
हेरोदले सबै मुख्य यहूदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए। उनले तिनीहरूलाई सोधे, ‘ख्रीष्टको जन्म कहाँ हुनेहो?’

मत्ती 2:7
त्यसपछि हेरेदले पूर्वका ती ज्योतिषीहरूलाई गुप्तमा बोलाए। हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए।

मत्ती 2:16
ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ र्वषको अवधि बितेको थियो। अनि हेरोदले दुइ र्वष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए।

मत्ती 4:18
गालील झीलका छेउ भएर येशू हिडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जलहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए।

मत्ती 6:1
“होशियार बस, जब तिमीहरू राम्रो काम गर्छौ, अरू मानिसहरूका उपस्थितिमा त्यस्ता देखावटीका निम्ति काम नगर। यदि त्यसो गर्यौ भने स्वर्गमा भएका तिम्रा पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन।

मत्ती 13:1
ठीक त्यही दिन येशू बाहिर गएर झीलड्ढो छेउमा बस्नु भयो।

मत्ती 13:4
जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए।

मत्ती 13:19
बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।

मत्ती 15:29
त्यसपछि येशूले त्यो ठाउँ छोड्नुभयो अनि गालील झीलको किनारमा जानुभयो। येशू डाँडामा चढनु भयो र त्यहाँ बस्नुभयो।

मत्ती 15:30
धेरै, मानिसहरू येशूकहाँ आए। ती मानिसहरूले थुप्रै रोगीहरूलाई लिएर आए अनि येशूको अघि राखिदिए। लङ्गडा, अन्धा,गुंगा अनि बहिरा भीडद्वारा ल्याइएका थिए। येशूले यी सबैलाई निको पारिदिनु भयो।

Occurences : 200

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்