Psalm 141:5
म त्यसलाई दया सम्झने थिएँ, यदि एकजना धर्मी मानिसले मलाई पिटोस्। तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्। तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो। म ती कुराहरू स्वीकार गरौंला। तर म सधैं ती दुष्ट मानिसहरूको विरोधमानै प्रार्थना गर्नेछु।
Psalm 141:5 in Other Translations
King James Version (KJV)
Let the righteous smite me; it shall be a kindness: and let him reprove me; it shall be an excellent oil, which shall not break my head: for yet my prayer also shall be in their calamities.
American Standard Version (ASV)
Let the righteous smite me, `it shall be' a kindness; And let him reprove me, `it shall be as' oil upon the head; Let not my head refuse it: For even in their wickedness shall my prayer continue.
Bible in Basic English (BBE)
Let the upright give me punishment; and let the god-fearing man put me in the right way; but I will not let the oil of sinners come on my head: when they do evil I will give myself to prayer.
Darby English Bible (DBY)
Let the righteous smite me, it is kindness; and let him reprove me, it is an excellent oil which my head shall not refuse: for yet my prayer also is [for them] in their calamities.
World English Bible (WEB)
Let the righteous strike me, it is kindness; Let him reprove me, it is like oil on the head; Don't let my head refuse it; Yet my prayer is always against evil deeds.
Young's Literal Translation (YLT)
The righteous doth beat me `in' kindness. And doth reprove me, Oil of the head my head disalloweth not, For still my prayer `is' about their vexations.
| Let the righteous | יֶ֥הֶלְמֵֽנִי | yehelmēnî | YEH-hel-may-nee |
| smite | צַדִּ֨יק׀ | ṣaddîq | tsa-DEEK |
| kindness: a be shall it me; | חֶ֡סֶד | ḥesed | HEH-sed |
| reprove him let and | וְֽיוֹכִיחֵ֗נִי | wĕyôkîḥēnî | veh-yoh-hee-HAY-nee |
| excellent an be shall it me; | שֶׁ֣מֶן | šemen | SHEH-men |
| oil, | רֹ֭אשׁ | rōš | rohsh |
| not shall which | אַל | ʾal | al |
| break | יָנִ֣י | yānî | ya-NEE |
| my head: | רֹאשִׁ֑י | rōʾšî | roh-SHEE |
| for | כִּי | kî | kee |
| yet | ע֥וֹד | ʿôd | ode |
| my prayer | וּ֝תְפִלָּתִ֗י | ûtĕpillātî | OO-teh-fee-la-TEE |
| also shall be in their calamities. | בְּרָעוֹתֵיהֶֽם׃ | bĕrāʿôtêhem | beh-ra-oh-tay-HEM |
Cross Reference
Proverbs 25:12
एकजना झट्ट बुझ्ने मानिसको निम्ति ज्ञानी मानिसको हप्काई एउटा शुद्ध सुनको औंठी अथवा सब भन्दा राम्रो सुनबाट बनेको अन्यकुनै गहनाहरू जस्तो मूल्यवान हुन्छन्।
Proverbs 19:25
मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्।
Galatians 6:1
दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ।
Ecclesiastes 7:5
मूर्खबाट प्रशांसित हुनुभन्दा ज्ञानीबाट निन्दित हुनु धेरै राम्रो।
Matthew 5:44
तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर।
Galatians 2:11
जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए।
2 Timothy 1:16
ओन्सिफरसका परिवारलाई प्रभुले कृपा गरून् भनी म प्रार्थना गर्छु। ओन्सिफरसले मलाई मेरो कष्टमा धेरै पल्ट सघाए। मलाई बन्दी देखेर उनी लजाएनन्।
James 5:14
यदि तिमीहरू मध्ये एकजना विरामी छ भने, उसले मण्डलीका अग्रजहरूलाई बोलाउनु पर्छ। अग्रजहरूले उसलाई परमप्रभुको नाउँमा तेल मालिस गरिदिनु पर्छ अनि तिनीहरूले उसको निम्ति प्रार्थना गरिदिनु पर्छ।
Revelation 3:19
“जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरुलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरुको हृदय अनि जीवनलाई परिवर्तन गर।
Proverbs 27:5
लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।
Proverbs 15:22
चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ।
Proverbs 15:5
मूर्खले आफ्नो बाबुले दिएको सजायलाई हेला गर्छ, तर जसले सुधारका कुरालाई ध्यान दिएर सुन्छ ऊ ज्ञानी हुनेछ।
2 Samuel 12:7
तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ।
2 Chronicles 16:7
त्यसबेला दर्शी हनानी यहूदाका राजा आसा कहाँ आए। हनानीले तिनलाई भने, “आसा तिमीलाई सहायता गरोस् भनी तिमी अरामका राजा माथि भर पर्यौ। परमप्रभु तिम्रा परमेश्वर माथि भर परेनौ। तिमी परमप्रभु माथि भरपर्नु पर्ने थियो। तर तिमी सहायताका निम्ति परमप्रभु माथि भर नपरेको हुनाले राजा अरामका सैनिकहरू तिमीबाट उम्किए।
2 Chronicles 25:16
जब अगमवक्ता बोले, अमस्याहले अगमवक्तालाई भने, “हामीले तिमीलाई राजाको सल्लाहकार बनाएका छैनौं! चुप लाग! तिमी चुप लागेनौ भने तिमीलाई मारिने छ।” अगमवक्ता चुप भए, तर तब भने, “परमेश्वरले तपाईंलाई ध्वंश गर्ने निश्चय गर्नु भएकोछ। किनभने तपाईंले ती नराम्रा कुराहरू गर्नु भयो। अनि मेरो वचन सुन्नु भएन।”
Psalm 23:5
हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो, अनि तपाईंले मेरो शिरमा तेल हाल्नु भयो।मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
Psalm 51:18
हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्। यरूशलेमको पर्खालहरू पुर्ननिर्माण गर्नुहोस्।
Psalm 125:4
हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस। पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्।
Proverbs 6:23
किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँडन तिमीलाई प्रशिक्षण दिनेछन्।
Proverbs 9:8
अरूलाई अपमान गर्ने मानिसलाई तिमीले कहिल्यै पनि नझपार्नु नत्र उसले तिमीलाई नै घृणा गर्न थाल्छ। तर यदि तिमीले कुनै ज्ञानी मानिसलाई हप्का्यौ भने उसले तिमीलाई प्रेम गर्न थाल्नेछ।
1 Samuel 25:31
तर तपाईं निर्दोष मानिसहरूको हत्या गरेर भूल नगर्नुहोस्। अझै भड्खालोमा नपस्नुहोस्। परमप्रभुले तपाईंलाई जब सफलता हासिल गराउनु हुन्छ दया गरी मलाई सम्झनुहोला।”