Psalm 103:3 in Nepali

Nepali Nepali Bible Psalm Psalm 103 Psalm 103:3

Psalm 103:3
परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ। उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ।

Psalm 103:2Psalm 103Psalm 103:4

Psalm 103:3 in Other Translations

King James Version (KJV)
Who forgiveth all thine iniquities; who healeth all thy diseases;

American Standard Version (ASV)
Who forgiveth all thine iniquities; Who healeth all thy diseases;

Bible in Basic English (BBE)
He has forgiveness for all your sins; he takes away all your diseases;

Darby English Bible (DBY)
Who forgiveth all thine iniquities, who healeth all thy diseases;

World English Bible (WEB)
Who forgives all your sins; Who heals all your diseases;

Young's Literal Translation (YLT)
Who is forgiving all thine iniquities, Who is healing all thy diseases,

Who
forgiveth
הַסֹּלֵ֥חַhassōlēaḥha-soh-LAY-ak
all
לְכָלlĕkālleh-HAHL
thine
iniquities;
עֲוֹנֵ֑כִיʿăwōnēkîuh-oh-NAY-hee
healeth
who
הָ֝רֹפֵ֗אhārōpēʾHA-roh-FAY
all
לְכָלlĕkālleh-HAHL
thy
diseases;
תַּחֲלוּאָֽיְכִי׃taḥălûʾāyĕkîta-huh-loo-AH-yeh-hee

Cross Reference

Jeremiah 17:14
हे परमप्रभु, यदि तपाईंले मलाई निको पार्नुभयो भने, म साँच्चि नै निको हुनेछु यदि तपाईंले मलाई बचाउनु भयो भने, म साँच्चि नै बाँच्ने छु। परमेश्वर, म तपाईंको गुण गाउँछु।

Exodus 15:26
परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”

Mark 2:5
यशूले देख्नुभयो कि, ती मानिसहरूमा अत्याधिक विश्वास थियो। त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो, “ए युवक, तिम्रा पापहरू क्षमा भएका छन्।”

Isaiah 43:25
“म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्।

Psalm 30:2
हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें र मलाई निको पार्नु भयो।

Psalm 41:3
जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ। त्यो मानिस बिमार हुन सक्छ, तर परमप्रभुले उसलाई निको पार्नु हुनेछ।

Psalm 130:8
परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ। अनि परमप्रभुले इस्राएल वासीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।

Mark 2:10
यो पक्षाघातीलाई के भन्नु सजिलो छ? तिम्रा पापहरू क्षमा गरिएको छ, भन्नु वा, उठ आफ्नो बिछ्यौना बोक अनि हिंडिहाल भन्नु? तर म तिमीहरूलाई अब देखाउनेछु कि पापहरू क्षमागर्ने मेरो अधिकार छ भनी।” यसो भनेर येशूले त्यो पक्षाघाती लाई भन्नुभयो,

James 5:15
विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ।

Luke 7:47
यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोखाँउछ।”

Isaiah 33:24
त्यहाँ बस्नेहरू कसैले पनि भन्ने छैन, “म बिरामी छु।” त्यहाँ बस्ने मानिसहरू ती मानिसहरू हुन् जसका पापहरू क्षमा गरिएको छ।”

Psalm 147:3
परमेश्वरले तिनीहरूको भाँचेको हृदय निको पारिदिनु हुन्छ। तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।

Numbers 12:13
यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।”

Ephesians 1:7
हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं।

Matthew 9:2
केही मानिसहरू एकजना पक्षवाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षवातीको रोगीलाई भन्नुभयो, ‘सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।’

Isaiah 53:5
तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो।

Psalm 107:17
कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैंलाई मूर्ख बनाए।

Psalm 38:1
हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्। तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।

Exodus 34:7
एउटा पुस्तादेखि अर्को पुस्तासम्म परमप्रभुले कृपा देखाउनु हुन्छ। उहाँले मानिसहरूलाई तिनीहरूको दुष्टता, कुकर्म अनि विद्रोहमा क्षमा गर्नुहुन्छ। तर दोषी मानिसलाई दण्ड दिन उहाँ बिर्सिनु हुन्न। तिनीहरूद्वारा गल्ती गरिएको कारण तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति, तिनीहरूका सन्तानले तेस्रो अथवा चौथो पुस्तासम्म दुःख भोग्नु पर्छ।”

Numbers 21:7
मानिसहरू आएर मोशासंग भने, “हामी जान्दछौं परमप्रभु र तपाईंको विरोधमा बोलेर हामीले पाप गर्यौं। परमप्रभुसित प्रार्थना गरेर यी सर्पहरू फर्काउन लगाईदिनु होस्।” यसकारण मोशाले मानिसहरूको निम्ति प्रार्थना गरे।

2 Samuel 12:13
तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।”नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ।

Psalm 32:1
त्यो मानिस खुशी हुन्छ जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।

Psalm 51:1
हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।

Psalm 41:8
तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्यो त्यसैले गर्दा ऊ बिमारी भयो। हामी आशा गर्छौं तिनी कहिल्यौ निको हुनेछैनन्।”