Skip to content
CHRIST SONGS .IN
TAMIL CHRISTIAN SONGS .IN
  • Lyrics
  • Chords
  • Bible
  • /
  • A
  • B
  • C
  • D
  • E
  • F
  • G
  • H
  • I
  • J
  • K
  • L
  • M
  • N
  • O
  • P
  • Q
  • R
  • S
  • T
  • U
  • V
  • W
  • X
  • Y
  • Z

Index
  • A
  • B
  • C
  • D
  • E
  • F
  • G
  • H
  • I
  • J
  • K
  • L
  • M
  • N
  • O
  • P
  • Q
  • R
  • S
  • T
  • U
  • V
  • W
  • X
  • Y
  • Z
Micah 4 KJV ASV BBE DBY WBT WEB YLT

Micah 4 in Nepali WBT Compare Webster's Bible

Micah 4

1 अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्।

2 धेरै मानिसहरु त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरु उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।

3 उहाँले देशमा बिभिन्न मानिसहरुका बीच इन्साफ गर्नु हुनेछ र टढा सशक्त सामर्थी जातिहरुको झगडाको फैसला गर्नु हुनेछ। तिनीहरुले आफ्ना तरवारहरु पिटेर हलोको फाली र भालाहरु चाँहि हँसिया बनाउनेछन्। जाति-जातिहरुले एक-अर्काको बिहरुद्धमा तरवार चलाउने छैनन्, न त तिनीहरुले कहिल्यै लडाईं गर्न सिकनेछन्।

4 तर प्रत्येक मानिसहरु तिनीहरुको आ-आफ्नो दाखको बोट र नेभाराको बोट मुनि बस्नेछन्। कसैले तिनीहरुलाई डर देखाउने छैन। किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरु भन्नु भएकोछ।

5 सबै जातिका मानिसहरु चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्। तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।

6 परमप्रभु भन्नुहुन्छ, “लङ्गडाहरुलाई म त्यसदिन जम्मागर्नेछु अनि धपाईएकाहरुलाई र तिनीहरु जसलाई मैले दण्ड दिएको थिएँ, म भेला गर्नेछु।

7 ‘लङ्गडाहरुलाई’ एउटा बेचेको भाग र फ्याँकिएकाहरुलाई एउटा सामर्थी जाति तुल्याउनेछु।” तिनीहरुमाथि सियोनमा परमप्रभुले अब देखि सदा-सर्वदै राज्य गर्नुहुनेछ।

8 अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरु कहाँ आउँनेछन् र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ।”किन इस्रएलीहरु बाबेल अवश्यै जानुपर्दछ?

9 अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ के? तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?

10 हे सियोनकी छोरी, सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ। किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ र मैदानमा बस्नेछौ र माथि बाबेलमा जानेछ्यौ र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ। परमप्रभुले तिम्रा शत्रुको हातबाट तिम्रो उद्धार गर्नुहुनेछ।

11 अनि अब धेरै जातिहरु भेला भएर, तिम्रो बिरुद्ध भन्नेछन्, “त्यो अशुद्ध होस् र सियोनलाई हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”

12 तर तिनीहरुले परमप्रभुको बिचारलाई जान्दैनन्। न त तिनीहरु उहाँको युक्तिलाई बुझ्दछन्। किनभने उहाँले खलामा बिटाहरु जम्मागरे झैं तिनीहरुलाई जम्मा गर्नु भएकोछ।

13 “हे सियोन छोरी, उठ अनि दाइँ गर किनभने म तिम्रा सींङहरुलाई फलामको र तिम्रो खूरहरुलाई पीत्तलको बनाउनेछु। तिमीले धेरै जातिहरुलाई चूर-चूर पार्नेछौ र तिनीहरुको धन-सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।”

  • Tamil
  • Hindi
  • Malayalam
  • Telugu
  • Kannada
  • Gujarati
  • Punjabi
  • Bengali
  • Oriya
  • Nepali

By continuing to browse the site, you are agreeing to our use of cookies.

Close