Acts 14:26
अनि त्यहाँबाट समूद्र यात्रा गरेर तिनीहरू सिरिया अन्तर्गत एन्टिओकतिर गए। यही एउटा शहर हो जहाँ विश्वासीहरूलाई परमेश्वरको अनुग्रहमा सुम्पिएर यो काम गर्न पठाए। अब तिनीहरूले त्यो काम सिद्धयाएका थिए।
Acts 14:26 in Other Translations
King James Version (KJV)
And thence sailed to Antioch, from whence they had been recommended to the grace of God for the work which they fulfilled.
American Standard Version (ASV)
and thence they sailed to Antioch, from whence they had been committed to the grace of God for the work which they had fulfilled.
Bible in Basic English (BBE)
And from there they went by ship to Antioch, where they had been handed over to the grace of God for the work which they had not done.
Darby English Bible (DBY)
and thence they sailed away to Antioch, whence they had been committed to the grace of God for the work which they had fulfilled.
World English Bible (WEB)
From there they sailed to Antioch, from where they had been committed to the grace of God for the work which they had fulfilled.
Young's Literal Translation (YLT)
and thence did sail to Antioch, whence they had been given by the grace of God for the work that they fulfilled;
| And thence | κἀκεῖθεν | kakeithen | ka-KEE-thane |
| sailed | ἀπέπλευσαν | apepleusan | ah-PAY-playf-sahn |
| to | εἰς | eis | ees |
| Antioch, | Ἀντιόχειαν | antiocheian | an-tee-OH-hee-an |
| whence from | ὅθεν | hothen | OH-thane |
| they had been | ἦσαν | ēsan | A-sahn |
| recommended | παραδεδομένοι | paradedomenoi | pa-ra-thay-thoh-MAY-noo |
| the to | τῇ | tē | tay |
| grace | χάριτι | chariti | HA-ree-tee |
| of | τοῦ | tou | too |
| God | θεοῦ | theou | thay-OO |
| for | εἰς | eis | ees |
| the | τὸ | to | toh |
| work | ἔργον | ergon | ARE-gone |
| which | ὃ | ho | oh |
| they fulfilled. | ἐπλήρωσαν | eplērōsan | ay-PLAY-roh-sahn |
Cross Reference
Acts 15:40
पावलले सिलासलाई आफूसित लान चुने अनि गए। अन्टिओकका दाज्यू-भाइहरूले पावललाई प्रभुको रेखदेखमा राखे अनि बाहिर पठाइदिए।
Acts 11:19
स्तिफनस मारिए पछि खेदो शुरू गरिएको कारणले विश्वासीहरू चारै तर्फ छरपष्ट भए। कतिपय विश्वासीहरू फोनिसिया, साइप्रस र इन्टिओक जस्ता टाढा-टाढा ठाउँहरूमा गए। तर तिनीहरूले यहूदीहरूलाई मात्र सुसमाचार भने।
3 John 1:6
यी भाइहरुले तिम्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरुलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरुलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्।
2 Timothy 4:5
तर तिमीले सदैव आफूलाई संयम गर्नुपर्छ। यदि दुःख आइपरे त्यसलाई स्वीकार गर। सुसमाचार प्रचार गर्ने काम नछोड। परमेश्वरको सेवकले गर्नु पर्ने जे पनि छ सबै गर।
2 Timothy 4:2
मानिसहरूलाई सुसमाचार भन, हर स्थितिमा यो भन। मानिसहरूलाई तिनीहरूले गर्नु पर्ने काम बताऊ। तिनीहरूको गल्ती हुँदा तिनीहरूलाई भन। तिनीहरूलाई उत्साह देऊ। यी सब कुराहरू ठूलो धैर्य र सावधान शिक्षाद्वारा गर।
Colossians 4:17
“प्रभुले उनीमाथि भरोसा गरेको सेवाको काम निश्चित भएर गर्नु” भनी अर्खिपसलाई भन।
Colossians 1:28
यसैले हामी ख्रीष्ट बारे लगातार भनिरहन्छौं। हरेक मानिसलाई सम्झाउनु र हरेकलाई शिक्षा दिन हामी सम्पूर्ण ज्ञानलाई काममा लगाउँछौं ताकि प्रत्येक मानिसलाई ख्रीष्टमा परिक्क बनाई परमेश्वर अघि ल्याउन सकौं।
Colossians 1:25
म मण्डलीको सेवक बनें किन कि परमेश्वरले मलाई एक विशेष काम गर्न भनि अह्राउनु भयो। यस कामले तिमीहरूलाई नै सहायता गर्नेछ। परमेश्वरको संदेश सम्पूर्ण रूपले बताउनु मेरो काम हो।
Galatians 2:11
जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए।
2 Corinthians 1:12
यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँचो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।
Romans 15:19
अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ।
Acts 20:32
“अब म तिमीहरूलाई परमेश्वरको जिम्मामा अनि उहाँको अनुग्रहको संदेशमा छाडेर जाँदेछु जसले तिमीहरूलाई बलियो बनाउनेछ। त्यो सन्देशले तिमीहरूलाई आशीर्वाद दिनेछ जुन परमेश्वरले उहाँका सबै पवित्र मानिसहरूलाई दिनुहुन्छ।
Acts 15:30
यसर्थ पावल, बर्णाबास, यहूदा र सिलासले यरूशलेम छाडेर एन्टिओक गए। त्यहाँ तिनीहरूले विश्वासीहरूको समूह भेला पारे अनि तिनीहरूलाई चिट्ठी दिए।
Acts 15:22
तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यरूशलेमका दाज्यु-भाइहरूले खुबै सम्मान गर्थे।
Acts 14:23
तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सुम्पे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखरेखमा छाडे।
Acts 13:1
एन्टिओकको मण्डलीमा केही अगमवक्ताहरू र शिक्षकहरू थिए। तिनीहरू बर्णाबास, सिमियोन (उसलाई पनि भनिन्थ्यो) लुसियस (साइरिनीवासी) मनेन (हेरोद राजसँगै हुर्किएको मानिस) र शावल थिए।
Acts 11:26
शावललाई जब उनले भेट्टाए, बर्णाबासले तिनलाई एन्टिओक लगे। शावल र बर्णाबास त्यहाँ पुरा एक र्बष बसे। तिनीहरूले त्यँहा मण्डलीका सभाहरूमा भाग लिए अनि धेरै मानिसहरूलाई शिक्षा दिए। प्रथमपल्ट एन्टिओकमा विश्वासीहरूलाई “ख्रीष्टयनहरू” भनिए।