Job 11
1 तब नामातीबाट आएका सोपरले अय्यूबलाई जवाफ दिंदै भने,
2 “यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ। के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।
3 अय्यूब के तिमी सम्झन्छौ कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्? जब तिमी परमेश्वरलाई खिसी गर्छौ, तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन?
4 अय्यूब तिमीले परमेश्वरलाई भन्छौ, ‘मेरो तर्कहरू यथार्थ छन् अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’
5 अय्यूब, म चाहन्छु परमेश्वरले तिमीलाई जवाफ दिनुहुन्छ अनि भन्नुहुनेछ कि तिमी गल्ती छौ।
6 परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो। उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्। अय्यूब, मेरो कुरा सुन। तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।
7 अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं? तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।
8 माथि स्वर्गमा के छ त्यस विषयमा तिमीले केही गर्न सक्तैनौ मृत्युलोकको बारेमा तिमीले केही पनि जान्दैनौ।
9 परमेश्वर पृथ्वी भन्दा महान अनि सागर भन्दा विशाल हुनु हुन्छ।
10 यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने, कसैले उहाँलाई रोक्न सक्तैन।
11 साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ। जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।
12 जसरी एउटा जङ्गली गधाले मानिस जन्माउन सक्तैन् एकजना मूर्ख मानिस कहिल्यै ज्ञानी मानिस हुन सक्तैन।
13 तर अय्यूब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख अनि उहाँलाई आराधना गर्न तिम्रो हातहरू माथि उठोस्।
14 तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ। तिम्रो घरमा दुष्टलाई आश्रय नदेऊ।
15 तब तिमी आफ्नो निर्दोष अनुहारले परमेश्वरलाई हेर्न सक्नेछौ। तिमी उठ दरिलो होऊ अनि भयभीत नहोऊ।
16 तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ। तिम्रा दुःखहरू विगतमा तिमीमाथि बगेर गएको पानी झैं एक यादगार हुनेछ।
17 जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ, जीवनको कालो क्षणहरू बिहानको सूर्योदय जस्तो चम्किलो हुनेछ।
18 तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ अनि तिमीलाई आराम प्रदान गर्नुहुनेछ।
19 तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन। अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन।
20 नराम्रा मानिसहरूले सहयोग खोज्लान, तर तिनीहरू आफ्ना कष्टहरूबाट मुक्त हुन सक्तैनन्, तिनीहरूका आशाले मृत्यु तर्फ औंल्याउने छ।”
1 Then answered Zophar the Naamathite, and said,
2 Should not the multitude of words be answered? and should a man full of talk be justified?
3 Should thy lies make men hold their peace? and when thou mockest, shall no man make thee ashamed?
4 For thou hast said, My doctrine is pure, and I am clean in thine eyes.
5 But oh that God would speak, and open his lips against thee;
6 And that he would shew thee the secrets of wisdom, that they are double to that which is! Know therefore that God exacteth of thee less than thine iniquity deserveth.
7 Canst thou by searching find out God? canst thou find out the Almighty unto perfection?
8 It is as high as heaven; what canst thou do? deeper than hell; what canst thou know?
9 The measure thereof is longer than the earth, and broader than the sea.
10 If he cut off, and shut up, or gather together, then who can hinder him?
11 For he knoweth vain men: he seeth wickedness also; will he not then consider it?
12 For vain man would be wise, though man be born like a wild ass’s colt.
13 If thou prepare thine heart, and stretch out thine hands toward him;
14 If iniquity be in thine hand, put it far away, and let not wickedness dwell in thy tabernacles.
15 For then shalt thou lift up thy face without spot; yea, thou shalt be stedfast, and shalt not fear:
16 Because thou shalt forget thy misery, and remember it as waters that pass away:
17 And thine age shall be clearer than the noonday; thou shalt shine forth, thou shalt be as the morning.
18 And thou shalt be secure, because there is hope; yea, thou shalt dig about thee, and thou shalt take thy rest in safety.
19 Also thou shalt lie down, and none shall make thee afraid; yea, many shall make suit unto thee.
20 But the eyes of the wicked shall fail, and they shall not escape, and their hope shall be as the giving up of the ghost.
Job 11 in Tamil and English
1 तब नामातीबाट आएका सोपरले अय्यूबलाई जवाफ दिंदै भने,
Then answered Zophar the Naamathite, and said,
2 “यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ। के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।
Should not the multitude of words be answered? and should a man full of talk be justified?
3 अय्यूब के तिमी सम्झन्छौ कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्? जब तिमी परमेश्वरलाई खिसी गर्छौ, तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन?
Should thy lies make men hold their peace? and when thou mockest, shall no man make thee ashamed?
4 अय्यूब तिमीले परमेश्वरलाई भन्छौ, ‘मेरो तर्कहरू यथार्थ छन् अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’
For thou hast said, My doctrine is pure, and I am clean in thine eyes.
5 अय्यूब, म चाहन्छु परमेश्वरले तिमीलाई जवाफ दिनुहुन्छ अनि भन्नुहुनेछ कि तिमी गल्ती छौ।
But oh that God would speak, and open his lips against thee;
6 परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो। उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्। अय्यूब, मेरो कुरा सुन। तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।
And that he would shew thee the secrets of wisdom, that they are double to that which is! Know therefore that God exacteth of thee less than thine iniquity deserveth.
7 अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं? तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।
Canst thou by searching find out God? canst thou find out the Almighty unto perfection?
8 माथि स्वर्गमा के छ त्यस विषयमा तिमीले केही गर्न सक्तैनौ मृत्युलोकको बारेमा तिमीले केही पनि जान्दैनौ।
It is as high as heaven; what canst thou do? deeper than hell; what canst thou know?
9 परमेश्वर पृथ्वी भन्दा महान अनि सागर भन्दा विशाल हुनु हुन्छ।
The measure thereof is longer than the earth, and broader than the sea.
10 यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने, कसैले उहाँलाई रोक्न सक्तैन।
If he cut off, and shut up, or gather together, then who can hinder him?
11 साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ। जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।
For he knoweth vain men: he seeth wickedness also; will he not then consider it?
12 जसरी एउटा जङ्गली गधाले मानिस जन्माउन सक्तैन् एकजना मूर्ख मानिस कहिल्यै ज्ञानी मानिस हुन सक्तैन।
For vain man would be wise, though man be born like a wild ass’s colt.
13 तर अय्यूब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख अनि उहाँलाई आराधना गर्न तिम्रो हातहरू माथि उठोस्।
If thou prepare thine heart, and stretch out thine hands toward him;
14 तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ। तिम्रो घरमा दुष्टलाई आश्रय नदेऊ।
If iniquity be in thine hand, put it far away, and let not wickedness dwell in thy tabernacles.
15 तब तिमी आफ्नो निर्दोष अनुहारले परमेश्वरलाई हेर्न सक्नेछौ। तिमी उठ दरिलो होऊ अनि भयभीत नहोऊ।
For then shalt thou lift up thy face without spot; yea, thou shalt be stedfast, and shalt not fear:
16 तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ। तिम्रा दुःखहरू विगतमा तिमीमाथि बगेर गएको पानी झैं एक यादगार हुनेछ।
Because thou shalt forget thy misery, and remember it as waters that pass away:
17 जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ, जीवनको कालो क्षणहरू बिहानको सूर्योदय जस्तो चम्किलो हुनेछ।
And thine age shall be clearer than the noonday; thou shalt shine forth, thou shalt be as the morning.
18 तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ अनि तिमीलाई आराम प्रदान गर्नुहुनेछ।
And thou shalt be secure, because there is hope; yea, thou shalt dig about thee, and thou shalt take thy rest in safety.
19 तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन। अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन।
Also thou shalt lie down, and none shall make thee afraid; yea, many shall make suit unto thee.
20 नराम्रा मानिसहरूले सहयोग खोज्लान, तर तिनीहरू आफ्ना कष्टहरूबाट मुक्त हुन सक्तैनन्, तिनीहरूका आशाले मृत्यु तर्फ औंल्याउने छ।”
But the eyes of the wicked shall fail, and they shall not escape, and their hope shall be as the giving up of the ghost.