Ezekiel 22:9
यरूशलेमका मानिसहरू अरू मानिसहरूको विषयमा झूटो बोल्छन्। यिनीहरूले यी निर्दोष मानिसहरूलाई मार्नका निम्ति गर्छन। मानिसहरू डाँडाहरूमाथि मूर्तिहरूलाई अपर्ण गरेका भोजहरू खान जान्छन् यरूशलेममा मानिसहरूले धेरै व्यभिचारी पापहरू गर्दैछन्।
Ezekiel 22:9 in Other Translations
King James Version (KJV)
In thee are men that carry tales to shed blood: and in thee they eat upon the mountains: in the midst of thee they commit lewdness.
American Standard Version (ASV)
Slanderous men have been in thee to shed blood; and in thee they have eaten upon the mountains: in the midst of thee they have committed lewdness.
Bible in Basic English (BBE)
In you there are men who say evil of others, causing death; in you they have taken the flesh with the blood for food; in your streets they have put evil designs into effect.
Darby English Bible (DBY)
In thee there have been slanderous men to shed blood; and in thee have they eaten upon the mountains; in the midst of thee they have committed lewdness;
World English Bible (WEB)
Slanderous men have been in you to shed blood; and in you they have eaten on the mountains: in the midst of you they have committed lewdness.
Young's Literal Translation (YLT)
Men of slander have been in thee to shed blood, And on the mountains they have eaten in thee, Wickedness they have done in thy midst.
| In thee are | אַנְשֵׁ֥י | ʾanšê | an-SHAY |
| men | רָכִ֛יל | rākîl | ra-HEEL |
| tales carry that | הָ֥יוּ | hāyû | HA-yoo |
| to | בָ֖ךְ | bāk | vahk |
| shed | לְמַ֣עַן | lĕmaʿan | leh-MA-an |
| blood: | שְׁפָךְ | šĕpok | sheh-FOKE |
| eat they thee in and | דָּ֑ם | dām | dahm |
| upon | וְאֶל | wĕʾel | veh-EL |
| the mountains: | הֶֽהָרִים֙ | hehārîm | heh-ha-REEM |
| midst the in | אָ֣כְלוּ | ʾākĕlû | AH-heh-loo |
| of thee they commit | בָ֔ךְ | bāk | vahk |
| lewdness. | זִמָּ֖ה | zimmâ | zee-MA |
| עָשׂ֥וּ | ʿāśû | ah-SOO | |
| בְתוֹכֵֽךְ׃ | bĕtôkēk | veh-toh-HAKE |
Cross Reference
Hosea 4:14
“म तिम्रा छोरीहरूलाई दण्ड दिनेछैन जब तिनीहरू वेश्या जस्तो व्यवहार गर्छन् अथवा तिम्रा बुहारीहरू व्यभिचार गर्छन। किनभने मानिसहरू आफै मन्दिरका देवदासीसंग बलि चढाउँदछन्। यसकारण ती मूर्ख मानिसहरू नष्ट हुनेछन्।
Hosea 4:10
तिनीहरूले खान त खान्छन तर त्यसमा तिनीहरूलाई सन्तुष्टि हुँदैनन्। तिनीहरू संभोग त गर्छन् तर तिनीहरूको संतान हुँदैन। यो किन? किनकि तिनीहरूले यहोवालाई त्यागे र वेश्याहरू जस्तै भए।
Leviticus 19:16
मानिसहरूको विरूद्ध झूठा कुराहरू गरेर नहिंड्। यस्तो कुनै काम नगर् जुन तिम्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ।
Ezekiel 16:43
यी सबै कुराहरू किन हुन्छन्? किनकि तिमीले त्यो याद राखेनौ कि तिमीमाथि जवानी हुँदा के गर्यौ। तिमीले त्यो सबै नराम्रो पापहरू गर्यौ अनि मलाई क्रोधित बनायौ। यसकारण ती नराम्रो कामको निम्ति मैले तिमीलाई दण्ड दिनु पर्यो। तर तिमीले अझै ज्यादा डरलाग्दो योजनाहरू बनायौ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
Ezekiel 18:6
त्यो धर्मी मानिस पहाडमाथि जाँदैन अनि असत्य देवताहरूलाई चढाएको खानाबाट कुनै भाग पनि बाँढ्दैन। त्यो इस्राएलको नराम्रो देवताहरूको मूर्तिहरूको स्तुति गर्दैन। उसले आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारको पाप गर्दैन्। उसले आफ्नो पत्नीसँग उसको रजस्वलाको समयमा शारीरिक सम्बन्ध राख्दैन।
Ezekiel 18:11
छोरोले यी नराम्रो कामहरूमध्ये कुनै पनि काम गर्न सक्छ। उ पहाडहरूमा जान सक्छ अनि झूटो देवताहरूलाई चढाएको भोजनबाट हिस्सा बाँड्न सक्छ। त्यो पापी छोरोले आफ्नो छिमेकोको पत्नीसँग व्यभिचार कर्म गर्न सक्छ।
Hosea 4:2
मानिसहरू झूटो कसम खान्छन्, असत्य बोल्छन्, हत्या र चोरी गर्छन्। तिनीहरू व्यभिचारी छन् र जहीं तहीं सन्तानहरू जन्माई हिँड्छन्। हत्या माथि हत्या गरि रहन्छन्।
Hosea 7:4
तिनीहरू सबै व्यभिचारी हुन्। तिनीहरू रोटी पकाउनेले तातो पारेका तावा जस्तै छन्। त्यसले पीठो मुछेको समयदेखि त्यो रोटी नपाकुन्जेल आगो चलाउँदै मिलाउँदै चलाउँदै गर्छ।
Matthew 26:59
प्रघान पूजाहारीहरू र यहुदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे।
Acts 6:11
तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।”
Acts 24:5
यो मानिस एक समस्या ल्याउने मानिस हो र यसले जताततै संसारभरि यहूदीहरू माझ दङ्गा मचाँउछ। यो नासरीदलका नेता हो।
Acts 24:13
ती यहूदीहरूले मेरो विरुद्धमा अहिले जे दोषारोपण गरे त्यसको प्रमाण दिन सक्तैनन्।
1 Corinthians 10:18
इस्राएलका मानिसहरूको बारेमा सोच। तिनीहरू बलि खान्छन् अनि वेदीमा भाग लिन्छन्। खाँदैनन् र?
Revelation 12:9
त्यो विशाल सर्प त्यसका दूतहरु सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरु पनि उसंगै पृथ्वी तल फालियो।
Hosea 6:9
जसरी डाँकूहरूले मानिसलाई ढुकिबस्छन त्यसरीनै पूजाहरीहरूले गट्ठा बाँधेका छन्। तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्। निश्चय तिनीहरूले महा-अपराध गरेकाछन्।
Ezekiel 24:13
तिमीले मेरो विरूद्ध पाप गर्यौ अनि पापले कलंकित भयौ मैले तिमीलाई नुहाई दिन खोजें, अनि तिमीलाई शुद्ध बनाउन चाहें। तर दाग बाहिर आएन। म तिमीलाई फेरि नुहाई दिन चाहाँदिन। जब सम्म मेरो तातो क्रोध तिमी प्रति समाप्त हुँदैन।
Ezekiel 18:15
त्यो मानिस पहाडहरूमा जाँदैन्, झूटो देवताहरूलाई चढाएको खानामा भाग लिँदैन। त्यसले इस्राएलको झूटो मूर्तिहरू सित प्रार्थना गर्दैन। ऊ आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारी पाप गर्दैन्।
Exodus 23:1
“कसैको विरोधमा झूटो नबोल। यदि तिमी अदालतमा साक्षी छौ भने झूठो बोलेर दुष्ट मानिसहरूलाई सधाउनमा सहमत न होऊ।
Judges 20:6
यसर्थ मैले मेरी स्त्री सेविकालाई लगे अनि उसको देहलाई टुक्वा-टुक्वा पारेर काटे। त्यसपछि मैले इस्राएलका प्रत्येक कुल समूहलाई एक एक टुक्रा पठाएँ। हामीले प्राप्त गरेको भूमिहरूमा मैले बाह्र टुक्वा पठाएँ। मैले त्यसो गरे किनभने बिन्यामीनका मानिसहरूले इस्राएलमा यस्तो भयानक काण्ड गरे।
1 Kings 21:10
केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिर्काएर मार।
Psalm 50:20
तिमीहरूले लगातार आफ्ना दाज्यु भाईहरूको विषयमा आलोचना गर्छौ अनि दोष लगाईरहेका छौ।
Psalm 101:5
यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने, म त्यस मानिसलाई रोक्छु। आफूलाई घमण्ड गर्दै र अरू भन्दा म श्रेष्ठ छु भनेर सोच्नेहरूलाई म अनुमति दिनेछैन।
Psalm 106:28
त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूज्न भनी त्यहाँ सम्मिलित भए। परमेश्वरका मानिसहरू उत्सवमा सहभागी हुन पुगे र मरेका मानिसहरूकानाउँमा चढाएका बलिहरू खाए।
Proverbs 10:18
जसले आफ्नो घृणा लुकाएर राख्छ, त्यो कपटी हो र जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो।
Proverbs 18:8
मानिसहरू सधैं बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानसिको मुखबाट सुन्न मन पराउँछन, अनि त्यस्ता कुराहरू मीठो भोजन झैं पेट भित्र जान्छन्।
Proverbs 26:22
बद्नाम गराउने शब्दहरू त्यतिकै स्वादिष्ट हुन्छन् जतिको मानिसहरूको पेटमा जाने भोजन हुन्छ।
Jeremiah 6:28
तिनीहरू सबै विद्रोही हुन र चारैतिर असन्तुष्टी मच्चाइरहेका छन्। तिनीहरू सबै काँसा र फलाम जस्तै छन् तिनीहरू विनाशकहरू हुन्।
Jeremiah 9:4
“आफ्ना छिमेकीहरूलाई नियाल। कुनै सम्बन्धीलाई विश्वास नगर। किन? किनभने हरेक सम्बन्धी कपटी छ। हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।
Jeremiah 37:13
तर जब तिनी यरूशलेमको बिन्यामीन प्रवेशद्वारमा पुगे प्रहरीहरूका अध्यक्षले तिनलाई पक्रे। त्यो अध्यक्षको नाउँ यिरियाह हो। यिरियाह शेलेम्याहका छोरा थियो। शेलेम्याह हनन्याहको छोरो थियो। अध्यक्ष यिरियाहले यर्मियालाई पक्रे अनि भने, “यर्मिया! तिमी हामीलाई छोडेर कल्दीहरूको पक्षमा गइरहेका छौ।”
Jeremiah 38:4
तब यर्मियाले भनेका कुराहरू सुनेपछि शाही अधिकारीहरू राजा सिदकियाहकहाँ गए। तिनीहरूले राजालाई भने, “यर्मियालाई मार्नै पर्छ किनभने उसले यस्ता कुराहरू गरेर शहरमा भएका सिपाहीहरूलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले यस्तो कुरा गरेर प्रत्येक मानिसलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले हामीलाई राम्रो होस् भन्ने चाँहदैन। उसले यरूशलेमका मानिसहरू नष्ट भएको हेर्न चाहन्छ।”
Exodus 20:16
“तिमीले अरूको विषयमा झूटो गवाही दिनु हुँदैन।